ताजा अपडेट

ओडारमा बस्दै आएका राहुलको उद्दार

  म्याग्दी, १० साउन । बेनी नगरपालिकाको वडा नम्बर–७ मा पर्ने कुरीलाखर्कको ओडारमा बस्दै आएका व्यक्तिको बुधबार उद्दार गरिएको छ । बेनी–अर्थुङ्गे सडकको छेउमा रहेको ओडारमा दुंगेयुगको जस्तै गरेर बस्दै आएका बेनी नगरपालिका–५ भिरमुनीका ५० वर्षीय राहुल बिकलाई उद्दार गरिएको हो । बेनी नगरपालिकाको उपप्रमुख ज्योती लामिछानेले विकलाई ओडारबाट उद्दार... पुरा पढ्नुहोस

मोना युएईले तिज विशेष कार्यक्रम गर्ने

म्याग्दी, १० साउन । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईले नेपाली महिलाहरुको महान चार्ड हरितालिका तिज पर्वमा विशेष कार्यक्रम गर्ने भएको छ। प्रवासमा रहेका नेपाली महिलाहरुलाई लक्षित गरेर कार्यक्रम आयोजना गर्न यमुना रोकाको संयोजकत्वमा समिति बनाएर तयारी थालिएको छ। रोजगार र ब्यवसायको शिलशिलामा दुवैमा रहेको म्याग्देली दिदिबहिनीहरुलाई सहभागिताको लागि मोना... पुरा पढ्नुहोस

एनआरएनए कतारको आइसिसी सदस्यमा कार्की र लेखा संयोजकमा गिरीको उम्मेदवारी

म्याग्दी ९ साउन । गैर आवासीय नेपाली (एनआरएनए) कतारको आइसिसी सदस्यमा म्याग्दीका विक्रम कार्की र लेखा समिति संयोजकमा थम गिरीले उम्मेदवारी घोषणा गर्नुभएको छ । सन २०२३–२५ कार्यकालका लागि हुन लागेको निर्वाचनमा लामो समयदेखि कतारलाई कर्मथलो बनाउँदै विभिन्न सामाजिक कार्यमा सक्रिय कार्कीले सदस्य र गिरीले लेखा समिति संयोजकमा उम्मेदवारी दिनुभएको... पुरा पढ्नुहोस

एक वर्षमा २९ हजार पर्यटकले घुमे म्याग्दी

  म्याग्दी ९ साउन ।  एक वर्षको अवधिमा २९ हजार जनाभन्दा बढी पर्यटकले म्याग्दी भ्रमण गरेका छन् । अघिल्लो वर्ष २०७८/७९ मा सात हजार नौ सय २६ जना विदेशी पर्यटकले भ्रमण गरेको म्याग्दीमा गत आर्थिक वर्ष २०७९/८० मा २९ हजार तीन सय २८ जना पर्यटकले भ्रमण गरेका हुन् । जिल्ला... पुरा पढ्नुहोस

शतक बर्ष अघिको कथा बस्तुलाई समेटिएको तीज गीत‘छोरी’ म्युजिक भिडियोमा (भिडियाे सहित)

म्याग्दी ९ साउन । एक सय बर्ष अघिको कथा बस्तुलाई समेटेर तयार गरिएको तीज गीत ‘छोरी’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । म्याग्देली कलाकार नकुल ढकालको शब्द तथा लय संकलनमा तयार भएको छोरी गीतको म्युजिक भिडियोमा तत्कालिन प्रधानमन्त्री चन्द्र शम्शेर राणाले सति प्रथा उन्मुलन गरेको सन्दर्भ समेतलाई जोडिएको छ... पुरा पढ्नुहोस

म्याग्दीका उतकृष्ट तीन सामुदायिक वन पुरस्कृत

  म्याग्दी, ९ साउन । डिभिजन वन कार्यालय म्याग्दीले जिल्ला उतकृष्ट तीन सामुदायिक वनलाई पुरस्कृत गरेको छ। मंगलबार डिभिजन कार्यालयको सभाहलमा गत आर्थिक बर्षको बार्षिक प्रगतिको सार्वजनिक एवम् पुरस्कार वितरण कार्यक्रम आयोजना गरी उतकृष्ट तीन सामुदायिक वन, कर्मचारी र पत्रकारलाई पुरस्कृत गरेको हो । कार्यालयले रघुगंगा गाउँपालिका वडानम्वर ८ को... पुरा पढ्नुहोस

कुवापानीको पहाडबाट खसेको पहिराले पाँच बस्ती जोखिममा,छ घर विस्थापित

पर्वत, ९ साउन । पर्वतको जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट खसेको पहिराले पाँच बस्ती जोखिममा परेका छन् । बस्तीभन्दा माथिको पहाडको डिल चिरा परेर जङ्गलमा खसेको पहिरो लेदो बनेर बग्न थालेपछि खेतीयोग्य जमिनमा क्षति पुग्नुका साथै छ घरपरिवारसमेत विस्थापित भएका छन् । पहाड नै चर्किएर झर्न थालेपछि तल रहेका बस्तीका एक... पुरा पढ्नुहोस

मध्यरातमा खाजा घरभित्र मृत भेटिए प्रहरी वरिष्ठ नायव निरीक्षक

बागलुङ, साउन ९ । इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक उज्ज्वल पौडेल एक खाजा घरमा मृत अवस्थामा भेटिएका छन्। इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक राजेश अधिकारीले बडिगाड गाउँपालिका वडा नं. ६ को आशा होटल एण्ड खाजा घरमा पौडेल मृत भेटिएको पुष्टि गरे । गएराति करिब १... पुरा पढ्नुहोस

करेन्ट लागेर एक युवाको मृत्यु

म्याग्दी ८ साउन । म्याग्दीको मालिका गाउँपालिका– ५ देविस्थानको रुम हुक्लाङडाँडामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ग्रामिण विजुलि वितरण लाइनको पोलमा नेपाल टेलिकमको फाईबर विछ्याउने क्रममा करेन्ट लागेर चितवन रत्ननगर नगरपालिका ९ का २६ बर्षिय अशोक तामाङ बेहोस भएका थिए । करिब ६ फिट तल खसेर सक्त... पुरा पढ्नुहोस

सवारी कारवाहीबाट ७३ लाख राजश्व संकलन

  म्याग्दी, ८ साउन । जिल्ला ट्राफिक कार्यालय म्याग्दीले सवारी कारवाहीबाट गतवर्ष ७३ लाख २७ हजार पाँचसय रुपैयाँ राजश्व संकलन गरेको छ। आर्थिक बर्ष २०७९/०८०मा ट्राफिक प्रहरीले ९ हजार दुईसय सवारी साधनलाई कारवाही गरेको थियो । प्रहरी सहायक निरीक्षक राजेन्द्र पौडेलका अनुसार गत बर्षमा ट्राफिक नियम उल्लघंन गर्ने, मादक पदार्थ... पुरा पढ्नुहोस