ताजा अपडेट

धवलागिरि गाउँपालिकाद्धारा एम्बुलेन्स सञ्चालनको तयारी

म्याग्दी १० फागुन । म्याग्दीको धवलागिरि गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । भौगोलिक रुपमा विकट रहेको यस गाउँपालिकाका नागरिकलाई सरल र सर्वसुलभ रुपमा उपचारको लागि सघाउन गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको हो । विभिन्न प्रकृया पुरा गरि भारतबाट भन्सार छुटमा एम्बुलेन्स गाडी खरिद गरिएको र कार्यविधि बनाएर सञ्चालनको तयारी गरिएको... पुरा पढ्नुहोस

पोखरेबगरमा सामाजिक कुरिती तथा लागु औषध दुव्र्यसन सम्बन्धी अभिमुखीकरण (तस्वीर)

म्याग्दी १० फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पाेखरेबगरमा मंगलवार सामाजिक कुरिती तथा लागु औषध दुव्र्यसन सम्बन्धी अभिमुखीकरण कार्यक्रम तथा तालिम सम्पन्न भएको छ । म्याग्दी जेसीजको आयोजनामा सामाजिक विकास कार्यालय र अन्नपूर्ण गाउँपालिकाको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दिप खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको... पुरा पढ्नुहोस

हागाँ काट्ने क्रममा विरेन्द्रचोकस्थित पिपलको रुखबाट खसेर मृत्यु

म्याग्दी,१० फागुन । बेनी नगरपालिका– ७ विरेन्द्रचोकमा रहेको पिपलको रुखको हांगा काट्ने क्रममा एक जना युवाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय अगाडी रहेको पिपल बोटको हांगा काट्ने क्रममा खसेर मालिका गाउँपालिका– २ रुमका ४३ बर्षि थामबहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले बताउनुभयो ।... पुरा पढ्नुहोस

रत्नेचौरमा धार्मिक महोत्सव हुने

म्याग्दी १० फागुन ।  बेनी नगरपालिका–१, रत्नेचौरमा धार्मिक महोत्सव हुने भएको छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना रहेका रत्नेचौरमा अवस्थित श्रीलक्ष्मी हरि मन्दिरमा आगामी फागुन २३ देखि ३० गतेसम्म महोत्सवको आयोजना गरिएको छ । रत्नेचौरमा रहेको श्री लक्ष्मीहरि भगवानको २५ औं श्रीब्रह्मोत्सव श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवं पुज्यपाद... पुरा पढ्नुहोस

म्याग्दी जेसीजद्धारा घतान स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग ( तस्वीर सहित)

म्याग्दी ९ फागुन । म्याग्दीको बेनी नगरपालिका–९ घतानमा रहेको स्वास्थ्य चौकीलाई म्याग्दी जेसीजद्धारा स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । ‘स्वास्थ्यमा हाम्रो सरोकार’ भन्ने नारा सहित म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दिप खत्रीको नेतृत्वमा पुगेको टोलीले स्वास्थ्य चौकीका प्रमुख जमुना शर्मा लाई रु १० हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।... पुरा पढ्नुहोस

मुस्ताङका सुरक्षाकर्मिलाइ डढेलो नियन्त्रण गर्ने औजार हस्तान्तरण

सुशीलबाबू थकाली मुस्ताङ ९ फागुन । हिमाली जिल्ला मुस्ताङको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै डिभिजन बन कार्यालय मुस्ताङले अग्रभागमा खटिने सुरक्षा निकायलाई डढेलो नियन्त्रण गर्ने औजार हस्तान्तरण गरेको छ । बिपद व्यवस्थापन सँगसँगै अन्य जटिल समस्याबाट मुक्ती होस् भन्नको हेतुले डिभिजन बन कार्यालयले उक्त औजारहरु हस्तान्तरण गरेको जनाएको हो । सोमबार... पुरा पढ्नुहोस

सामाजिक विकास कार्यालयद्धारा पश्चिम म्याग्दी युथक्लबलाई खेलकुद र फर्निचरका सामाग्री सहयोग

म्याग्दी ९ फागुन । सामाजिक विकास कार्यालयद्धारा पश्चिम म्याग्दी दरबाङ युथक्लबलाई रु चार लाख रुपैयाँ बराबरको खेलकुद र फर्निचरका सामाग्री सहयोग गरिएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट स्विकृत भएर आएको बार्षिक कार्यक्रम अन्तर्गत मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा रहेको उक्त क्लबलाई खेलकुद र फर्निचरका सामाग्री सहयोग गरिएको हो... पुरा पढ्नुहोस

म्याग्दी उद्योग बाणिज्य संघको ‘सहयोग रसिदका नाममा शुल्क असुली’ रोक्न छानविन सुरु

म्याग्दी, ९ फागुन । म्याग्दी उद्योग वाणिज्य संघले संस्थागत विकासका लागि सहयोग रसिदको नाममा अवैध रुपमा उठाउँदै आएको शुल्क असुली रोक्न प्रशासनले चासो देखाएको छ । पर्वतबेनी हुँदै म्याग्दी सदरमुकाम बेनी प्रवेश गर्ने व्यवसायिका सामान बोक्ने सवारी साधनबाट संघले बर्षौदेखि गैरकानुनी रुपमा सहयोग रसिदका नाममा शुल्क असुली गर्ने गरेको गुनासोको... पुरा पढ्नुहोस

अस्ट्रेलिया दुई वर्षपछि अन्तर्राष्ट्रिय यात्रुका लागि खुला

काठमाडौं ९, फागुन । अस्ट्रेलियाले दुई वर्षपछि पहिलो पटक आफ्नो अन्तर्राष्ट्रिय सीमा पुनः खुला गरेको छ । कोरोनाभाइरस विरुद्ध पूर्ण खोप लगाएका अन्तर्राष्ट्रिय यात्रुहरूलाई अस्ट्रेलियाले प्रवेश दिने भएको हो । कोभिडको कारण देखाउँदै सन् २०२० को मार्चमा बन्द गरेपछि देशमा यात्रासम्बन्धी कडा प्रतिबन्ध लगाइएको थियो । ​अष्ट्रेलियालीहरू र अरू केहीलाई... पुरा पढ्नुहोस

स्थानीय तह निर्वाचन : बागलुङका राजनीतिक दलका गतिविधि गाउँ केन्द्रित

बागलुङ ९ पुस ।  स्थानीय तहको निर्वाचन तयारी अघि बढेसँगै बागलुङ जिल्लामा राजनीतिक दलका गतिविधिलाई गाउँ केन्द्रित गरेका छन् । जिल्लामा ठूला दर मात्रै नभएर साना राजनीतिक दलले समेत वडा तहमै आफ्ना पार्टीका गतिविधि अगाडि बढाएका छन् । राष्ट्रिय राजनीतिका मुख्य प्रतिस्पर्धी दल नेपाली कांग्रेस, नेकपा (एमाले),नेकपा (माओवादी केन्द्र) सहित... पुरा पढ्नुहोस