गलेश्वर ठुलो सल्लेरी सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा पुन्य चोखाल
- ३० चैत्र २०७५, शनिबार
- 2623 पटक पढिएको
म्याग्दी, ३० चैत । गलेश्वर ठुलो सल्लेरी सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा पुन्य चोखाल सर्वसम्मत चयन भएका छन् । बेनी नगरपालिका–९ स्थित रहेको गलेश्वर ठुलो सल्लेरी सामुदायिक वन उपभोक्ता समितिको २३ औँ साधारणसभा तथा ८ औ अधिवेशनबाट पुनः पुन्य चोखालको अध्यक्षतामा कार्यसमिति चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा शान्ति चोखाल, सचिवमा सरस्वती सुवेदी, कोषाध्यक्षमा हिराकुमारी चोखाल, सह–सचिवमा मोहन बानियाँ रहेको समितिको सदस्यहरुमा ठहरबहादुर बानिया, रुद्रबहादुर केसी, शोभा सुवेदी, कोपीला चोखाल, यामकुमारी चोखाल, चेतविर नेपाली, हबहादुर शेरपुञ्जा रहेका छन् ।
दिगो वन ब्यवस्थापन, रोजगारी र आम्दानी बृद्धि गर्नका लागि गलेश्वर ठुलो सल्लेरी सामुदायिक वनले बैज्ञानिक वन ब्यस्थापन गुरुयोजना निर्माण गरि साधारणसभाबाट पारित गरेको छ ।