ज्येष्ठ नागरिक संघको तदर्थ समिति गठन
- १७ जेष्ठ २०७६, शुक्रबार
- 1445 पटक पढिएको
म्याग्दी, १७ जेठ । म्याग्दीमा ज्येष्ठ नागरिक संघको तदर्थ समिति गठन भएको छ । शुक्रवार बेनीमा भएको ज्येष्ठ नागरिकहरुको भेलाले चन्द्रबहादुर घिमिरेको अध्यक्षतामा १५ सदस्यीय जिल्ला ज्येष्ठ नागरिक संघको तदर्थ समिति गठन गरेका हुन् ।
ज्येष्ठ नागरिक राष्ट्रिय महासंघसंगमा आबद्ध हुने गरि गठन गरिएको तदर्थ समितिको भेलाले उपाध्यक्षमा भगवती पुर्जा, सचिब गणनाथ पौडेल, कोषाध्यक्षमा देवराज सुवेदी र सदस्यहरुमा लाल बहादुर भण्डारी, मोहनबहादुर बानियाँ, देउप्रसाद श्रेष्ठ, दलविर विक लगायत रहेका छन् ।
चन्दबहादुर घिमिरेको अध्यक्षता, ज्येष्ठ नागरिक राष्ट्रिय महासंघका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश संयोजक कुसुमकेशव पराजुलीको प्रमुख र जिसस प्रमुख देवेन्द्र बहादुर केसीको विशिष्ट आतित्यथामा भेला सम्पन्न भएको थियो ।
यसैबिच गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयोजनामा जेठ १८ गते शनिवार गलेश्वरमा ज्येष्ठ नागरिकहरुलाई लक्षित गरि हुने आँखा, कान, मुटु रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गरि लाभ लिनको लागि समेत नवगठित ज्येष्ठ नागरिकहरुको संघले आह्वा नगरेको छ ।