ताजा अपडेट

मनमोहक धौलागिरी आइसफल पर्यटकको रोजाईमा

म्याग्दी २ असोज । मुस्ताङको थासाङ गाउँपालिका–२ मा अवस्थित धौलागिरी आइसफल नयाँ पर्यटकीय गन्तव्यको रुपमा चिनिन थालेको छ । बेनी– जोमसोम सडकखण्ड अन्तर्गत थासाङको टाङछारादेखि पाँच घण्टाको पैदल यात्रामा धौलागिरी हिमालको आइसफल क्षेत्रमा पुग्न सकिन्छ । धौलागिरी आइसफलमा मानापाथी हिमालको समेत आइसफल संगै जोडिएको छ । सडकमार्गबाट छोटो अवधिकै पैदलयात्रामा... पुरा पढ्नुहोस

मुस्ताङको साङ्तामा सोलारबाट विद्युतीकरण

म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङ्तामा सौर्य ऊर्जाबाट विद्युतीकरण गरिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले साङ्तामा सोलार जडान गरेर विद्युतीकरण गरेको हो । साङ्तामा तत्काल केन्द्रीय प्रसारण लाइनको विद्युत् पुग्ने सम्भावना नभएपछि सौर्य ऊर्जा जडान गरिएको मुक्तिक्षेत्र–५ का वडासदस्य छिरिङपासाङ गुरुङले बताए । “रु... पुरा पढ्नुहोस

‘बेनीको बजार, जता माया उतै छ नजर’ गीत सार्वजनिक

म्याग्दी, भदौ २९ गते । बेनीलाई देश विदेशमा परिचित बनाएको ‘बेनीको बजार, जता माया उतै छ नजर किरेमिरे जाले रुमाल’ गीत नयाँ भर्सनमा पुनर्निर्माण गरी सार्वजनिक गरिएको छ । गायक रामचन्द्र काफ्ले र गायिका समीक्षा अधिकारीको आवाजमा रहेको चर्चित गीत नयाँ भर्सनमा पुनर्निर्माण गरिएको हो ।   शनिबार म्याग्दी जेसिज... पुरा पढ्नुहोस

मिना परियार हत्या प्रकरण : पाँच प्रतिवादी पुर्पक्षका लागि थुनामा

  म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीय मिना परियारको हत्या मुद्दाका सबै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । ज्यानसम्बन्धी कसुरमा म्याग्दी जिल्ला अदालतको मङ्गलबारको थुनछेक बहसपछि उनीहरूलाई थुनाका लागि कारागार चलान गर्न आदेश गरिएको हो । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म कारागारमा राखेर अनुसन्धान... पुरा पढ्नुहोस

बेनी जाेमसाेम सडक: पहिरो रोकथाम गर्न बैसरी अँधेरीखोलामा ‘रक एंकरिङ’

चीन–भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकमा जोखिम बनाएको म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोलामा नयाँ प्रविधिको प्रयोग गरेर पहिरो रोकथाम गरिएको छ। म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बैसरीको सडकमा पहिरो खस्न नदिनका लागि ‘रक एङ्करिङ’ र ‘नेलिङ’ गरिएको हो।... पुरा पढ्नुहोस

मिस मगर नेपालको ताज दग्नामकी क्रिस्टिनालाई

म्याग्दी । मिस मगर नेपाल–२०२४ को उपाधि म्याग्दीकी क्रिस्टिना पुन मगरले जित्नुभएको छ । निट डेन्टल केयर प्रिजेन्ट्स सातौं संस्करणमा म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नामकी क्रिस्टिनाले अन्य १० प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुम्नुभएको हो । पोखराको होटल ग्राण्डमा शनिबार सम्पन्न भएको प्रतियोगितामा रघुगंगा–१ बेगखोलाकी आशिका गर्बुजा मगर फस्ट रनरअफ र... पुरा पढ्नुहोस

दग्नाममा आमा समुहको बहुउद्धेश्यीय भवन उद्घाटन

दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाममा निर्माण भएको नाङ्गीदेवी आमा समुहको बहुउद्धेश्यीय भवन उद्घाटन गरिएको छ । आमा समुहकै सक्रियता तथा प्रदेश सरकार,गाउँपालिका,वडा ,विभिन्न संघ संस्था र व्यक्तीहरुको आर्थिक सहयोगमा निर्माण भएको सभाहल सहितको दुई तले भवनको शुक्रबार प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो । आर्थिक... पुरा पढ्नुहोस

समयमै पारिश्रमिक दिने सहमतीपछि राहुघाट जलविद्युतका मजदुरको हडताल फिर्ता

म्याग्दी, २२ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा मजदुरले गरेको हडताल फिर्ता भएको छ । समयमै तलबको माग गर्दै शुक्रवारदेखि मजदुरहरुले काम रोकेर हडताल गरेका थिए । आयोजनाको सिभिल ठेकेदार जयप्रकाश (जेपी)एशोसिएट्सले समयमै तलब नदिएको भन्दै मजदुरहरुले शुक्रवार आयोजनाको काम रोकेर आन्दोलन गरेका हुन्।... पुरा पढ्नुहोस

मिना परियार हत्या प्रकरणः प्रेमिका भनिएका राम खत्री सहित पाँच जना विरुद्ध मुद्धा दायर

म्याग्दी ,२१ भदौ । म्याग्दीको बेनी नगरपालिका–९ घतानकी १९ बर्षिया मिना परियारको हत्या प्रकरणमा पाँच जना विरुद्ध जिल्ला अदालतमा मुद्धा दायर गरिएको छ । गत पुस १६ गते घरबाटै वेपत्ता भएकी मिनाको साउन २७ गते घतानकै आँखेत कालीमुलको जंगलमा हत्या गरेर गाडेको अबस्थामा सडेगलेको अवस्थामा शब फेला परेको थियो ।... पुरा पढ्नुहोस

बागलुङमा बाढीले बगाउँदा २ जनाको मृत्यु, एक जना बेपत्ता

बागलुङ नगरपालिका–४ बान्द्रे खोलामा गएराति बग्दा सोही ठाउँका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अभिषेक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बाढीमा बगेर २० वर्षीय कमल सापकोटा बेपत्ता छन् । [caption id="attachment_79223" align="alignnone" width="738"] फाइल तस्वीर[/caption] कुँडुलेदेखि मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको... पुरा पढ्नुहोस