ताजा अपडेट
लिटल गार्डेन विद्यालयमा अध्ययनरत बालबालिकाहरुको स्वास्थ्य परिक्षण
- 6 बर्ष, 3 महिना अगाडि
- २७ फाल्गुन २०७५, सोमबार
म्याग्दी, २७ फागुन । सदरमुकाम बेनीमा रहेको लिटल गार्डेन एकेडेमी विद्यालयमा अध्ययनरत बालबालिकाहरुको स्वास्थ्थ परिक्षण गरेको छ । लिटल गार्डेन मन्टेश्वरीको आयोजनामा सोमबार पेले ग्रुपदेखि ३ कक्षासम्म अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको हो । पेले ग्रुप, मन्टेश्वरी तथा १, २ र ३ मा अध्ययन गर्ने ३ सय जना बालबालिकाहरुको उमेर... पुरा पढ्नुहोस
काँग्रेस सभापति देउवाद्धारा मोहनचोकमा पार्टी कार्यालय भवन शिलन्यास
- 6 बर्ष, 3 महिना अगाडि
- २७ फाल्गुन २०७५, सोमबार
सन्तोष गौतम मोहनचोक २७ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार जलजला गाउँपालिका ४ मोहनचोकमा पार्टी कार्यालय भवन शिलन्यास गर्नुभएको छ । मल्लाजका अगुवा स्वर्गीय मोहनबहादुर मल्लको स्मृतिमा नेपाली काँग्रेस जलजला गाउँपालिकाले निर्माण गर्न लागेको भवनको सभापति देउवाले एक समारोहका बीच शिलन्यास गर्नुभएको हो । भवन निर्माणका लागि मल्लका... पुरा पढ्नुहोस
बसन्त, रबि र जुना श्रीसको ‘जाम सुस्तै’ चर्चा बटुल्दै (भिडियो सहित)
- 6 बर्ष, 3 महिना अगाडि
- २७ फाल्गुन २०७५, सोमबार
म्याग्दी, २७ फागुन । नेपाली साँगेतिक बजारमा यसै साता सार्वजनिक भएको मौलिक लोकदोहोरी भाका ‘जाम सुस्तै’ले चर्चा बटुलेको छ । मायाँ प्रेममा आधारित मौलिक भाका र रोचक म्युजिक भिडियो सहित बजारमा ल्याईएको सो गीत अहिले आम नेपालीको जनजिब्रोमा बसेको छ । https://www.youtube.com/watch?v=HIAbtKaWmIU गीत सार्वजनिक भएको छोटो समयमै लाखौँ भ्युज पाएको... पुरा पढ्नुहोस
अदालतमा पेशी सर्दा सेवाग्राहीलाई सकस !
- 6 बर्ष, 3 महिना अगाडि
- २७ फाल्गुन २०७५, सोमबार
म्याग्दी, २६ फागुन । जिल्ला अदालत म्याग्दीमा मंसीर २१ गते मंगलवारको दिन ६ वटा मुद्धाको पेशी थियो । तर मुद्दाको अन्तिम निर्णय गर्ने अधिकार प्राप्त न्यायाधीश अनुपस्थित भएपछि कुनैपनि मुद्धामा वहश नै सुरु नभईकन पेशी सरेको छ । मंगलवार जिल्ला अदालतको पेशीमा जबरजस्ती करणी, गाइ गोरु मारेको, पालन पोषण खर्च... पुरा पढ्नुहोस
मुस्ताङका हिमपात पिडित कृषकलाई राहतको माग
- 6 बर्ष, 3 महिना अगाडि
- २७ फाल्गुन २०७५, सोमबार
बेनी २६ फागुन । मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले हिमपात पिडित कृषकहरुलाई राहत र क्षतिपूर्ती उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सांसद तुलाचनले एक महिनादेखिको हिमपातका कारण मुस्ताङको जनजिवन कष्टकर बनेको, यातायात, सञ्चार, विद्युत सेवा अवरुद्ध भएको, विकास योजना प्रभावित भएको र करोडौको पशुधनको... पुरा पढ्नुहोस
पाँच वटा सहकारी संस्थाको एकिकरण
