ताजा अपडेट
विद्योदय आविमा साइबर अपराध, लागूऔषध र बालविवाह रोकथाम कार्यशाला सम्पन्न
- 4 महिना, 1 दिन अगाडि
- ५ असार २०८२, बिहीबार
बेनी, म्याग्दी । म्याग्दीकाे बेनी नगरपालिका -१०, वाखेतस्थित विद्योदय आधारभूत विद्यालयमा साइबर अपराध, लागुऔषधको दुर्व्यसन तथा बालविवाह रोकथामसम्बन्धी विहिवार एकदिवसीय चेतनामूलक कार्यशाला सम्पन्न भएको छ। विद्योदय बालक्लबको आयोजना र प्रहरी चौकी पाखापानी म्याग्दीको समन्वयमा कार्यशाला सञ्चालन गरिएको हो । कार्यक्रममा प्रमुख प्रशिक्षकका रूपमा सहभागी प्रहरी बरिष्ठ हवलदार याम बहादुुर थापाले... पुरा पढ्नुहोस
रघुगंगामा तीन जना उत्कृष्ट कर्मचारी सम्मानीत
- 4 महिना, 1 दिन अगाडि
- ५ असार २०८२, बिहीबार
म्याग्दी, ५ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाले तीन जना कर्मचारीलाई सम्मान गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न १९ औं गाउँ सभाको अवसरमा गाउँपालिकाले उत्कृष्ट कार्य सम्पादन गर्ने तीन जना कर्मचारीलाई नगद सहित सम्मान गरेको हो । गाउँपालिकाले लेखा अधिकृत अर्जुन गौतम, वडा नम्बर ७ का सचिब एवंम प्राविधिक सुमन... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकामा ५० करोड ११ लाख बढीको बजेट पारित
- 4 महिना, 1 दिन अगाडि
- ५ असार २०८२, बिहीबार
म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक २०८२/०८३ का लागि रु ५० करोड ११ लाख बढीको बजेट पारित गरेको छ । बिहिबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न १९ औं गाउँ सभामा गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले प्रस्तुत गर्नुभएको आगामी आर्थिक बर्षका लागि वार्षिक नीति, कार्यक्रम र उपाध्यक्ष प्रेमकुमारी पुनले पुस्तुत गर्नुभएको बजेट छलफल गरी... पुरा पढ्नुहोस
पर्यटकीय स्थल सोवाङ धुरीमा शौचालय र खानेपानीको पूर्वाधार निर्माण
- 4 महिना, 1 दिन अगाडि
- ५ असार २०८२, बिहीबार
बेनी, ४ असार : म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीय स्थल सोवाङ धुरीमा जाने पर्यटकहरुको सुविधाको लागि शौचालय र खानेपानीको पूर्वाधार बनाईएको छ । धौलागिरि आइसफल पदमार्ग अन्तरगत पर्ने पर्यटकीय स्थल सोवाङ धुरीको भ्रमणमा जाने पर्यटकको सुविधाको लागि धुरी नजिकै क्याम्पिङ गरी बस्ने ठाउँमा शौचालय बनाईएको हो । गाउँपालिकाबाट विनियोजन... पुरा पढ्नुहोस
बालजागृति आधारभूत विद्यालयमा अध्ययनरत छात्रहरुको विद्यालयमै कपाल काटियो
- 4 महिना, 2 दिन अगाडि
- ४ असार २०८२, बुधबार
म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा रहेको बालजागृति आधारभूत विद्यालयमा अध्ययनरत छात्रहरुको निशुल्क रुपमा कपाल काटिइएको छ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास संगै सामाजिक क्षेत्रमा क्रियाशिल म्याग्दी जेसीजले विद्यालयमै पुगेर सबै छात्रहरुको निशुल्क रुपमा कपाल काटिदिएको हो । बौद्धिक अपांगता भएका बालबालिकाहरु समेत अध्ययनरत विद्यालयमा म्याग्दी जेसीजका शाखा अध्यक्ष विनोद घर्ति... पुरा पढ्नुहोस
