पाण्डे दम्पतीको उपचारमा बेल्जियमबाट रु ४ लाख ८५ हजार सहयोग

  • ९ बैशाख २०८२, मंगलवार
  • 1 पटक पढिएको

म्याग्दी ९ वैशाख । गम्भिर स्वास्थ्य समस्याबाट पीडित बन्नुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– ३ कलेजाबाङका ५४ बर्षिय राजु पाण्डे र ४६ बर्षिय सिता पाण्डेका दम्पतीको उपचारमा बेल्जियमबाट रु ४ लाख ८५ हजार सहयोग भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेल्जियमका उपाध्यक्ष ज्ञानु बरुवालको पहलमा मोना बेल्जियमद्धारा रु ४ लाख ८५ हजार सहयोग संकलन गरि पीडित परिवारलाई हस्तान्तरण गरिएको छ ।
बेल्जियममा संकलन भएको उक्त रकम अभियान्ता बरुवालले अस्पतालमा उपचाररत पाण्डे दम्पतीलाई हस्तान्तरण गर्नुभएको छ । उक्त सहयोग हस्तान्तरणमा मोना बेल्जियमका संस्थापक अध्यक्ष शिबकुमार बरुवालको समेत उपस्थिति रहेको थियो । आर्थिक अभाबका कारण उपचार प्रभावित बन्ने जोखिम रहेको अवस्थामा आफ्नो जीवनरक्षाको लागि सहयोग जुटाएकोमा पाण्डे दम्पतीले सहयोगदाताहरुलाई धन्यबाद ज्ञापन गर्नुभएको छ ।
दम्पती नै गम्भिर स्वास्थ्य समस्याबाट ग्रसित बनेको र उपचारमा लाखौँ खर्च भैसकेकाले परिवारको आर्थिक अबस्थाले थेग्न नसकेपछि आर्थिक संकलन सुरु गरिएको र देश तथा विदेशमा रहनुभएका सहयोगदाताहरुबाट सहयोग आउन थालेको छ । सिताको मृर्गौला पत्यारोपण र राजुको कलेजोको उपचार गर्न लाखौँ लाग्ने भएपछि देश विदेशमा रहनुभएका सहयोगदाताहरुलाई आग्रह गरिएको राजुका भाई विष्णु पाण्डेले बताउनुभयो।

मृर्गौला पीडित सिताले नियमित डायलासिस र राजुले उपचार गराउँदै आउनुभएको छ । साढे २ बर्षको अवधिमा पाण्डे दम्पतीको उपचारमा घरिपरिवारर आफन्तले करिब ३० लाख बढी खर्च गरिसकेका छन् । परिवारको नियमित आम्दानीको स्रोत नभएको थप उपचारमा समेत लाखाँै लाग्ने भएपछि पाण्डे दम्पतीको जीवन रक्षार्थ सहयोग संकलन गर्न थालिएको छ । पाण्डे दम्पतीको उपचारको लागि देश तथा विदेशमा रहनुभएका राखुबासी र म्याग्देलीहरु तथा नेपालीहरुको अगुवाईमा आर्थिक संकलन अभियान सञ्चालन भैरहेको छ ।

राजु पाण्डे तथा सिता पाण्डे उपचारार्थ सहयोग अभियानमा सहयाेग गर्ने सहयाेगदाताहरू

  • ज्ञानु बरुवाल २५०€
  • दल शाही १५१€
  • गणेष भण्डारी १५१€
  • धन मल्ल १५१€
  • राज गिरी १२५€
  • सबिना भण्डारी १०५€
  • राजेन्द्र कार्की १०१€
  • लाल बहादुर मल्ल १०१€
  • राम्जी भण्डारी १०१€
  • योगेन्द्र श्रेष्ठ ५५€
  • कृष्ण सुनार ५५€
  • सुदान मल्ल ५५€
  • भगवान भण्डारी ५५€
  • दिपक भण्डारी ५५€
  • रकेन्द्र घिमीरे ५५€
  • जित कार्की ५१€
  • ज्ञान रकाल ५१€
  • रघु शर्मा ५०€
  • बिनु थापा रोका ५०€
  • देबेन्द्र शेरपुन्जा ५०€
  • सुमन थापा मगर ५०€
  • दिल आले ५०€
  • रामचन्द्र थापा मगर ५०€
  • चन्द्र आले मगर ५०€
  • समिना हमाल ५०€
  • घन शाही ५०€
  • सबनम शाही ५०€
  • कृष्ण चोखाल ५०€
  • जित गर्बुजा ५०€
  • लोक राना ५०€
  • अभिषेक गौचन ५०€
  • लोकेन्द्र नेपाल ५०€
  • सुनिता श्रेष्ठ ४५€
  • धनु जिसी ४१€
  • मोहन शाही ४०€
  • हरी शाही ४०€
  • पारस गौतम ३१€
  • सबिना बरुवाल ३०€
  • सबिता शाही ३०€
  • ललित मगर ३०€
  • बुद्दी बराल २५€
  • भुवन आचार्य २५€
  • खकेन्द्र पुन २१€
  • बेबिना कार्की २५€
  • सिता भट्टचन २०€
  • ज्ञान बिश्वकर्मा २०€
  • नारायण खड्का २०€
  • मुना केसी १०€
  • रबिना केसी ५२€
  • सालिक थपलिया ३०€
  • रुबिना शर्मा २०€
  • सुमन बानीया ३५€
  • बिनोद मल्ल ५०€
  • लिलाधर पौडेल ४२€
  • देबीप्रसाद भण्डारी ३०€
  • चन्द्र प्रकाश शर्मा ३०€
  • हरी भट्टराई २०€
  • सरिता पौडेल २०€
  • कमल खड्का ३०€
  • ईसा गुरुङ २०€
  • नैना पुन २०€
  • बिनोद न्यौपाने ३०€
  • धुर्ब गौचन ३०€
  • पर्मलाल बिश्वकर्मा २०€
  • पुरन मगर २५€

योगेन्द्र बि क 2५