ताजा अपडेट

काजीमान बुढाथोकी नेतृत्वमा मोना यूएईको नयाँ कार्यसमिति चयन

  यूएई, १३ जुलाई । म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति युएईको अध्यक्षमा काजीमाना बुढाथोकी सर्वसम्मत चयन हुनुभएको छ।  पाँचौ साधारणसभा तथा अधिवेशनबाट २०२५देखि २०२७ सम्मकाे कार्यकालकाे लागि नयाँ कार्यसमिति चयन गरिएको हो । गठित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा नविन खत्री (किरन ), उपाध्यक्षहरुमा वेकप्रसाद पुन, वेल फगामी, रामचन्द्र... पुरा पढ्नुहोस

छाडेको गाउँ फर्किएर कृषिबाट आत्मनिर्भर

म्याग्दी , २९ असार । रोजगारी र अवसरका लागि गाउँ छाड्नेक्रम बढीरहेको छ । तर म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ राम्चे काफलडाँडाका कुमार पुर्जा भने गाउँ छाडेको तीन दशकपछि पुनः गाउँ फर्किएर गाउँमै अवसर र आत्मनिर्भरताको अभियानमा जुट्नुभएको छ । गाउँबाट बसाई नै सरेर नवलपरासी पुग्नुभएका पुर्जाले आर्थिक उपार्जनका लागि वैदेशिक... पुरा पढ्नुहोस

धवलागिरीको ७९ प्रतिशत बजेट खर्च, १२७ योजना कार्यान्वयन

मुना, २८ असार । म्याग्दीको धवलागिरी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा एक सय २७ वटा योजना कार्यान्वयन र ७९ प्रतिशत बजेट खर्च गरेको छ । गाउँपालिकाले शनिबार मुनामा आयोजना गरेको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालले ७९.१७ प्रतिशत बजेट खर्च र शत प्रतिशत योजना कार्यान्वयन... पुरा पढ्नुहोस

म्याग्दीका स्रष्टा शिव सस्मितलाई “गण्डकी साहित्य रत्न सम्मान”

म्याग्दी, बेनी । नेपाली भाषासाहित्यमा समर्पित साधना र सिर्जनशील यात्राको उच्च मूल्याङ्कन गर्दै म्याग्दीका स्रष्टा शिव सस्मितलाई विश्व नेपाली साहित्य महासङ्घ, नेपाल शाखाले ‘विनेशाम गण्डकी साहित्य रत्न सम्मान’ अर्पण गरेको छ । २१२ औँ भानु जयन्तीको अवसरमा आयोजित विश्व नेपाली साहित्य महासङ्घ, नेपाल शाखाको पाँचौं राष्ट्रिय अधिवेशन, सम्मान तथा भानु... पुरा पढ्नुहोस

प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीबाट सञ्चालित कार्यक्रमहरुको समीक्षा

  चालु आर्थिक वर्ष २०८१/०८२ मा प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीमार्फत सञ्चालित कार्यक्रमहरुको वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयको आयोजनामा बुधवार सदरमुकाम बेनीमा सरोकारवालाहरुको उपस्थितिमा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा गरिएको हो । प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीमार्फत सञ्चालित विभिन्न कार्यक्रमहरुतर्फ ९८ प्रतिशत भौतिक प्रगति भएको छ भने... पुरा पढ्नुहोस

पहिरोले पुरिएर बुबाको मृत्यु, छोरा वेपत्ता

म्याग्दी ,२५ असार । म्याग्दीको मालिका गाउँपालिका– ३ डाँडागाउँको लुक्सिपारमा पहिरोमा पुरिएर बुबाको मृत्यु भएको छ भने छोरा वेपत्ता भएका छन् । घर नजिकै खोलामा दाउरा लिन गएको समयमा माथिबाट खसेको पहिरोमा पुरिएर बर्ष ३५ का जगेन्द्र विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बुबासंगै गएका बर्ष... पुरा पढ्नुहोस

दुर्गम र ग्रामीण गाउँ बस्तीमा इन्टरनेटको पहुँच विस्तार

म्याग्दी , २५ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाको दुर्गम र ग्रामीण बस्तीमा इन्टरनेटको पहुँच विस्तार भएको छ । सञ्चारको सहज पहुँच नपुगेका गाउँ बस्तीमा तीब्र गतिको फाइबर इन्टरनेट सेवा पुगेपछि स्थानीयबासी खुसी भएका छन् । चालु आर्थिक बर्षमा रघुगंगा गाउँपालिका– ६ पाखापानीको रायखोर, मुलपानी र उल्लेरी लगायतका बस्तीमा इन्टरनेटको सुविधा... पुरा पढ्नुहोस

भिरबाट चट्टान खस्दा ठूलो बगरमा दुई सय कुखुरा मरे, पहिराेकाे जाेखिम बढ्याे

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ ठूलो बगरमा भिरमाथिबाट खसेको चट्टानले दुई सय कुखुरा मरेका छन् । ठूलो बगर बस्ती माथिको भुरुङ गाउँको भिरबाट खसेको चट्टान स्थानीय नारायण पुनको कुखुराको खोरमा परेको र बस्तीमा समेत जोखिम निम्त्याएको छ । गयराती भिरको चर्किएका पहाडको चट्टान पहिरो गएर खसेको थियो । पहाडबाट खसेको पहिरोको ढुंगाहरु... पुरा पढ्नुहोस

ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा रहेको ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु भएको छ । खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको कम्पनी एम/एस दोङयी मिनरल्स प्रालिले तामाखानीको खोजतलास तथा उत्खननका लागि पहिलो चरणमा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्न लागेको हो । मालिका गाउँपालिका–३ र ४ को सिमानामा तामाखानी छ... पुरा पढ्नुहोस

किवी खेतीबाट गाउँकै माटोमा भविष्य कोर्दै भकिम्लीका युवाहरु

कमल खत्री म्याग्दी  १८ असार । बेनी नगरपालिका– ३ भकिम्लीमा एक दशक अघि परिक्षणको रुपमा लगाएको किवी खेती अहिले पकेट क्षेत्रको रुपमा विस्तार भएको छ । वि.स. २०७२ सालमा वर्तमान वडा अध्यक्ष पदमबहादुर पुन, स्थानीय लक्षु पुन र पृथ्वीप्रसाद पुनले काठमाण्डौबाट ५० बोट किवीका विरुवा ल्याएर परिक्षणको रुपमा लगाउनुभएको थियो... पुरा पढ्नुहोस