सामाजिक बिकास मन्त्रि पुन ‘स्वास्थ्य मन्त्रि ब्लुमबर्ग जनस्वास्थ्य पुरस्कारवाट सम्मानित
- १७ जेष्ठ २०७६, शुक्रबार
- 4029 पटक पढिएको
म्याग्दी १७ जेठ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री एवम म्याग्दीको प्रदेश सभा सदस्य नरदेवी पुन सम्मानीत हुनुभएको छ । विश्व सुर्तिजन्य पदार्थ रहित दिवसको अवसरमा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रि नरदेवि पुन सम्मानित हुनुभएको हो ।
जनताको स्वास्थ्यलाई मध्यनजर गरी नेपालमै पहिलो पटक प्रदेश स्तरमा सुर्तिजन्य पदार्थको नियन्त्रण तथा नियमन गर्ने ऐन जारी गरी कार्यान्वयनमा ल्याउन महत्वपुर्ण भुमिका निभाएकामो उहाँलाई सम्मान गरिएको हो ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले स्वास्थ्य मन्त्रि ब्लुमबर्ग जनस्वास्थ्य पुरस्कार पुनलाई सम्मान गरेको हो । पुरस्कारको राशि रु ५०हजार रुपैयाँ रहेको छ । सुर्तीजन्य पदार्थको सेवनले नेपालमा बर्षेनी २५ हजार भन्दा बढि मानिसको मृत्यु भइरहेको तथ्याङ्क छ । फाइल तस्बिर म्याग्दीअनलाइन
राम्राे कार्य । बधाइ छ मन्त्री ज्यू र सामाजिक मन्त्रालय र यस कार्यमा याेगदान पुर्याउनुहुने सवै महानुभावहरुप्रति । एेनकाे कार्यन्वयन पक्कै हुनेछ ।