ताजा अपडेट

जलजलामा फागुन २१ देखि दादुरा–रुबेला खोप अभियान संचालन हुने

  पर्वत, १५ फागुन । पर्वतको जलजला गाउँपालिकामा फागुन २१ देखि २६ गते सम्म दादुरा –रुबेला विरुद्धको खोप अभियान संचालन हुने भएको छ । पर्वतलाई पहिलो र दोस्रो चरण गरेर खोप अभियान संचालन गरिएको छ । दोस्रो चरणमा जलजलाका साथै कुस्मा नगरपालिका र मोदी गाउँपालिकाका नौ महिना देखि ५ वर्ष... पुरा पढ्नुहोस

पुर्व शिक्षकको स्मृतिमा स्थापित अक्षयकोषमा रु. ५ लाख बढी सहयोग

ताकम, १४ फागुन ः म्याग्दीको धवलागिरी गाउँपालिका–७ शिवाङमा रहेको हेम नमुना आवासीय माविका पुर्व शिक्षक लेखनाथ घिमिरेको स्मृतिमा स्थापित अक्षयाकोषमा रु. ५ लाख भन्दा बढी सहयोग प्राप्त भएको छ । गत वर्ष दिवंगत हुनुभएका पुर्व शिक्षक घिमिरेको स्मृतिमा स्थापना भएको “लेखनाथ घिमिरे स्मृति अक्षयकोष” मा घिमिरेले अध्यापन गराउनु भएका पुर्व... पुरा पढ्नुहोस

सुदिप स्मृति कोषले उच्च माविका उत्कृष्ट विद्यार्थीलाई सम्मान

सुदिप रावल स्मृति कोषको १५ औ स्मृति दिवसको अवसरमा गतबर्षको दश जोड दुईको परीक्षामा म्याग्दी जिल्लामा सर्वोकृष्ट अंक प्राप्त गर्ने दुई जना विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको छ । म्याग्दी पुस्तकालय अन्तरगत सञ्चालित कोषको मगलबार आयोजित एक कार्यक्रममा जिल्ला प्रथम हुने बेनी सामुदायिक माविका हिमाल आचार्य(३.६६जिपिए),न्यु वेष्ट पोइन्ट आवासीय माविका... पुरा पढ्नुहोस

आदर्श माविमा ‘आइसिटी फर फ्राइडे’: पठनपाठनमा प्रविधिको प्रयोगका लागि रु १० लाख बढी सहयोग

म्याग्दी (बेनी), १५ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ रिमामा रहेको आदर्श माध्यमिक विद्यालयले शुक्रवारको पठनपाठनमा किताब रहित बनाउने तयारी गरेको छ । विद्यालयले विद्युतिय माध्ययमबाट पठनपाठनका लागि सूचना र सञ्चार प्रविधिको प्रयोग गर्न ‘आइसिटी फर फ्राइडे’ कार्यक्रम सञ्चालन गर्न रु १० लाख बढी सहयोग जुटाएको छ । ग्रामीण भेगमा रहेको... पुरा पढ्नुहोस

मनकारी मन :चौरासी पुजामा ओखरबोट माविलाई दुई लाख सहयोग

च्युरीबोट । म्याग्दीको मालिका गाउँपालिका–४,स्थित छाप्सीबाङ घर भई हाल पोखरा निवासी समाजसेवी दलबहादुर घर्ती मगर पुन र उहाँकी श्रीमती भानुदेबी दम्पती परिवारले चौरासी पुजाको अवसरमा सोही वडाको ओखरबोट माविलाई आर्थिक सहयोग गर्नुभएको छ । दलबहादुर दम्पती परिवारले चौरासी पुजाको अवसरमा विद्यालयलाई दुई लाख एक सय ५३ रुपैयाँ सहयोग गर्नुभएको हो... पुरा पढ्नुहोस

म्याग्दीमा साढे ६ हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेला खोप लगाइँदै

म्याग्दी, १४ फागुन । म्याग्दीमा साढे ६ हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ । आगामी फागुन १६ गतेबाट म्याग्दीका ६ वटै स्थानीय तहमा डेढ सय खोप केन्द्र बाट ६ हजार ५ सय ७० जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने भएको हो । सोमबार स्वास्थ्य कार्यालयमा आयोजित जिल्ला खोप... पुरा पढ्नुहोस

प्रेस रजिष्ट्रारको व्यवस्था गर्न पत्रकार संगठनहरुको माग

पोखरा, १४ फागुन ः प्रेसमैत्री आमसञ्चार विधेयक ल्याउनुपर्नेलगायत माग राखी गण्डकी प्रदेशमा क्रियाशील पत्रकार सम्बद्ध सङ्घसङ्गठनले आज गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष चारबुँदै ध्यानाकर्षणपत्र बुझाएका छन् । आइतबार कास्कीको धम्पुसमा बसेको प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस सङ्गठनको प्रदेश समितिका पदाधिकारीको बैठकमा भएका... पुरा पढ्नुहोस

सिंगामा सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम सम्पन्न

सिंगा, १४ फागुन । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा सौन्दर्यकला सम्बन्धी ४५ दिने आधारभूत तालिम सोमबार सम्पन्न भएको छ । शिवालय सामुदायिक सिकाई केन्द्रको आयोजना र वडा कार्यालयको सहयोगमा आयोजित तालिममा ४६ जनाको सहभागिता रहेको थियो । तालिममा सौन्दर्यकला व्यवसायी संघ म्याग्दीका अध्यक्ष समेत रहनुभएकी प्रजिया ब्युटीपार्लर टे«निङ सेन्टरका सञ्चालक गंगा... पुरा पढ्नुहोस

गौशालामा सीमित भए रैथाने गाई

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकमका इन्द्रलाल पौडेलका गोठमा २५ वर्षअघिसम्म ४२ वटा गाईगोरु थिए । “हिजोआज धार्मिक कार्यका लागि आवश्यक पर्ने गाईको दूध र गहुँत नपाइने अवस्था आयो”, उहाँले भन्नुभयो, “गाई देखिनै छाडे, गोरु पनि पाउन मुस्किल भयो ।” पौडेलका अनुसार ३५० घरधुरी भएको ताकम गाउँमा अहिले दुई घरमा... पुरा पढ्नुहोस

म्याग्दीको नारच्याङमा अब सशस्त्र प्रहरीको विपद् व्यवस्थापन एकाइ

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन ‘बेस’ (एकाइ) स्थापना भएको छ। प्रहरी निरीक्षकको नेतृत्वमा विपद् व्यवस्थापनसम्बन्धी तालिमप्राप्त २५ सशस्त्र प्रहरीको टोलीको एकाइ स्थापना भएको हो। बेनी–जोमसोम–कोरला राष्ट्रिय राजमार्गका साथै म्याग्दी, मुस्ताङ, बाग्लुङ, पर्वतमा विपद्को अवस्थामा खोज तथा उद्धार कार्यलाई छिटो बनाउने उद्देश्यले बेस राखिएको सशस्त्र प्रहरी बल... पुरा पढ्नुहोस