- 6 बर्ष, 3 महिना अगाडि
- २६ फाल्गुन २०७५, आईतवार
सन्ताेष गाैतम दरवाङ २६ फागुन । म्याग्दीका पाँच वटा सहकारी संस्थाहरु आइतबार एकिकरण भएका छन् । मालिका गाउँपालिकाको दरवाङ स्थित पश्चिम दरवाङ, फुलबारी, बेनीको कामना बचत तथा ऋण, मंगला गाउँपालिकाको बाबियाचौर बहुउद्देश्यीय र बेनपा ४ को सिंगा उपभोक्ता सहकारी संस्था तातोपानी बीच एकिकरण भएको हो । दरबाङमा भएको एकिकृत साधारणसभाबाट... पुरा पढ्नुहोस
मोना कुवेतको अध्यक्षमा विश्वकर्मा चयन
- 6 बर्ष, 3 महिना अगाडि
- २६ फाल्गुन २०७५, आईतवार
म्याग्दी २६ फागुन । म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको अध्यक्षमा प्रेम बहादुर विश्वकर्मा चयन हुनुभएको छ । मोना कुवेतको प्रथम अधिबेशनबाट बिश्वकर्माको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको हो । अधिवेशनबाट छ मानार्थ सल्लाहकारमा ज्ञानेन्द्र शर्मा, सल्लाहकारहरुमा नन्द बहादुर बरुवाल, रुपेन बिक्रम हमाल र... पुरा पढ्नुहोस
कैदी बन्दीहरु सिपमुलक काममा ब्यस्त
- 6 बर्ष, 3 महिना अगाडि
- २६ फाल्गुन २०७५, आईतवार
म्याग्दी, २६ फागुन। कानुनी सजाय भोगेर जिल्ला कारागारमा थुनिएका कैदीहरुको दैनिकी सिपमुलक काममा ब्यस्त बनेको छन । कानुनी सजाय भोगेर जिल्ला कारागार म्याग्दीमा थुनिएका ९१ कैदीहरु मुडा तथा सोफा बुनेर दैनिकी ब्यस्त बनाएका हुन् । जिल्ला कारागारमा ८४ जना पुरुष, ७ जना महिला रहेका छन् । जवरजस्ती करणी, कतव्र्यज्यान,... पुरा पढ्नुहोस
सरकार र सिके राउत बिचको वार्ता सकरात्मक, जनमत संग्रह हुन सक्दैन : सभापति देउवा (भिडियो सहित)
- 6 बर्ष, 3 महिना अगाडि
- २६ फाल्गुन २०७५, आईतवार
बेनी, २६ फागुन । नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले सरकारले सिके राउतसँग गरेको वार्ता सकरात्मक रहेको बताउनु भएको छ । नेपाल प्रेस युनियन म्याग्दीले आईतवार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले देशलाई विभाजन गर्नुपर्छ भन्ने मत राख्ने समुहलाई मुलुकको अखण्डतालाई स्विकार गरि शान्तिपूर्ण बाटोबाट मुलधारमा ल्याउनुु राम्रो पक्ष रहेको... पुरा पढ्नुहोस
सरकारका गलत काम विरुद्ध आन्दोलनः सभापती देउवा ( फाेटाेफिचर )
- 6 बर्ष, 3 महिना अगाडि
- २५ फाल्गुन २०७५, शनिबार
म्याग्दी, २५ फागुन । नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले सरकार जनताका अधिकार र प्रजातन्त्र मास्न उद्धत रहेको आरोप लगाउनुभएको छ । वर्तमान सरकारले आफ्नो एक बर्ष समय पूर्ण रुपमा खेर फालेको बताउदै उहाँले जनताको अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने सरकारले चालबाजी रचेको बताउनुभयो । https://www.youtube.com/watch?v=FUJJEwVkBLE&t=565s नेपाली काँग्रेस म्याग्दीको पार्टी कार्यालय ‘बिपी... पुरा पढ्नुहोस