अन्नत गायीका श्रीपाल र जापानमा दोहोरी संचालक थापा विचको विवाद मिल्यो

  • ३० भाद्र २०७९, बिहीबार
  • 449 पटक पढिएको

म्याग्दी ३० भदौ । साँगीतिक कार्यक्रमको शिलसिलामा जापानमा रहेकी म्याग्देली लोक दोहोरी गायीका अमृता श्रीपाल र जापान ओसाका स्थित धौलागिरी दोहोरी साँझका संचालक धन थापा विच भएको विवाद मिलापत्रमा साम्य पारिएको छ । विहिवार लोकदोहोरी गीत प्रतिष्ठान जापान शाखा, एनआरएनए जापान र मोना जापान लगायतको रोहोवरमा दुबैपक्ष विच भएको छलफलमा संचालक थापाले आफुबाट भएको गल्ती कमजोरीहरु प्रति आत्मालोचना सहित गायीका श्रीपाल समक्ष माफि मागेपछि विवाद मिलेको हो ।


राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जापान शाखाका सदस्य कुलविर थापा, मोना एसिया प्यासेफिक संयोजक दिपक कार्की, एनआरएन खान्साई संयोजक दिलिप शर्मा लगायत अन्य सरोकारवाला व्यक्तिहरुको रोहवरमा भएको छलफलमा अव अगाडी दिनहरुमा दुवै पक्षबाट यो बिषय कहीकतै उठाउन नपाईने समेत सहमति गरिएको छ ।

छलफलमा गायीका श्रीपालले पाउनुपर्ने पारिश्रमिक बापतको रुकम १ लाख अग्रीम भूक्तानी भईसकेको र वाँकी ९ लाख रुपैयाँ आगामी अक्टोवर १६ तारिख सम्ममा संचालक थापाले मोना जापानको खाता नम्वरमा जम्मा गर्नुपर्ने सहमति भएको मोना एसिया प्यासेफिक संयोजक कार्कीले बताउनुभयो । साथै गायीका श्रीपाललाई नेपाल फिर्ता हुने टिकटको व्यवस्था समेत दोहोरी साँझको तर्फबाट गर्नुपर्ने सहमति भएको छ ।

त्यसैगरि श्रीपालल जापान बस्ने अवधि सम्मका लागि मोना एसिया प्यासिफिक समिति तथा मोना जापानको जिम्मेवारीमा रहने निर्णय भएको छ । सहमति पत्रमा गायीका श्रीपाल र दोहोरीका संचालक थापाले हस्ताक्षर गर्नुभएको छ । यसअघि धौलागिरी दोहोरी साँझको स्पोन्सरमा सांगीतिक कार्यक्रमका लागि जापानमा रहनुभएका गायीकाले आफुलाई दोहोरी संचालकले अभद्र व्यवहार गरेको मानसिक तथा भौतिक रुपमा यातना दिएको भन्दै गायिका श्रीपालले न्यायका लागि प्रतिष्ठान जापान शाखा र मोना जापानामा उजुरी समेत दिनुभएको थियो ।