ताजा अपडेट
मंगला गाउँपालिकाको राजपत्र प्रकाशन
- 6 बर्ष, 5 महिना अगाडि
- २० भाद्र २०७६, शुक्रबार
बेनी, २० भदौ । म्याग्दीको मंगला गाउँपालिकाले राजपत्र प्रकाशन गरेको छ । स्थानीय सरकार सञ्चालनका लागि बनाएको ऐन, कानुन राजपत्र मार्फत सार्वजनिक गरेको हो । विनियोजन, आर्थिक २०७६, प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७५ लगायत ९ वटा ऐनहरु राजपत्रमा प्रकाशन गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले जानकारी दिनुभयो ।... पुरा पढ्नुहोस
भाद्र २९ मा बेनिमा सुमन गुन्जिने
- 6 बर्ष, 5 महिना अगाडि
- २० भाद्र २०७६, शुक्रबार
म्याग्दी २० भदाै । म्याग्दी साहित्यको बिकाशमा निरन्तर लागिरहेको चन्द्र सुर्य साहित्य सञ्चार म्याग्दिले फेरि अर्को गजल धमाका गर्ने भएको छ।।समाज परिबर्तनको सम्बाहक मानिने साहित्य समग्र देशकै परिबर्तनमा कलम द्वारा महत्त्वपूर्ण भुमिका खेल्ने बिषयमा पर्दछ।म्याग्दिको सुन्दर नगरी बेनि बजार स्थित शिखर होटेलमा यहि भाद्र २९ गते बालदिवशको अवसर पारी उक्त... पुरा पढ्नुहोस
नेपाल टेलिकमको नयाँ टावरबाट टुजी र थ्रिजी सञ्चालन, भ्वाईस तथा डाटाको समस्या हट्यो
- 6 बर्ष, 5 महिना अगाडि
- २० भाद्र २०७६, शुक्रबार
थम्मन थापा भदौ २० बागलुङ । नेपाल टेलिकमले गलकोट नगरपालिका ७ मल्मडाॅडामा निर्माण भएको नयाॅ मोवाईल टावरमा आजदेखि सेवा सञ्चालनमा ल्याएको छ । उक्त स्थानमा वि.सं २०७१ साल असोजमा टेलिकमले ८ मिटरको रुफ टावर मार्फत टुजी र २०७३ साल चैत देखि थ्रिजी सेवा सञ्चालनमा ल्याएको थियो । टावरको उचाई कम... पुरा पढ्नुहोस
मुलपानीमा झोलुङ्गे पुल निर्माण
- 6 बर्ष, 5 महिना अगाडि
- २० भाद्र २०७६, शुक्रबार
बेनी, २० भदौ । रघुगंगा गाउँपालिका–६ मुलपानीमा झोलुङ्गे पुल निर्माण भएको छ । झोलुङ्गे पुल सहयोग कार्यक्रम (टिबीएसयु)को प्राबिधिक र गाउँपालिकाको आर्थिक सहयोगमा ५८ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । रु. ३५ लाख ८१ हजार ४६९ हजार को लागतमा निर्माण भएको पुलबाट ५४ घरधुरीका ५९४ जनसंख्या लाभान्वित... पुरा पढ्नुहोस
रुममा कुटपिटबाट लघुवित्तका कर्मचारी घाइते
- 6 बर्ष, 5 महिना अगाडि
- २० भाद्र २०७६, शुक्रबार
बेनी २० भदौ । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा बिहीबार अज्ञात समूहको कुटपिटबाट लघुवित्त संस्थाकी कर्मचारी घाइते भएकी छिन् । घाइते भएकी नेष्डो नेपाल लघुवित्त कम्पनीको दरवाङ शाखाकी कर्मचारी शुष्मा क्षेत्रीलाई हेलीकप्टरबाट पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार रुममा बचत उठाएर दरवाङ फर्कने क्रममा क्षेत्रीलाई बेली... पुरा पढ्नुहोस
धार्मिक गुरुहरुलाई अभिमुखीकरण
- 6 बर्ष, 5 महिना अगाडि
- २० भाद्र २०७६, शुक्रबार
