विशेष

गण्डकीको भौतिक मन्त्रालयले रुग्न आयोजना घटायो

  पोखरा, ४ भदौ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले रुग्न आयोजनाको संख्या घटाएको छ । गत वैशाख २९ गते पदभार सम्हालेका मन्त्री रेशमबहादुर जुुग्जालीले सोमबार एक सय दिनका कार्यप्रगति विवरण सार्वजनिक गर्दै निर्माण व्यवसायीहरुलाई काममा फर्काएर रुग्न आयोजनाको संख्या घटाएको जानकारी दिनुुभयो । “मैले पदभार... पुरा पढ्नुहोस

पहिरोले सुवा गाउँमा उठिबास, १० घरपरिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण( फोटो फिचर )

कमल खत्री बेनी, ४ भदौ ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुवा गाउँमा पहिरोले उठिबास लगाएको छ । साउन ३२ गते रातीको अविरल बर्षाले गाउँको शीर र पुछारको कालीगण्डकी नदीतीरको खामभित्ता र सुकेबगर क्षेत्रबाट पहिरो गएपछि सुवा गाउँमा पहिरोले स्थानीयबासीको उठिबास लगाएको हो । पहिरोले सुवा गाउँमा एक घर पूर्ण रुपमा क्षति... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडक: दाना खण्डमा ५० भन्दा बढी पहिरो, सिधा यातायात अवरुद्ध

  म्याग्दी, ३ भदौँ। शुक्रबार साझँ परेको ठुलो बर्षाले बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको दाना खण्डमा साना ठुला गरेर ५० भन्दा बढी पहिरोले सिधा यातायात दुईदिन देखि अवरुद्ध बनाएको छ। https://www.youtube.com/watch?v=45cCnMvmd6E बेनी–जोमसोम सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–२ तातोपानीदेखि वडा नं. ३ को दाना काभ्रेभिरसम्मको करिव ५ किलोमिटर सडकमा साना ठुला गरेर ५० भन्दा... पुरा पढ्नुहोस

बजारमा अर्गानिक टुसा र डौंडे निउरो बेचेर राम्रो आम्दानी (फोटोफिचर)

    म्याग्दी, ३ भदौ । सडक सुविधाले गाउँमा उत्पादन भएको अर्गानिक बस्तुले बजार पाउन थालेको छ । गाउँबाट फर्कने सवारीसाधनमा गाउँमा पाईने अर्गानिक निउरो, टुसा र च्याउ लगायतको तरकारीलाई बजारसम्म ल्याउन सहज भएको छ । बर्षाको सिजनमा जंगलमा पाईने निगालोको टुसा र डौंडे निउँरो बजारमा पुर्याएपछि किन्नेको हानथाप हुने... पुरा पढ्नुहोस

कागखोलामा बाढीले पुरिएको बैंकको १ करोड ६५ लाख भेटियो

  जोमसोम, ३ भदौ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीमा अवस्थित दुई वटा बैंक तथा वित्तीय संस्थाको १ करोड ६५ लाख रकम भेटिएको छ। कागबेनीमा सञ्चालनमा रहेको प्रभु बैंक शाखाको ६५ लाख नगद मौज्दात शुक्रबार भेटिएको थियो आइतबार दिउँसो २ बजे कागबेनी शाखा रहेको अर्को नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नगद मौज्दात... पुरा पढ्नुहोस

सनराईज युथ क्लवले स्थापना दिवसको अवसरमा आर्थिक सहयोग

  म्याग्दी, ३ भदौ । रघुगंगा गाउँपालिका– ६ कोटगाउँको सनराईज युथ क्लवको १४ औं स्थापना दिवसको अवसरमा क्यान्सर पीडित आर्थिक र विपन्न परिवारलाई ओढ्ने ओछ्याउने कपडा सहयोग गरेको छ । क्लवले सामाजिक क्षेत्रमा गर्दै आएका कामहरुलाई निरन्तरता दिदै यस वर्षको बार्षिक कार्यक्रमको अवसरमा क्लवका निर्वतमान अध्यक्ष छमन पुनले काठमाण्डौमा उपचार... पुरा पढ्नुहोस

एमालेबाट निर्वाचित पुुर्व गाविस अध्यक्ष माओवादी केन्द्र प्रवेश

  पोखरा, ३ भदौ । एमालेबाट निर्वाचित पूर्व गाविस अध्यक्ष सहित चार जना व्यक्तित्वहरु शनिबार नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ । माओवादी केन्द्रको गण्डकी प्रदेश समितिको शनिबार पोखरामा भएको सातौ पूर्ण बैठकमा उहाँहरुलाई बरिष्ठ उपाध्यक्ष तथा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, प्रदेश ईञ्चार्ज देवेन्द्र पौडेल,... पुरा पढ्नुहोस

जिल्ला फुटबल संघ म्याग्दीको अध्यक्षमा बानियाँ

  म्याग्दी, २ भदौ । जिल्ला फुटबल संघ म्याग्दीको अध्यक्षमा कुमार बानियाँ सर्वसम्मत चयन हुनु भएको छ । सदरमुकाम बेनीस्थित जिल्ला खेलकुद विकास समितिको सभाहलमा शनिबार सम्पन्न संघको अधिबेशनले बानियाँको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा सोनिया पुन, सचिवमा निशान गुरुङ्ग, कोषाध्यक्षमा शिद्धार्थ शाक्य रहेका... पुरा पढ्नुहोस

खेलकुद र पर्यटन विकासमा बगरफाँटका युवा

  ध्रुवसागर शर्मा म्याग्दी २ भदौ । म्याग्दीको पर्यटकीय स्थल कोप्रे झरना र घुमाउने चौतारीमा हातमा गैची,बेल्चा,कोदालो र गल लिएका युवाहरु देखेर स्थानीयहरु दङ्गै परे । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँट स्थित बगरफाँट रिभर साइड युवा क्लवका युवाहरु पर्यटकीय क्षेत्रहरुको सरसफाइ गर्न र परिचय वोर्ड राख्न भेला भएका... पुरा पढ्नुहोस

मिटरमा गुड्न थाले पोखराका ट्याक्सी

  पोखरा, २ भदौ । पोखरा उपत्यकाभित्र सञ्चालन हुने भाडाका ट्याक्सी शुक्रबारदेखि मिटरमा चल्न थालेका छन् । गण्डकी प्रदेश सरकारले भदौ १ गतेदेखि अनिवार्य मिटरमा सञ्चालन हुनुपर्ने नियम बनाएपछि पोखरा बजारभित्र सञ्चालन हुने अधिकांश ट्याक्सी मिटरमा चलेका हुन् । प्रदेश सरकार मातहतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतको... पुरा पढ्नुहोस