ताजा अपडेट

बेनी–भकिम्ली सडक चार महिनापछि सञ्चालन

म्याग्दी १५ असाेज । गत जेठ अन्तिम सातादेखि पहिराका कारण अवरुद्ध बनेको बेनी–भकिम्ली सडक चार महिनापछि पूर्णरुपमा सञ्चालनमा आएको छ । म्याग्दीको बेनीनगरपालिका–३ भकिम्लीको हल्लेगौडा र खुर्सानीबारीमा गएको पहिराका कारण अवरुद्ध बेनी–भकिम्ली सडक चार महिनापछि शुक्रबारदेखि सञ्चालनमा आएको हो । यसअघि सामान्य मर्मत गरिए पनि सडक नियमित सञ्चालनमा आउन सकेको... पुरा पढ्नुहोस

बेनीमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

  https://www.youtube.com/watch?v=m8v-Eahd4f0 बेनी, १५ असोज : आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि म्याग्दी सदरमुकाम बेनीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा एक कार्यक्रमका बिच मुख्य निर्वाचत अधिकृत समेत रहनुभएका जिल्ला न्यायाधीस कृष्णप्रसाद शर्मा नेपालले मुख्य निर्वाचत अधिकृतको कार्यालयको... पुरा पढ्नुहोस

दसैँसंग जोडिएको पिङको संस्कृति जोगाउँदै युवा पुस्ता

कमल खत्री बेनी, १५ असोज । मंगला गाउँपालिका–५ अर्मनको टिकाबाङ स्थित साहारा युथ क्लबका युवाहरुले दिन लगाएर लिङ्गे पिङ तयार गरेका छन् । नेपालीहरुको महान चार्ड विजया दशमीको अवसरमा परम्परागत रुपमा मनोरञ्जनका लागि पिङ खेलेर रमाईलो गर्ने प्रचलन रहेको छ । परम्परागत रुपमा दसैँ तिहारको अवसरमा गाउँमा ‘लिङ्गे पिङ’ बनाउने... पुरा पढ्नुहोस

राहुघाटको बाँध र सुरुङ निर्माण पुनः सुरु

म्याग्दी १४ असाेज । पहिरोका कारण रोकिएको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध र सुरुङ निर्माणको काम सञ्चालन भएको छ । रघुगङ्गा गाउँपालिका–४ बुग्ल भन्ने ठाउँमा पहिरो खसेपछि नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको राहुघाटको बाँध र १ नम्बर अडिटबाट सुरुङ निर्माणको काम गत असार महिनादेखि... पुरा पढ्नुहोस

धमाधम सडक मर्मत (तस्बिर)

बेनी, १४ असोज । म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको ठूलो खोला सिस्नेरी हुँदै डाँडाखेल जोड्ने सडक मर्मत गरिँदै । बिजया दशमीको अवसरमा सर्वसाधारणलाई आवत जावतमा सहजता ल्याउन जिल्लाका स्थानीय तहहरुले बर्खायाममा बाढी पहिरोले अबरुद्ध बनेका ग्रामीण सडक धमाधम मर्मत गर्न थालेका छन् । तस्बिर : म्याग्दीअनलाइन डटकम पुरा पढ्नुहोस

हिमपहिरोले रघुगंगाको मुहानमा गरेको कटान ( तस्बिर)

बेनी, १४ असोज । म्याग्दीको रघुगंगा गाउँपालिकामा अवस्थित धौलागिरि हिमालको दक्षिणी आधार शिविर क्षेत्रमा खसेको हिमपहिरोले रघगंगा नदीको मुहान क्षेत्रमा गरेको कटान । तस्बिर : हिमबहादुर छन्त्याल पुरा पढ्नुहोस

दूध बेचेर किसानले गाउँ भित्र्याए छ करोड

गलकोट, १४ असोज । बागलुङका किसानले दूध बिक्री गरेर सहरको पैसा गाउँमा भित्र्याउन थालेका छन् । जिल्लाको काठेखोला र बागलुङ नगरपालिकाका किसानले दूध बिक्री गरेको एक वर्षमै रु ६ करोड ११ लाख ६८ हजार तीन सय १६ गाउँमा भित्र्याउन सफल भएका हुन् । उत्पादित दूध सहकारीमार्फत प्रशोधनसहित बजारीकरण गरी यहाँका... पुरा पढ्नुहोस

पर्वत अस्पतालमा डेङ्गु परीक्षण गर्न कीटको अभाव

पर्वत १४ असाेज । पर्वतमा दिन प्रतिदिन डेङ्गु सङ्क्रमणका बिरामीको सङ्ख्या बढ्दै गएको छ । गत साउनदेखि बिरामीको सङ्ख्या बढ्दै जाँदा पर्वत अस्पतालमा भने कीट अभाव भएको छ । अस्पतालमा कीट अभाव हुँदा डेङ्गुका लक्षण देखिएका बिरामी महँगो शुल्क तिरेर निजी अस्पताल तथा पोखरा र बागलुङ जान बाध्य भएका छन्... पुरा पढ्नुहोस

दसैँलाई सहकारीका खसीबोका

[caption id="attachment_40048" align="alignnone" width="1024"] फाइल तस्बिर[/caption] बलेवा, १४ असोज । सडकमा हिमालपारिका खसी भरिभराउ छन् । बजारमा हिमालपारिका खसी ९च्याङ्ग्रा० किन्ने भीड देखिन्छ । मुस्ताङबाट आएका च्याङ्ग्राको सामान्य मूल्य रु ४५ हजारभन्दा माथि नै छ । मध्यम परिवारले समेत प्रयोग गर्न नसक्ने गरी महँगिएको च्याङ्ग्राको मूल्यले यहाँका कतिपय गाउँसँग भने... पुरा पढ्नुहोस

मोनाको आठौं बार्षिक साधारणसभा असोज २४ र २५ गते ताकममा हुने

म्याग्दी १३ असोज । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रियको आठौं बार्षिक साधारण सभा धवलागिरि गाउँपालिका–७ ताकममा हुने भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा हुने महिला भलिबल प्रतियोगिताको मितिसंग जुधेपछि मोनाले असोज २७ गतेदेखि गर्ने भनेको साधारणसभाको मिति हेरफेर गरेर निर्धारित मिति अगाडी सारेर साधारण सभा सम्पन्न... पुरा पढ्नुहोस