भकिम्ली र पुुलाचौरमा माओवादीको वडा सम्मेलन
- ७ पुष २०८१, आईतवार
- 1 पटक पढिएको
बेनी, ६ पुुष । बेनी नगरपालिका–३ भकिम्ली र वडा नं. –५ पुलाचौरमा शनिबार नेकपा (माओवादी केन्द्र) को तेस्रो वडा सम्मेलन सम्पन्न भएको छ । भकिम्लीमा भएको सम्मेलनबाट रत्नबहादुर जिसीको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा बर्षा रोका, सचिवमा पूूर्णमाया जिसी, सहसचिवमा होम बहादुर पुन र कोषाध्यक्षमा सिता पुन रहनुभएको छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता लालुु किसान र बेनी नगरपालिका ३ का वडा अध्यक्ष पदम किसानले मन्तब्य व्यक्त गर्दै माओवादीको नेतृत्वमा भकिम्लीलाई विकास र कृषि उत्पादनमा नमुना गाउँको रुपमा विकास गर्न विभिन्न योजना सञ्चालन भइरहेको जानकारी गराउनुभयो ।
बेनी हल्लेगौडा भकिम्ली सडक स्तरोन्नति आयोजना शुरु भएको, एक घर एक धारा खानेपानी आयोजना निर्माणाधिन रहेको, बेलढुुंगा र स्वर्गाश्रम पर्यटकीय गन्तब्यको रुपमा विकास हुन थालेको, माथिल्लो क्षेत्रमा आलुु र किवी तथा तल्लो क्षेत्रमा सुन्तलाको खेती मार्फत आयआर्जन र रोजगारीको अवसर सिर्जनाका लागि पहल गरिएको उहाँहरुले बताउनुभयो ।
यसैगरी बेनी नगरपालिका ५ पुुलाचौरमा रामबहादुर बिकको अध्यक्षतामा २१ सदस्यीय माओवादीको वडा कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा बिरबहादुुर केसी, हिरा दर्जी, सचिवमा गोरख किसान, सहसचिवमा एलिसा बिक र कोषाध्यक्षमा अमर नेपाली चयन हुनुभएको छ ।
विज्ञान केसीको अध्यक्षता, गोरख किसानको सञ्चालन र माओवादीका जिल्ला सचिव कुशल पौडेलको प्रमुुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगर अध्यक्ष नगेन्द्र केसी, जिल्ला सदस्य चनबहादुुर पाईजा, सागर पौडेल, रामचन्द्र पौडेल र खड्ग बहादुर नेपालीको पनि उपस्थिति थियो ।