बेनी, २० भदौ । प्लान इन्टरनेशनलको सहयोग र सिविन नेपाल म्याग्दीको आयोजनामा बिहीबार बेनीमा धार्मिक गुरुहरुका लागि लैङ्गिक हिंसामा आधारित देवानी र फौजदारी संहिताबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गलत धार्मिक मान्यताका कारणले हुने लैङ्गिक हिंसा न्युनीकरण गर्ने उद्देश्यले दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा बेनीका मन्दिर, शिवालय, मञ्जिद, चर्च... पुरा पढ्नुहोस
पुनःनिर्माण हुँदै गरेको ताकमकोत यस्तो देखियो (फोटो फिचर)
- 6 बर्ष, 5 महिना अगाडि
- २० भाद्र २०७६, शुक्रबार
गोपाल आचार्य ताकम, २० भदौ । धवलागिरी गाउँपालिका–७ स्थित ऐतिहाँसिक ताकमकोत जगन्नाथ अन्नपूर्ण मन्दिर पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । मुल मन्दिर निर्माण सकिएपछि बिहीबार धार्मिक बिधी अनुसार जगन्नाथको मुर्ति प्राण प्रतिष्ठा गरिएको छ । पुननिर्माणका लागि मन्दिरका मुर्ति र कोतघरका हतियार नजिकैको सत्तलमा राखिएको थियो । बाजागाजा र क्षमापुजा... पुरा पढ्नुहोस
क्रसर उद्योगमा विप्लपको कालो ब्यानर
- 6 बर्ष, 5 महिना अगाडि
- २० भाद्र २०७६, शुक्रबार
सन्तोष गौतम बेनी २० भदौ । नेत्रबिक्रम चन्द् (विप्लप) नेतृत्वको नेकपा सम्बद्ध जिल्ला जनपरिषद् म्याग्दीले बेनी नगरपालिका–५ बगुवाखोलाको जिसी क्रसर उद्योगमा नदीजन्य बस्तुको जथाभावी दोहन रोक्न माग गरिएको कालो ब्यानर राखेको छ । ‘गिटी, बालुवा जथाभावी उत्खनन् तथा म्याग्दी–कालीगण्डकीको दोहन कार्य तुरुन्त बन्द गर’ जिल्ला जनपरिषद्, म्याग्दीको नाममा क्रसर उद्योगमा... पुरा पढ्नुहोस
नबौ माउन्ट कप भलिबल प्रतियोगिताको तयारी पुरा
- 6 बर्ष, 5 महिना अगाडि
- १९ भाद्र २०७६, बिहीबार
बेनी, १९ भदौ । माउन्ट एभरेष्ट आवासीय माविको जुनियर रेडक्रस सर्कलको आयोजनामा शुक्रबारदेखि सुरु हुनै नबौ माउन्ट एभरेष्ट कप छात्र छात्रा भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । आयोजकले विहिबार विद्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको सबै तयारी सकिएको जनाएका हुन् । कक्षा ८ देखि १२... पुरा पढ्नुहोस
स्वास्थ्य कार्यालयको घुसकाण्ड : भरत आचार्य दम्पती नै अख्तियारको हिरासतमा
- 6 बर्ष, 5 महिना अगाडि
- १९ भाद्र २०७६, बिहीबार
म्याग्दी १९ भदौ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको घुसकाण्डले फरक मोड लिएको छ । आफुले पेश्की लिएको कार्यक्रम फस्यौट गराउँदा तत्कालिन कार्यालय प्रमुख सहितले घुस मागेको भन्दै अख्तियारको शरणमा पुगेका कार्यालयका हेल्थ असिस्टेन्ट अधिकृत भरत आचार्य आफै अख्तियारको छानविनको घेरामा परेका हुन् । भरतसंगै स्वास्थ्यमै कार्यरत उनकी पत्नी राधिका आचार्यलाई... पुरा पढ्नुहोस