ताजा अपडेट
कम्युनिष्ट पार्टीहरुलाई एकै ठाउँमा हुन नदिन पाँच दलीय गठबन्धन : खड्का
- 3 बर्ष, 8 महिना अगाडि
- २९ जेष्ठ २०७९, आईतवार
बागलुङ २८ जेठ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कम्युनिष्ट पार्टीहरुलाई एकै ठाउँमा हुन नदिनका लागि पाँच दलीय गठबन्धन गरिएको बताएका छन्। कांग्रेस बागलुङले आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले प्रतिगमनको विरुद्ध र कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा हुन नदिनका लागि अहिलेको गठबन्धन गरिएको बताएका हुन्। कम्युनिष्ट पार्टीसँग सहकार्य... पुरा पढ्नुहोस
बेनीमा किशोरी सम्मेलन
- 3 बर्ष, 8 महिना अगाडि
- २९ जेष्ठ २०७९, आईतवार
बेनी, २९ जेठ । म्याग्दीको सदरमुकाम बेनीमा गण्डकी प्रदेशस्तरीय किशोरी सम्मेलन गरिएको छ। संगम म्याग्दीको आयोजना र गल्स फस्ट फन्टको आर्थिक सहयोग र धवलागिरी गाउँपालिकाको समन्वयमा गण्डकी प्रदेशस्तरीय किशोरी सम्मलेन भएको हो । जिल्ला समन्वय समितिको सभाहलमा म्याग्दीको धवलागिरी गाउँपालिकाको ११ वटा स्कूल, बेनी नगरपालिकाको ९ वटा स्कुल र तनहु,... पुरा पढ्नुहोस
हङकङका लागि पर्यटन दूतमा म्याग्दीका प्रकाश पुन नियुक्त
- 3 बर्ष, 8 महिना अगाडि
- २८ जेष्ठ २०७९, शनिबार
म्याग्दी, २८ जेठ । म्याग्दीका प्रकाश पुन हङकङका लागि नेपाली पर्यटन दूतमा नियुक्त हुनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारको मन्त्रीस्तरीय बैठकबाट हङकङमा व्यवसाय गर्दै आउनुभएका पुनलाई पर्यटन दूतमा नियुक्त गरेको हो । दुई दशक अघि ब्रिटीस आर्मीबाट अवकास प्राप्त गर्दै हङकङबाट ब्यापार ब्यवसाय शूरु गर्नुभएको पुन... पुरा पढ्नुहोस
बेगखोलामा झोलुङ्गे पुल निर्माण
- 3 बर्ष, 8 महिना अगाडि
- २८ जेष्ठ २०७९, शनिबार
म्याग्दी २८ जेठ । बर्खामा बाढी आएर आवतजावतनै बन्द हुने म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बेगखोलामा बाढी आउँदा आवतजावत आवरुद्ध हुने र जोखिमपुर्ण यात्रा गर्नुपर्ने समस्या हटाउन झोलुङ्गे पुल बनाइएको हो । पूर्वाधार विकास कार्यालयले ठेक्कामार्फत ८०... पुरा पढ्नुहोस
भकिम्लीलाई छुवाछुतमुक्त वडा घोषणा
- 3 बर्ष, 8 महिना अगाडि
- २७ जेष्ठ २०७९, शुक्रबार
म्याग्दी २७ जेठ । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीलाई जातीय छुवाछुत मुक्त वडा घोषणा गरिएको छ । शुक्रबार वडामा आयोजित कार्यक्रममा जातीय उत्पीडनको अन्त्यसँगै छुवाछुतमुक्त वडा घोषणा गरिएको हो । बि.स २०७४ सालदेखि सुरू भएको अभियानमा जातिय छुवाछुतमुक्त क्षेत्र घोषणाको लागि आवश्यक सबै सूचक पुरा भएपछि वडा अध्यक्ष पदम पुनले औपचारीक... पुरा पढ्नुहोस
संघीयताको उपहार : जनप्रतिनिधिहरुको बहार
