मंगलामा दिगो योजनालाई प्राथमिकतामा : अध्यक्ष रोका

  • ५ जेष्ठ २०७६, आईतवार
  • धिरन खत्री
  • 3447 पटक पढिएको

म्याग्दी, ५ जेठ । आर्थिक बर्ष २०७६/७७ को लागि मंगला गाउँपालिकाले योजना तर्जुमाका जुट्ने तयारी थालेको छ । दुई बर्षमा गाउँपालिका मार्फत छनौट भएर कार्यान्वयन भएका विकास निर्माण योजनाहरुको समिक्षा सहित आगामी बर्षका योजनालाई दिगो र प्रभाबकारी बनाउनतर्फ गाउँपालिका जुटेको छ ।


कृषि, पर्यटन क्षेत्रमा सम्भावनायुक्त यस गाउँपालिकाले जनतालाई लाभ हुने योजना छनोट गर्ने तयारी थालेको छ । समृद्ध साप्ताहिकको स्थानीय तहसंगको बहस कार्यक्रममा मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले दिगो रुपमा जनतालाई लाभ हुने सडक, कृषि र पर्यटनलाई प्रथामिकता दिएर योजना निर्माणमा तयारीमा लागेको बताए ।

गाउँपालिकाको विकास र समृद्धि संगै रोजगारीको आधार कृषि र पर्यटन भएको बताउदै पूर्वाधारतर्फ सडक निर्माण र स्तरोन्नतीलाई तिव्रता दिइनेछ । कृषिसंगै शिक्षा, स्वास्थ्य र पर्यटनलाई लक्षित गरेर गौरवका योजनालाई प्राथमकिता राखिएको अध्यक्ष रोका बताउँछन । गाउँपालिकाको प्रमुख पर्यटकियस्थल झाँकीपानी र टोड्केलाई पर्यटन प्रवद्धर््नका लागि सडक स्तोरन्नतीसंगै होमस्टे संचालन, पर्यटकको लागि आकर्षक हुने पुर्वाधार निर्माणलाई प्राथमिकता दिएको योजना आगामी बर्षमा पुर्णता दिईनेछ ।

पर्यटकियस्थलमा होमस्टे संचालन गरि रोजगारी विकासका लागि होमस्टे तालिम लगायतका सुविधा विस्तार गरि पर्यटन प्रवद्र्धन गर्ने योजना रहेको छ । कृषिलाई व्यवसायिक बनाउने सुरसार गरेको मंगलाले प्रांगारिक मल उद्योग र मानव मुत्रलाई समेत मलको रुपमा उपयोगमा ल्याउने कामको थालनी गरिसकेको छ ।

कृषि र पशुपालनलाई प्राथमकिता दिएर केही क्षेत्रमा अर्गानीक खेतीका लागि रसायनिक मल न्युनिकरण, कृषकलाई प्रविधिमैत्री तालिम र प्रत्यक्ष रुपमा रोजगारी सिर्जना हुने गरि ब्यवसायिक खेतीलाई विस्तार गरिने अध्यक्ष रोकाले बताए । कृषि खेतीलाई सामुहिक रुपमा ब्यवसायिक बनाउने उद्देश्यले कृषि सडक, कृषिमा आधुनिक उपकरणलाई जोड दिईको र विपन्न बर्गको आर्थिकस्तर वृद्धि गर्नका लागि विउविजन उपलब्ध, तालिम लगायतका सुविधालाई निरन्तर उपलब्ध गराउने योजना रहेको उनले बताए ।

गाउँपालिकाको जनताको क्षमता विकास गरि ब्यवसायिक बनाउन शिक्षालाई प्रविधिमैत्री रुपमा विकास गर्ने योजना रहेको उनले बताए । पर्यटकियस्थल टोड्के र झाँक्रीपानीमा सडकलाई ब्यवस्थित बनाउन यस आर्थिक बर्षमा गाउँपालिकामा ७० प्रतिशत योजना सम्पन्न भएको छ । योजना प्रभावकारी कार्यान्वयनमा उपभोक्तामा जनचेतनाको कमी, दक्ष प्राविधिकहरुको अभाब प्रमुख चुनौति रहेको उनको भनाई छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l