म्याग्दीमा भिरमहको उत्पादन घट्यो
- 4 महिना, 2 दिन अगाडि
- ४ असार २०८२, बुधबार
म्याग्दी । म्याग्दीमा यस वर्ष भिरमह उत्पादन घटेको छ । विगतको तुलनामा ७५ प्रतिशत कम मह उत्पादन भएको मह सिकारीहरूले बताएका छन् । अन्नपूर्ण गाउँपालिका–५ स्वाँतका मह सिकारी लोकबहादुर पाइजाले अघिल्लो वर्ष एक हजार लिटर मह निकालिएकोमा यसपाली २०० लिटर मात्र मह उत्पादन भएको बताए। पाइजाको टोलीले स्वाँत गाउँ नजिकै रहेको... पुरा पढ्नुहोस
नारच्याङको लेक गाउँमा ‘एक घर एक धारा’ खानेपानी विस्तार
- 4 महिना, 3 दिन अगाडि
- ३ असार २०८२, मंगलवार
https://www.youtube.com/watch?v=CXZ1HCBYF-w म्याग्दी, २ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा एक घर एक धारा खानेपानी विस्तार भएको छ । लेकगाउँ खानेपानी तथा सरसफाई आयोजना मार्फत गाउँका ८६ घरधुरी, एक विद्यालय र दुई सामुदायिक भवनमा शुद्ध खानेपानीको पहुँच विस्तार गरिएको हो । लेक गाउँ खानेपानी आयोजना सम्पन्न भएसँगै सबै घरमा... पुरा पढ्नुहोस
लेखोला जलविद्युत आयोजनाको विद्युत् राष्ट्रिय प्रशारणमा जोडियो
- 4 महिना, 5 दिन अगाडि
- १ असार २०८२, आईतवार
म्याग्दी , १ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा निर्माण भएको छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रशारणमा जोडिएको छ । ह्युम कन्सल्ट प्रा.ली. प्रवद्र्धक रहेको आयोजनाले निर्माण सकेर विद्युत उत्पादननका लागि आन्तरिक परिक्षण सफल भएपछि विद्युत उत्पादन सुरु गरेको हो । आयोजनाले विद्युत् गृहमा जडान... पुरा पढ्नुहोस
विद्यार्थीलाई सिर्जनशिल बनाउन ‘बुक फ्रि फ्राइडे’ सञ्चालन
- 4 महिना, 6 दिन अगाडि
- ३२ जेष्ठ २०८२, शनिबार
म्याग्दी, ३१ जेठ । म्याग्दीको बेनी नगरपालिका– १० वाखेतमा रहेको विद्योदय आधारभूत विद्यालयले विद्यार्थीलाई सिर्जनशिल बनाउनका लागि ‘बुक फ्रि फ्राइडे’ अभियान सञ्चालन गरेको छ । हरेक हप्ताको शुक्रबार विद्यार्थीहरुलाई किताब रहित तवरले व्यवहारिक सिकाईका लागि विद्यालयले उक्त अभियानको सुरुवात गरेको हो । विद्यार्थीहरूलाई परम्परागत पाठ्यपुस्तकको साँघुरो घेराबाट मुक्त गर्दै उनीहरूको... पुरा पढ्नुहोस
लुक्सीपारमा ‘एक घर, एक धारा’ खानेपानी आयोजना सम्पन्न
- 4 महिना, 8 दिन अगाडि
- ३० जेष्ठ २०८२, बिहीबार
म्याग्दी । मालिका गाउँपालिका–३ लुक्सीपारमा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत रु ३९ लाख २३ हजारको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । आयोजनाबाट करिब ४०० जना लाभान्वित भएका छन् । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को रु १७ लाख ७४ हजार ७२९, मालिका गाउँपालिकाको रु नौ लाख ९५... पुरा पढ्नुहोस