ताजा अपडेट

सेवा सहित व्यवसाय, अन्तराष्ट्रिय स्तरको हवाइ टिकट बुकिङ बेनीबाटै

म्याग्दी, ११ चैत । के तपाईलाई आन्तरिक तथा अन्तराष्ट्रिय हवाई यात्रा गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने टिकट बुकिङको लागि काठमाण्डौ र पोखरा जानुपर्ने बाध्यता हटेको छ । यहाँका एक युवाले आन्तरिक तथा अन्र्तराष्ट्रिय हवाइ टिकट बुकिङ लगायत सेवा सहितको व्यवसाय सञ्चालन गरेका हुन् । रघुगंगा गाउँपालिका– ३ पिप्ले घर... पुरा पढ्नुहोस

मुस्ताङमा सुख्खा पहिरो, स्वास्थ्यचौकी र चर्पी बगे, ८ घर उच्च जोखिममा

सुशीलबाबु थकाली मुस्ताङ, ११ मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका– १ छैरोको तिब्बतियन क्याम्पनजिकै गएराति २ बजेबाट गएको ठुलो पहिरोले धनजनको क्षति र्पुयाएको छ । तिब्बतीयन क्याम्पमा अहिले ६३ घरधुरी रहेको बताइएको छ । अहिल्य ५० घरधुरीमा मात्रै मानिसहरू बसोबास गर्ने भए पनि बाँकी सामुदायिक भवन, स्वास्थ्य चौकी, तारा खेल्नको लागि... पुरा पढ्नुहोस

म्याग्दीमा १० लाखको बहुउदेश्यीय अक्षयकोषको लागि कतारमा साँस्कृतिक कार्यक्रम हुँदै

म्याग्दी, ११ चैत । कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले म्याग्दीमा रु १० लाखको अक्षयकोष स्थापना गर्ने भएको छ । म्याग्दीमा बहुउदेश्यीय अक्षयकोष स्थापनाको लागि नयाँ बर्ष २०७६ को अवसरमा कतारमा साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको मोना कतारका अध्यक्ष तिलु शर्मा पौडेलले बताउनुभयो । अप्रिल... पुरा पढ्नुहोस

बालविकास केन्द्रलाई शैक्षिक सामग्री वितरण

  पोखरेवगर १० चैत । अन्नपूर्ण गाउँपालिकाले बालविकास केन्द्रलाई शैक्षिक सामग्री वितरण गरेको छ ।  नेपाल एजेकेशन फाउण्डेशनको संयोजनमा आइतबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा भएको अनुशिक्षण कार्यक्रममा शैक्षिक सामग्री वितरण गरिएको हो । गाउँपालिकामा सञ्चालित ४१ व्टा बालविकास केन्द्रलाई आवश्यक खेलौना, खेलकुद र शैक्षिक सामग्रीहरु वितरण गरिएको कार्यपालिकाको सामाजिक विकास समितिका... पुरा पढ्नुहोस

क्यान्सरपिडितको उपचारका लागि बगरफाँटमा घरदैलो

  बेनी १० चैत । जलजला गाउँपालिका २ बगरफाँटकी क्यान्सर पिडित कमला विश्वकर्माको उपचारका लागि सहयोग जुटाउन बगरफाँटमा शनिबार घरदैलो गरिएको छ ।४० वर्षीय विकको परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या देखिएपछि बगरफाँटका बासिन्दाहरुले घरदैलो गरेर करिब एक लाख रुपैयाँ सहयोग जुटाएका हुन् । जलजला–३ का वडा अध्यक्ष देवेन्द्र... पुरा पढ्नुहोस

निर्मला बलात्कार–हत्या: तत्कालीन एसपी विष्ट साढे १० लाख धरौटीमा रिहा

काठमाडौं– कञ्चनपुरकी निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्ट साढे १० लाख धरौटीमा रिहा भएका छन् । निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरिएको र शंकाष्पद अभियुक्त दिलिपसिंह विष्टलाई यातना दिएको अभियोगमा थुनछेक बहसपछि उनलाई न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यले धरौटीमा रिहा गर्न आदेश गरेका हुन्... पुरा पढ्नुहोस

वडा अध्यक्षसहित तीन जना जनप्रतिनिधि एसइईमा सहभागि

धिरन खत्री म्याग्दी, १० चैत । आईतवारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा म्याग्दीमा एक वडा अध्यक्ष सहित ३ जना जनप्रतिनिधिले समेत सहभागिता जनाउनुभएको छ । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–८ राम्चेका वडाअध्यक्ष खमबहादुर गर्वुजा र महिला वडा सदस्यद्धय गेममाया पुन र देवकुमारी खोरजा पुन एसइइमा सहभागि हुनुभएको हो । बेनीको... पुरा पढ्नुहोस

धवलागिरिमा कुखुरा आयातमा किन लगाईयो रोक

पर्वत, १० र्चत । कास्कीलगायतका छिमेकी जिल्लामा बर्डफ्लू देखिएपछि धवलागिरिमा कुखुरा आयातमा रोक लगाइएको छ । केही दिनयता देशैभर कुखुरामा बर्डफ्लू देखिएपछि पर्वतसहित साविक धवलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङमा समेत कुखुरा आयतमा रोक लगाइएको हो । पोखरा–बागलुङ सडकको धवलागिरि प्रवेश गर्ने नाका डिमुवाबजारबाट कुखुरा र पक्षीजन्य वस्तु आयातमा रोक लगाइएको... पुरा पढ्नुहोस

सिंगामा पाँच सिँचाइ आयोजना निर्माण शुरु

म्याग्दी, १०चैत ।बेनी नगरपालिकाका–४ सिंगामा चार वटा लिफ्ट प्रविधिसहित पाँच सिँचाइ आयोजना शुरु भएको छ । खाद्यबाली, तरकारी र फलफूल उत्पादनका लागि म्याग्दी नदीको पानी तानेर सिँचाइ गर्न लिफ्ट प्रविधि शुरु गरिएको वडा कार्यालयले जनाएको छ । खेतीयोग्य जमीन बाँझो हुन नदिन र रोजगारी तथा आयआर्जनको अवसर सिर्जना गर्न सिँचाइ... पुरा पढ्नुहोस

झिँ र शिखमा हेलीप्याड निर्माण

बेनी १० चैत । रघुगंगा गाउँपालिका–५ झिँ र अन्नपूर्ण गाउँपालिका–५ शिखमा शनिबार हेलिप्याड निर्माण भएको छ । अत्यावश्यक समयमा उद्धार र विपद् व्यवस्थापनका लागि हेलीकप्टर अवतरणको लागि जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार सम्बन्धित स्थानीय तहको आर्थिक र सुरक्षा निकायको प्राबिधिक सहयोगमा हेलीप्याड निर्माण भएको हो । झिँ र शिख... पुरा पढ्नुहोस