ताजा अपडेट

रुइसे–भेडिओढारमा भ्युटावर निर्माण

म्याग्दी, २७ साउन । धौलागिरि आईसफल पदमार्ग अन्तर्गत रघुगंगा गाउँपालिकाको रुईसे– भेडिओढारमा पर्यटकिय भ्युटावर निर्माण गरिएको छ। समुद्रि सतहदेखि २ हजार २२० मिटर उचाईमा अवस्थित रुइसे थामकोटमा भ्युटावार, पदमार्ग र तालिम हल पिकनि स्पोर्ट लगायतको पुर्वाधार निर्माण गरिएको छ । समुद्रि सतहदेखि २५ सय २० मिटर उचाई रहेकोे भेडीओडारको विशाल... पुरा पढ्नुहोस

बेनीमा खानेपानीको चरम अभाब कहिलेसम्म ? बैकल्पिक व्यवस्थाको तयारी (भिडियो सहित)

म्याग्दी, २६ साउन । म्याग्दी सदरमुकाम बेनीमा खानेपानीको चरम अभाब भएको छ । बेनी–जोमसोम सडकको गलेश्वर देखि राहुपारे खण्डको सडक विस्तारका क्रममा डोजरले पाइपलाइन फुटाउने र पहिरोको कारण दैनिकजसो खानेपानी आपुर्ती अवरुद्ध हुने गरेको छ । पाईपलाईनमा क्षती पुगेपछि बेनीमा बिगत दुई महिनादेखि खानेपानीका सहज आपूर्ति हुन सकेको छैन् ।... पुरा पढ्नुहोस

छन्त्याल खाम भाषाको लोकदोहोरी बजारमा आउँदै

म्याग्दी २६ साउन ।अल्पसंख्यक छन्त्याल समुदायको खाम भाषामा लोकदोहोरी गीत बजारमा आउने भएको छ । म्याग्दीका छन्त्याल समुदायका कलाकारहरु मिलेर ‘खानी गाउँरी म्हिन्थो फुलिसीम’ बोलको गीतलाई म्यजिक भिडियो सहित बजारमा ल्याउन लागिएको हो । छन्त्याल भाषा बोलिचालिमा रहेपनि लेखन र गीत संगीतमा भने न्युन मात्रामा प्रयोग हुने गरेको सन्दर्भमा यहाँका... पुरा पढ्नुहोस

सिचाई सुबिधाले रत्नेचौरका कृषकलाई सहज

  म्याग्दी २६ साउन । समथर भुभाग रहेको बेनी नगरपालिका–१ रत्नेचौरमा तेइस साले पक्की नहर निर्माणले खेतीबाली लगाउन कृषकहरुलाई सहज भएको छ । पक्की नहर निर्माण भएपछि कृषकहरुलाई समयमै खेत रोप्न र निरन्तर सिचाईमा सहज भएको छ । पानीको स्रोत भएर पनि त्यसको व्यवस्थापन नहुदाँ खेतीबाली लगाउन समस्या थियो ।... पुरा पढ्नुहोस

धवलागिरिमा जनशक्ति र पूर्वाधारको अभाबः गाउँपालिका अध्यक्ष पुन

म्याग्दीको सबैभन्दा दुर्गम बस्तीहरुलाई समेटेर बनेको धवलागिरि गाउँपालिकाको विकासमा जनशक्ति र पूर्वाधारको अभाब प्रमुख चुनौतिको रुपमा रहेको छ । शिक्षण पेशाबाट बाहिरिएर राजनीतिमा होमिएकी पुन म्याग्दीका स्थानीय तहहरुमा एक्ली महिला प्रमुख हुन् । स्थानीय तहमा महिलाको नेतृत्व कति सफल ? नमुना कार्य के भए ? चुनौतिका चाङ के–कस्ता छन ?... पुरा पढ्नुहोस

धवलागिरी गाउँपालिकामा शिक्षक व्यवस्थापन सुरु

  बेनी २६ साउन । म्याग्दीको धवलागिरी गाउँपालिको शिक्षक व्यवस्थापन सुरु गरेको छ । न्यून विद्यार्थी संख्या भएका विद्यालयका शिक्षकलाई नजिकको बढी विद्यार्थी भएको विद्यालयमा व्यवस्थापन गर्न सुरु गरेको हो । दश जना भन्दा कम विद्यार्थी भएका विद्यालयमा बहुकक्षा सञ्चालन गर्ने र शिक्षकले अन्य विद्यालयमा स्थानान्तरण गर्न सुरु गरिएको गाउँपालिकाका... पुरा पढ्नुहोस

प्रथम जिल्ला परिषदबाट ‘एक सय एक सदस्यीय’ गठन

म्याग्दी, २५ साउन । एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति म्याग्दीको शनिबार प्रथम जिल्ला परिषद सम्पन्न भएको छ । परिषदबाट होमनाथ पाण्डेको संयोजकमा १ सय १ सदस्यीय जिल्ला परिषद गठन भएको छ । जिल्ला समन्वय समितिका अध्यक्ष होमनाथ पाण्डेको अध्यक्षतामा भएको कार्यक्तममा नेकपा म्याग्दीका अध्यक्ष गोविन्द्र पौडेल, एकीकृत... पुरा पढ्नुहोस

कतारमा २५ औं विश्व आदिवासी दिवस भव्य रूपमा सम्पन्न

तिलु शर्मा पौडेल दोहा कतार ।  २५ औं विश्व आदिवासी दिवस भव्य रूपमा सम्पन्न  सम्पन्न भएकाे छ । "आदिवासी भाषाहरूको अन्तर्राष्ट्रिय वर्ष " भन्ने मूल नाराको साथमा २५औं विश्व आदिवासी दिवस-२०१९ कार्यक्रम कतारमा रहेका नेपाली आदिवासी जनजाति जातीय संस्थाहरू नेपाल मगर सङ्घ,शाखा कतार, नेपाल तामाङ घेदुङ प्रवास समिति, तमु प्ये... पुरा पढ्नुहोस

नेपथ्य आइपुग्यो दोहामा (भिडियाे सहित)

तिलु शर्मा पौडेल दोहा, कतार ।  नेपाली चर्चित लोक पप ब्यान्ड नेपथ्य लाइभ कन्सर्टको लागी कतार आइपुगेको छ । शान्तिका लागि म्युजिक भन्ने नारा दिईएको उक्त कार्यक्रमको तयारी पनी अन्तिम चरणमा पुगेको छ । लेवल एफ एन एड्भटाइजिङ्ग एन्ड इभेनट्सको आयोजना, कास्की आदर्स सेवा समाज कतार र रामनगर ठिमुरा सेवा... पुरा पढ्नुहोस

सामुदायिक वन दिवस मनाइयो

बेनी २५ साउन । चौथो सामुदायिक वन उपभोक्ता दिवस शनिबार म्याग्दीमा वृक्षारोपण गरेर मनाइएको छ । डिभिजन वन कार्यालयको सहयोगमा सामुदायिक वन उपभोक्ता महासंघ म्याग्दीको आयोजनामा बेनी नगरपालिका–६ डम्मरामा वृक्षारोपण गरिएको हो । डम्मराको सिर्जनशिल बाल क्लवका पदाधीकारी र सदस्यहरु पनि वृक्षारोपणमा सहभागी भएका थिए । थाकन भालुखोला सामुदायिक वनको... पुरा पढ्नुहोस