ताजा अपडेट
टोड्केमा महिलाहरुको नेतृत्व तथा क्षमता विकास तालिम सुरु
- 6 बर्ष, 30 दिन अगाडि
- २८ पुष २०७५, शनिबार
बेनी २८ पुष । रघुगंगा गाउँपालिकाको आयोजनामा टोड्केमा शनिबारदेखि महिलाहरुको नेतृत्व तथा क्षमता विकास तालिम सुरु भएको छ ।रघुगंगा गाउँपालिका ५ का वडा अध्यक्ष मनबहादुर शेरपुञ्जाको अध्यक्षता, महिला तथा बालबालिका शाखाका प्रमुख अमृता थापाको सञ्चालन र रघुगंगा महिला विकास बहुउद्देश्यिय सहकारी संस्था पाखापानीका परिचालक चौमाया पुनले स्वागत गर्नुभएको तालिमको गाउँपालिकाका... पुरा पढ्नुहोस
ज्योति युवा क्लव नयाँ कार्यसमिति गठन
- 6 बर्ष, 30 दिन अगाडि
- २८ पुष २०७५, शनिबार
डडुवा/म्याग्दी २८ पुष । बेनी नगरपालिका ५ डडुवामा शनिबार भएको भेलाले दिनेश कार्कीको अध्यक्षतामा ज्योति युवा क्लवको कार्यसमिति पुर्नःगठन गरेको छ ।क्लवको उपाध्यक्षमा मनिष केसी, सचिवमा अशोक भण्डारी, कोषाध्यक्षमा सुजता खत्री र सहचिवमा उदय सुन्दास रहेका छन् । यसैगरी सदस्यहरुमा रक्षा थापा, पारस भण्डारी, अप्सन गोतामे, डेकबहादुर पाइजा, चन्द्र... पुरा पढ्नुहोस
रेडक्रसको बेनी उपशाखाको अधिवेशन
- 6 बर्ष, 30 दिन अगाडि
- २८ पुष २०७५, शनिबार
बेनी २८ पुष । नेपाल रेडक्रस सोसाइटी बेनी उपशाखाको १६ औ अधिवेशन शनिबार बेनीमा सम्पन्न भएको छ । उपशाखाका सभापति राजेन्द्रकुमार श्रेष्ठको अध्यक्षता, सचिव मुक्ति ढुङ्गानाको सञ्चालन र निवर्तमान सभापति बिनोदकुमार श्रेष्ठको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि जेष्ठ नागरिक समाज म्याग्दी शाखाका अध्यक्ष तथा रेडक्रसका आजिवन सदस्य नैनकुमार श्रेष्ठ... पुरा पढ्नुहोस
आवास पुननिर्माणलाई गति दिन स्थानीय तह र प्राधिकरण विच समझदारी–पत्रमा हस्ताक्षर
- 6 बर्ष, 30 दिन अगाडि
- २८ पुष २०७५, शनिबार
बेनी, २८ पुस । म्याग्दीमा आवास पुननिर्माणलाई गति दिनलाई स्थानीय तह र राष्ट्रिय पुननिर्माण प्राधिकरण विच समmदारी पत्रमा हस्ताक्षर गरिएको छ । जिल्लामा भएका ६ स्थानीय तह र राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ म्याग्दी विच समझदारी–पत्रमा हस्ताक्षर गरिएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वय ईकाई र... पुरा पढ्नुहोस
बेनी बजार संरक्षणको काम तत्काल सुरु गर्न सरोकारवालाहरुको माग
- 6 बर्ष, 30 दिन अगाडि
- २८ पुष २०७५, शनिबार
म्याग्दी, २८ पुस । कालिगण्डकी र म्याग्दी नदीको कटानबाट जोखिमको चपेटामा परेको म्याग्दी सदरमुकाम बेनी बजार संरक्षणको काम सुरु हुन ढिलाई भएको छ । गत भदौमा आएको बाढीको कारण बेनी बजार स्थित कालिगण्डकी नदीले बेनी बजार र पर्वतको जलजला गाउँपालिकाको पर्वत बेनीतर्फ कटान गरि बजारलाई उच्च जोखिममा पारेको छ ।... पुरा पढ्नुहोस
साहित्यकार सन्ध्याले लेखिन बेनीमा आएर यस्तो मार्मिक कविता
