नेकपा निकट प्रेस सङ्गठनले बोलायो पुस १२ मा राष्ट्रिय भेला
- ५ पुष २०७६, शनिबार
- 1382 पटक पढिएको
काठमाडौँ । प्रेस सङ्गठन नेपालको एकतापछि शपथ ग्रहण प्रथम राष्ट्रिय भेला तथा कार्यक्रम यही पुस १२ गते काठमाडौँमा हुने तय भएको छ । भेलामा सङ्गठनका केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय आयोगका सदस्य, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला (प्रतिष्ठान र एसोसिएट) का संयोजक र सहसंयोजक सहभागी हुने केन्द्रीय सहसंयोजक गणेश बस्नेतले जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यता र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशेष आतिथ्यतामा भेला हुने तय भएको छ । भेलामा सचिवालयका नेताहरु, तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) का प्रचार विभागका प्रमुखसमेतलाई आमन्त्रण गरिएको छ । तत्कालीन प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकता भई २४९ सदस्यीय प्रेस सङ्गठन नेपाल गठन भएको थियो ।