प्रणय गजलकार प्रकट पंगेनी ‘शिव’ बेनीमा

  • २९ कार्तिक २०७६, शुक्रबार
  • धिरन खत्री
  • 3492 पटक पढिएको

म्याग्दी, २९ कात्तिक । पछिल्लो समय म्याग्दीमा विभिन्न साहित्य संगठनहरुले फरकफरक साहित्यिक स्वादहरु पस्कदै पछिल्लो युवापुस्तालाई साहित्यतर्फ आर्कषित गर्दै आएका छन् । त्यस्तै शुक्रबार म्याग्दीका सदरमुकाम बेनीमा प्रणय गजलकार प्रकट पंगेनी शिवको उपस्थितमा दर्जनौ प्रेममय गजलबाचनले उपस्थित साहित्य अनुरागिहरुलाई आनन्द दिलाएका थिए ।


युवा सञ्जाल म्याग्दीको आयोजना र म्याग्दी साहित्य सञ्चारको सह–आयोजनामा भएको गजल कार्यक्तममा गजलकार पंगेनीले युवा अवस्थाको प्रेम सम्वन्धहरुबारे चित्रण गर्दै साहित्य अनुरागिहरुलाई मन्त्रमुग्ध बनाएका थिए ।


उठ्योरीमै फेवातालमा छाल साँझपख
हानोरीमै माँझी दाईले जाल साँझपख
हात माग्दा हात दिईन चुप्प माग्दा चुप्प दिईन ।
तिम्रै हातले भर्दै गिलास पिलाएको छुट्टै मझाँ
कोखाइ कोखाई गर्दै शितन खुलाएको छुट्टै मझाँ


संसारमा मिलन विछोड, दुख सुख जे भएपनि एकअर्कामा प्रेम कहिल्य नमर्ने सन्देश पंगेनीले गजलबाट दिएका थिए । युवा संजाल म्याग्दीका अध्यक्ष सन्दिप शर्माको अध्यक्षता, म्याग्दी साहित्य संचारका अध्यक्ष सन्दिप खत्रीको संचालनमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको प्रमुख आथित्यता रहेको थियो ।
प्रजिअ ढकालले विभिन्न साहित्यकारको उपस्थितले युवापुस्तालाई साहित्यतर्फ रुची र कलम चलाउन सहयोग पुग्ने बताए । विभिन्न क्षेत्रमा ब्यस्त रहेका साहित्य अनुरागी युवा पुस्तालाई क्षमता अभिबृद्धिमा सहयोग पुग्ने बताए । कार्यक्रममा उपस्थित साहित्य अनुरागीहरुलाई स्वागत कार्यक्रमका संयोजक दिपक शर्माले राखेका थिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l