ससको बोतलभित्र सुर्तीको खोल
- ५ जेष्ठ २०७६, आईतवार
- 2492 पटक पढिएको
बेनी ५ जेठ । म्याग्दीमा ससको बोतलभित्र सुर्तीको खोल भेटिएको छ । रघुगंगा गाउँपालिको केन्द्र मौवाफाँटमा रहेको एक खाजा पसलमा सिल नतोडेको ससको बोतलभित्र सुर्तीको खोल भेटिएको हो ।आइतबार दिउँसो खाजा खान गएका ग्रहाकहरुलाई पसल सञ्चालकले ससको वोत्तल दिएका थिए । अखाद्य बस्तु भेटिएपछि ससको बोतल बरामद गरिएको गाउँपालिकाका नायव सुब्बा दयाराम पौडेलले जानकारी दिए ।
तिरुपती फुड्स एण्ड वेभरेजले २०१८ नोबेम्बर २६ मा उत्पादन गरेको उक्त ससको बोतलमा उपभोग्य समयअवधि उल्लेख छैन् । ७०० मिलिलिटरको वोतलभित्र ससमाथि तैरिएको अवस्थामा सुर्तीको खोल प्रष्टसंग देखिएको छ ।म्याग्दीका ग्रामिण बजार क्षेत्रमा म्याद नाघेका र अखाद्य बस्तुको बिक्री हुने गरेको गुनासो बढेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सदरमुकाममा केन्द्रित रहदै आएको बजार अनुगमनलाई विभिन्न कार्यालयको संयोजनमा स्थानीय तहसंग समन्वय गरेर ग्रामिण बजारमा पनि गरिने प्रजिअ लीलाधर अधिकारीले जानकारी दिएका छन्
उनका अनुसार प्रत्येक महिना स्थानीय तहका ग्रामिण बजारमा संयुक्त बजार अनुगमन गरिने भएको छ ।
Gau ma maile dherai nae dekheko xu mithae samma date gayko bechane garxan biscut
Ra churota dherai matra ma date gayko bechxan