ज्ञानोदय माविमा ‘खडानन्द केशर कुमारी स्मृति अक्षयकोष’ बाट बाध्यबादनका सामाग्री सहयोग
- २५ जेष्ठ २०८२, शनिबार
- 49 पटक पढिएको
म्याग्दी, २४ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा स्थापित ‘खडानन्द केशर कुमारी स्मृति अक्षयकोष’बाट बाध्यबादनका सामाग्री हस्तान्तरण गरिएको छ । विद्यालयका पूर्व अध्यक्ष एवं सल्लाहकार चन्द्रकुमार सुवेदीको परिवारले आफ्नो दिवंगत बुबा आमाको नाममा स्थापना गर्नुभएको अक्षयकोषबाट विद्यालयलाई रु ७५ हजार बराबरको बाध्यबादनका सामाग्री प्रदान गरिएको हो ।
विद्यालयमा आयोजित कार्यक्रममा १ थान हार्मोनियम, १० वटा मादल, २ जोडी मुजुरा,४ जोडी खैजडी,२ जोडी झ्याली,५ वटा बाँसुरी प्रदान गरिएको हो । कार्यक्रममा अक्षयकोषका संरक्षक चन्द्रकुमार सुवेदी र उहाँको धर्मपत्नी सुधा मल्ल सुवेदीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद सुवेदी र प्रधानध्यापक बिजय शर्मालाई उक्त सामाग्री प्रदान गर्नुभएको थियो ।
अक्षयकोषका संरक्षक सुवेदीको अध्यक्षता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद सुवेदीको प्रमुख आतित्यथा, प्रधानध्यापक शर्माको स्वागत र शिक्षक सुरेश थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।