- 3 बर्ष, 8 महिना अगाडि
- २७ जेष्ठ २०७९, शुक्रबार
नयाँ संविधानले गरेको राजनीतिक तथा प्रशासनिक व्यवस्था अनुसार देश जनप्रतिनिधिमय बनेको छ । नेपालमा गणतन्त्रको घोषणा तथा नयाँ संविधान जारीपछि संघीयता कार्यान्वयन सुरु भएको थियो । संविधान जारी र संघीयता कार्यान्वयनपछि २०७४ र २०७९ सालमा गरी २ पटक स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । ७५३ स्थानीय तहको नेतृत्व जनप्रतिनिधिहरुले... पुरा पढ्नुहोस
चिमखोलामा बहुआयामिक नमूना ग्राम कार्यक्रम लागू
- 3 बर्ष, 8 महिना अगाडि
- २७ जेष्ठ २०७९, शुक्रबार
म्याग्दी , २७ जेठ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा बहुआयामिक नमूना ग्राम कार्यक्रम लागू भएको छ । विपन्न, सीमान्तकृत समुदायलाई समेटेर लैङ्गिक समानताउन्मुख नमूना गाउँ स्थापना गर्ने उद्देश्यले दलित र मगर समुदायको बसोबास भएको चिमखोलामा नमूना ग्राम कार्यक्रम सञ्चालन गरिएको हो । सडक, खानेपानी, विद्युत्, सञ्चार, पैदलमार्ग, भवनलगायत भौतिक पूर्वाधार... पुरा पढ्नुहोस
म्याग्दीमा दुई तिहाइभन्दा बढी पुँजीगत बजेट खर्च हुन बाँकी
- 3 बर्ष, 8 महिना अगाडि
- २७ जेष्ठ २०७९, शुक्रबार
म्याग्दी, २७ जेठ । चालु आर्थिक वर्ष २०७८÷७९ सकिन करिब एक महिना बाँकी रहँदा म्याग्दीमा भित्रिएको दुई तिहाइभन्दा बढी विकास बजेट खर्च हुन बाँकी छ । आर्थिक वर्षको करिब ११ महिनाको अवधिमा म्याग्दीमा सङ्घीयको पुँजीगततर्फ १९.८७ प्रतिशत र प्रदेशको पुँजीगततर्फ ३२.३६ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले... पुरा पढ्नुहोस
जिसस बागलुङको प्रमुखमा अमर थापा सर्वसम्मत
- 3 बर्ष, 8 महिना अगाडि
- २६ जेष्ठ २०७९, बिहीबार
बागलुङ २५ जेठ । जिल्ला समन्वय समिति बागलुङको प्रमुखमा अमर थापा चयन हुनुभएको छ । थापासहित उपप्रमुखमा होमनाथ शर्मा र सदस्य पदमा गठबन्धनका उम्मेदवार सर्वसम्मत चयन हुनुभएको हो । जिल्ला समन्वय समितिको निर्वाचन कार्यतालिका अनुसार आज २ बजेसम्म सत्ता गठबन्धनका उम्मेदवारबाहेक कसैको पनि उम्मेदवारी नपरेकाले प्रमुख र उपप्रमुखसहित नौ जना... पुरा पढ्नुहोस
बेनीको खुलामञ्चमा ‘मिनी रंगशाला’ बनाउने योजना अलपत्र
- 3 बर्ष, 8 महिना अगाडि
- २६ जेष्ठ २०७९, बिहीबार
धिरन खत्री म्याग्दी २५ जेठ । म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा लामो समयदेखि युवाहरुले खेलकुद अभ्यास गर्न पाएका छैनन् । खुलामञ्चलाई स्तरोन्नती गरि मिनी रंगशाला बनाउने काम सुरु भएको बर्षौ बितेपनि बजेट अभावले योजना अलपत्र बनेको छ । खुलामञ्चमा खेल अभ्यास गर्ने खेलाडीहरु यस अघि राष्ट्रिय र अन्तराष्ट्रियस्तर सम्म पुगिसकेको भएपनि... पुरा पढ्नुहोस