ताजा अपडेट
धौलागिरिमा वसन्तकालीन यामको पहिलो आरोहण
- wp_days_ago_v3(); ?>
- २९ बैशाख २०८२, सोमबार
म्याग्दी, २९ बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका– ४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो ( ८१६७ मिटर) धौलागिरी हिमालमा वसन्तकालीन यामको पहिलो सफल आरोहण भएको छ । मौसम प्रतिकुलतालाई छिचोल्दै ६ जना विदेशी आरोही र ७ जना नेपाली शेर्पाहरुको टोलीले धौलागिरी हिमालमा चालु यामको पहिलो सफल आरोहण गरेका हुन् । सेभेन... पुरा पढ्नुहोस
धार्मिक पर्यटन मार्फत गण्डकीको समृद्धि : मुख्यमन्त्री पाण्डे
- wp_days_ago_v3(); ?>
- २९ बैशाख २०८२, सोमबार
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले धार्मिक पर्यटन मार्फत गण्डकीको आर्थिक समृद्धि हासिल गर्न सकिने विचार व्यक्त गर्नुभएको छ। गण्डकी प्रदेशमा प्रशस्त धार्मिक स्थलहरु भएकाले प्रवर्द्धन र प्रचारप्रसार गरेर धार्मिक पर्यटक भित्र्याउन सकिने उहाँको भनाइ थियो। आइतबार बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वरामा आयोजित गोबर्धन महायज्ञको अवलोकन गर्न आउनुभएका मुख्यमन्त्री पाण्डले गण्डकी प्रदेशमा... पुरा पढ्नुहोस
म्याग्दीलाई गण्डकी प्रदेशमा पहिलो पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा
- wp_days_ago_v3(); ?>
- २८ बैशाख २०८२, आईतवार
https://youtu.be/YsgSZvWok2A म्याग्दी, २८ बैशाख । म्याग्दीलाई पूर्णखोप सुनिश्चितता दिगोपना कायम भएको जिल्ला घोषणा गरिएको छ । आइतवार सदरमुकाम बेनीमा आयोजित एक समारोहबीच म्याग्दीलाई चालु आर्थिक बर्षमा गण्डकी प्रदेशमै पहिलो पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्लाको रुपमा घोषणा गरिएको हो । स्वास्थ्यकर्मीहरुले गरेको घरधुरी सर्वेक्षणको क्रममा जिल्लामा १५ महिनामुनीका १ हजार २३५... पुरा पढ्नुहोस
गुर्जामा म्याग्दी जेसीजद्धारा पर्यटन प्रर्वद्धन,युवा शसक्तिकरण,खेलकुदका सामाग्री र पुस्तक सहयोग
- wp_days_ago_v3(); ?>
- २८ बैशाख २०८२, आईतवार
म्याग्दी, २८ वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका– १ गुर्जामा म्याग्दी जेसीजले पहिलो पटक रचनात्मक गतिविधि गरेको छ । जिल्लाको सबैभन्दा दुर्गम बस्तीको रुपमा परिचित गुर्जामा म्याग्दी जेसीजले पर्यटन प्रवद्र्धन, युवा सशक्तिकरणलगायतका रचनात्मक कार्यहरु गरेको हो । म्याग्दी जेसिजका शाखा अध्यक्ष विनोद घर्ति क्षेत्रीको नेतृत्वमा पुगेका युवाहरुको समूहले गुर्जामा पर्यटन सूचना... पुरा पढ्नुहोस
पर्यटकको पर्खाइमा गुर्जाकाे तास्नाधुरी
- wp_days_ago_v3(); ?>
- २८ बैशाख २०८२, आईतवार
म्याग्दी । धवलागिरी गाउँपालिका–१ गुर्जास्थित तास्नाधुरी पर्यटकका पर्खाइमा छ । हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोलको दृष्यावलोकन र एकान्त वातावरणमा रमाउन सकिने तास्नाधुरी प्रचारप्रसार र पूर्वाधारको कमीले ओझेल परेको हो । समुद्री सतहबाट तीन हजार २०० मिटर उचाइमा रहेको तास्नाधुरीबाट गुर्जा, धवलागिरि र अन्नपूर्ण हिमाललाई नजिकैबाट नियाल्न सकिन्छ । गुर्जाका बासिन्दा तुलसी... पुरा पढ्नुहोस
पोखरा स्पोर्टस् अवार्ड : अरूणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित
- wp_days_ago_v3(); ?>
- २६ बैशाख २०८२, शुक्रबार
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शुक्रबार साँझ पोखरामा सम्पन्न नवौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड’ मा वर्ष खेलाडीको उपाधि अरूणा शाही र विश्वास अधिकारीले जितेका छन् । वर्ष उत्कृष्ट खेलाडीका लागि मनोनयनमा परेका उत्कृष्ट तीनमध्ये महिलातर्फ नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान समेत रहेकी अरूणा शाही घोषित भएका छन् । यसँगै... पुरा पढ्नुहोस
जलजलाका उत्कृष्ट चालिस उद्यमीलाई सम्मान (तस्बिर/भिडियो)
- wp_days_ago_v3(); ?>
- २६ बैशाख २०८२, शुक्रबार
म्याग्दी , २६ बैशाख । पर्वतको जलजला गाउँपालिकामा उत्कृष्ट चालिस जना उद्यमीलाई सम्मान गरिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रम अन्तर्गत पालिकाभित्रका उत्कृष्ट उद्यमीहरुलाई सम्मान गरिएको हो । उद्यमशीलताको विकास गरी रोजगारी सिर्जना र... पुरा पढ्नुहोस
काठेखोलामा हलगोरु पाल्ने एक सय अठहत्तर किसानले पाए पोषणभत्ता
- wp_days_ago_v3(); ?>
- २५ बैशाख २०८२, बिहीबार
बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई पोषणभत्ता वितरण गरेको छ । गाउँपालिकाले ‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नीति तथा कार्यक्रमअन्तर्गत १७८ हलगोरु पाल्ने किसानलाई रु पाँच हजारका दरले पोषणभत्ता वितरण गरेको हो । परम्परागत तरिकाले खेतबारी जोत्नका लागि प्रयोग गरिने गोरुलाई संरक्षण गर्दै किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले रु आठ... पुरा पढ्नुहोस
दरबाङमा निःशुल्क आँखा शिविरबाट ७ सयबढी लाभान्वित
- wp_days_ago_v3(); ?>
- २५ बैशाख २०८२, बिहीबार
म्याग्दी , २५ बैशाख । म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा सञ्चालित तीन दिने निःशुल्क आँखा उपचार शिविरबाट ७ सयजना भन्दाबढी लाभान्वित भएका छन् । ग्रामीण भेगमा उपचार गराउन नपाएका आँखा सम्बन्धि समस्या भएका सर्वसाधारण र बिरामीहरुलाई लक्षित गरी सञ्चालन भएको शिविरबाट कुल ७ सय १५ जना लाभान्वित भएका हुन् । शिविरमा... पुरा पढ्नुहोस
दोबामा ‘एक घर, एक धारा’बाट चार सय घरपरिवार लाभान्वित
- wp_days_ago_v3(); ?>
- २४ बैशाख २०८२, बुधबार
म्याग्दीः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७५/७६ देखि सुरु भएको योजना सात वर्षमा सम्पन्न भएको हो । करिब रु. पाँच करोड लगानीमा चार वटा योजनामा निर्माण भएको... पुरा पढ्नुहोस