- 6 बर्ष, 30 दिन अगाडि
- २८ पुष २०७५, शनिबार
"नदी जस्तै एउटी नदी" काली तिम्रो कलाले त बनेको छ म्याग्दी , यो कञ्चन जल जस्तै छन् यहाँका मान्छेहरू , तिम्रा छालहरुजस्तै शुन्दर छन नानी बाबुहरु तिम्रो किनाराको रेगिस्तानमा प्रकृतिले कुँदेर बनाएका थुप्राथुप्रा बालुवाका थुम्काहरू जस्तै देखिने भित्ताहरू, काली!आमाको काख जस्तै वात्सल्य रहिरहोस सधैंभरि यसैगरी मनभरि यिनै चाहानाहरू छन् प्रिय... पुरा पढ्नुहोस
मालिका गाउँपालिकाको सबै वडामा हेलीप्याड निर्माण, नेपालकै पहिलो सबै वडा हेलीप्याडयुक्त गाउँपालिका
- 6 बर्ष, 1 महिना अगाडि
- २७ पुष २०७५, शुक्रबार
म्याग्दी २७ पुस । म्याग्दीको मालिका गाउँपालिकामा ‘एक वडा एक हेलीप्याड’ निर्माण भएको छ । शुक्रवार गाउँपालिकाको वडा नम्बर ४ ओखरबोटमा हेलीप्याड निर्माण भएपछि गाउँपालिकाको ७ वटै वडामा हेलीकप्टर अवतरण गर्ने स्थान (हेलीप्याड) निर्माण गर्ने काम सकिएको गाउँपालिकाका उपाध्यक्ष खरमायाँ बिटालुले जानकारी दिनुभयो । मालिका गाउँपालिकाको वडा नम्बर १... पुरा पढ्नुहोस
रघुगंगाको पाखापानीमा सार्वजनिक सुनुवाई सम्पन्न
- 6 बर्ष, 1 महिना अगाडि
- २७ पुष २०७५, शुक्रबार
पाखापानी, २७ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीमा पहिलो चौमासीकको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ। गाउँपालिकाले प्रवाह गरिएका सेवा, विकास निमार्ण कार्यक्रम, तथा सामाजिक सुरक्षा, सुसासन र समग्र सेवा सुविधाको बिषयमा सार्वजनिक सुनुवाई गरिएको हो । सार्वजनिक सुनुवाईमा उपस्थ्ति भएका वडा नं. ५ झिँ, ६ पाखापानी, ७ चिमखोला, ८ कुईनेमंगले... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रभा मावि बिजयी
- 6 बर्ष, 1 महिना अगाडि
- २७ पुष २०७५, शुक्रबार
बेनी २७ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालिको आयोजनामा ३ दाना स्थित ज्ञानप्रकाश माविमा शुक्रबार सम्पन्न अन्तर माध्यमिक छात्र/छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५को उपाधि नारच्याङको प्रभा माविले जितेको छ । भलिबल, एथलेटिक्स र कबड्डीको ३० वटा खेलमा २१७ अंक जोडेर प्रभा माविले राष्ट्रपनि रनिङ शिल्ड, कप र मेडल... पुरा पढ्नुहोस
बेनी खानेपानीको साधारण सभाः खानेपानी वितरणलाई प्रविधिमैत्री बनाउने तयारी
- 6 बर्ष, 1 महिना अगाडि
- २७ पुष २०७५, शुक्रबार
म्याग्दी, २७ पुस । म्याग्दी सदरमुकाम बेनीमा खानेपानी वितरणको काम गर्दै आएको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १९ औँ बार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । साधारण सभामा आयोजनाको दिगोपना र प्रविधिमैत्री बनाउनको लागि सुरु गर्न लागिएको स्मार्ट वाटर टेक्नोलोजि कार्यक्रमको बारेमा जानकारी गराईएको थियो । बेनीमा करिब... पुरा पढ्नुहोस