ताजा अपडेट

विवेकशील साझाका अध्यक्ष रविन्द्र मिश्रद्धारा राजीनामा

काठमाण्डौ ११ जेठ । विवेकशील साझाका अध्यक्ष रविन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनमा पार्टीले व्यहोरेको हारको जिम्मा लिँदै उनले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । बुधवार एक विज्ञप्ती प्रकाशित गर्दै अध्यक्ष मिश्रले पार्टीको साधारण सदस्य मात्रै रहने गरि अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।... पुरा पढ्नुहोस

मतगणना नसकिँदै काठमाडौं महानगरको मेयरमा बालेन साह विजयी

काठमाण्डौ ११ जेठ । काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले जित हासिल गरेका छन् । मतगणना जारी रहँदै बालेनले जित पक्का गरेका हुन् । प्राप्त पछिल्लो विवरण अनुसार बालेनले आफ्ना प्रमुख प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहसँग २०१९६ मतको अग्रता लिएका छन् । जबकि अब काठमाडौंको १९६४९... पुरा पढ्नुहोस

काठमाडौं महानगरपालिकाको उपमेयरमा सुनिता डंगोल विजयी, मेयरमा बालेन्द्र साह जित नजिक

काठमाडाै ११, जेठ । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छन् । महानगरपालिकाको मतगणना नसकिँदै सुनिता उपमेयरमा विजयी भएकी हुन् । काठमाडौं महानगरपालिकामा १ लाख ६६ हजार ३ सय १३ मतगणना सम्पन्न हुँदा उपमेयरमा डंगोलले ६० हजार ६७५ मत पाएकी छन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत... पुरा पढ्नुहोस

नयाँ पुस्तक नपाउँदा म्याग्दीका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित

म्याग्दी ११ जेठ । नयाँ शैक्षिकसत्र सुरु भएपनि विद्यार्थीले नयाँ पुस्तक नपाउँदा म्याग्दीका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको छ । नयाँ पुस्तक नपाउँदा विद्यार्थीलाई पढ्न र शिक्षकलाई पढाउन समस्या भएको हो । पाठ्यक्रम फेरिएको सामुदायिक विद्यालयको कक्षा ४ र ७ का विद्यार्थीसँग पुस्तक छैन । पाठ्यक्रम यथावत भएका अन्य कक्षाका... पुरा पढ्नुहोस

पोखरेलीको जीवनयापन सहज र सरल बनाउने कार्यक्रम ल्याउँछौँ : मेयर आचार्य

पोखरा ११ जेठ । पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले महानगरबाट सुशासनको प्रत्याभुत हुने गरी सेवा प्रवाह गर्ने आफ्नो पहिलो काम हुने बताउनुभएको छ । महानगर प्रमुखमा आज बिहान निर्वाचित भएको घोषणापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आचार्यले महानगर र महानगरअन्तर्गतका वडा कार्यालयको सेवा व्यवस्थित र बिनाझन्झट प्रदान गरिने... पुरा पढ्नुहोस

भरतपुर महानगरपालिकाको मेयरको पहिलो निर्णय : सरकारी अस्पतालमा जन्मिएका छोरीको जीवन बीमा

चितवन ११ जेठ । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सरकारी स्वास्थ्य संस्था वा अस्पतालमा जन्मिएका छोरीहरुको जीवन बीमा गरिदिने निर्णय गरेकी छन् । महानगरपालिकाको मेयरमा दोस्रो कार्यभार सम्हाल्दै मेयर दाहालले सरकारी अस्पतालमा जन्मिएका छोरीहरुले १५ वर्षपछि पाउने गरी एक लाख बराबरको जीवन बीमा गरिदिने निर्णय गरेकी हुन् । त्यस्तै... पुरा पढ्नुहोस

स्वदेशी लगानीमा नै बन्ने भयो बूढीगण्डकी जलाशययुक्त आयोजना

काठमाडौँ, १० जेठ। सरकारले आफ्नै लगानीमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् परियोजनालाई अगाडि बढाउने भएको छ । कूल एक हजार २०० मेगावाट क्षमताको सो आयोजनालाई सरकारले कम्पनी ढाँचामा नै निर्माण गर्ने निर्णय यसअघि नै गरिसकेको छ । लामो समयदेखि निर्माण मोडालिटीको बारेमा स्पष्ट निर्णय हुन नसकेको सो आयोजना... पुरा पढ्नुहोस

रघुगंगाका अध्यक्ष भण्डारीद्वारा प्रेस युनियनको अक्षकोषमा ५१ हजार रुपैयाँ सहयोग

  म्याग्दी,१० जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले नेपाल प्रेस युनियन म्याग्दीलाई आर्थिक सहयोग गर्नुभएको छ । सोमबार अध्यक्ष भण्डारीले प्रेस युनियनको अक्षयकोषलाई एकाउन्न हजार एक सय ११ रुपैयाँ सहयोग गर्नुभएको हो । उक्त रकम भण्डारीले प्रेस युनियन म्याग्दीका सभापति राकेश शर्मा, उपाध्यक्षद्धय धनिलाल गर्बुजा र पबित्रा खत्रीलाई... पुरा पढ्नुहोस

पाखापानी वडा कार्यालयको सेवा बस्ती–बस्तीबाट दिइने

म्याग्दी १० जेठ। म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ६ पाखापानीले वडा कार्यालयका सेवाहरू बस्ती–बस्तीबाट सञ्चालन गर्ने घोषणा गरेको छ । नवनिर्वाचित वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले पदभारग्रहण गदैं बस्तीमा इन्टरनेटको सुविधा विस्तार गरी अनलाइन प्रविधिबाट गरिने प्रशासनीक सेवा दिने बताउनुभयो । पदभारग्रहणसँगै बसेको वडा समितिको बैठकले विभिन्न ६ निर्णय समेत गरेको... पुरा पढ्नुहोस

‘डोजर मालिक आफैँ अपरेटर र इञ्जीनियर बन्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ’

बागलुङ १० जेठ । बागलुङ नगर क्षेत्रमा अबदेखि जथाभावी सडक भत्काउन नपाइने भएको छ । नवनिर्वाचित नगरप्रमुख वसन्तकुमार श्रेष्ठले मनपरीरूपमा नयाँ सडक मार्ग खोल्न नदिइने जानकारी दिनुभयो । पद सम्हालेपछिको पहिलो पत्रकार अन्तक्र्रियामा बोल्दै उहाँले अत्यावश्यक ठाउँमा सडक खन्न परे सम्बन्धित वडाको सिफारिस र कार्यपालिका बैठकको निर्णय चाहिने उल्लेख गर्नुभयो... पुरा पढ्नुहोस