आचार्य मेडिकल हलमा शिलबन्दी
- १ आश्विन २०७५, सोमबार
- 3845 पटक पढिएको
म्याग्दी, १ असोज । औषधी ब्यवस्था विभाग तथा निरिक्षण महाशाखाले म्याग्दीको सदरमुकाम बेनीको अस्पताल चोकमा रहेको आचार्य मेडिकल हलमा बुधबार शिलबन्दी गरेको छ ।
औषधी ब्यवस्था विभागको निर्णयअनुसार जिल्ला प्रशासन र प्रहरी कार्यालयको टोलीले मेडिकल हलमा शिलबन्दी गरेको हो । जेठ १४ गते बजार अनुगमनका क्रममा संचालकलाई दिएको सुझाव कार्यान्वयन नगरेकोले विभागको पत्रचारअनुसार शिलवन्दि गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए ।
अनुगमनका क्रममा विक्रि विल अपडेट नभएको, सक्कल पसल प्रमाणपत्र देखाउन नसकेको, लागु तथा मनोदिपक औषधीको अभिलेख नदेखिएको, विरामीसंग औषधीको बढी मूल्य लिएको भेटिएपछि विभागले भदौ १५ गतेको बैठकले औषधी ऐन २०३५ को दफा २० बमोजिम २१ दिनका लागि निलम्वन गरिएको हो ।
मेडिकल हल सञ्चालकलाई निलम्वन अवधिसम्म पसल बन्द गर्न विभागले पत्र पठाएपनि कार्यान्वयन नगरेकोले विभागले शिलबन्दी गरेको हो ।