विशेष

बेगका उपभोक्तालाई अनुशिक्षण

बेनी २१ कार्तिक । रघुगंगा गाउँपालिका १ बेगमा उपभोक्ता समितिका पदाधिकारी र सरोकारवालाहरुका लागि मंगलबार योजना सञ्चालन तथा ब्यवस्थापनका लागि अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।गाउँपालिकाले चालू आर्थिक वर्षमा बजेट बिनियोजन गरेका योजना तथा कार्यक्रमको पारदर्शी, व्यवस्थित, जनसहभागिता र ब्यवस्थित रुपमा कार्यान्वयनका लागि वडामा गठन भएका उपभोक्ता समितिका अध्यक्ष, सचिव,... पुरा पढ्नुहोस

गोठकाे जिवन : ‘कुकुरले गर्छन गोठ र गोठालाको सुरक्षा’ (फोटो कथा)

म्याग्दी, २० कात्तिक । रघुगंगा गाउँपालिका–८ दुवाडीका डालचन्द विश्वकर्माको दैनिकी धौलागिरि हिमालको फेदी नजीक रहेका खर्कहरुमा बित्ने गर्छ । व्यवसायिक रुपमा भेडाबाख्रा पालन गर्दै आएका २१ बर्षका विश्वकर्माको साथि कुकुर हो । भेडाबाख्रा र आफ्नो सुरक्षाको लागि उनले २ वटा ‘भोटे कुकुर’ पालेका छन् । जंगली जनावरको आक्रमणबाट बचाउन कुकुरको... पुरा पढ्नुहोस

लोमान्थाङमा सेनाको क्याम्प स्थापना

मुस्ताङ १९ कात्तिक । उपल्लो मुस्ताङको लोमान्थाङमा नेपाली सेनाको क्याम्प स्थापना भएको छ । सेनाको क्याम्प स्थापना भएपछि लोमान्थाङमा रहेको युरेनीयम खानीको सुरक्षा र कोरला नाका सञ्चालनका लागि सुरक्षाको प्रत्याभूतिको सन्देश प्रवाह भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोराला नाकादेखि २६ किलोमिटर नेपालतर्फको भागमा आइतबारदेखि सेनानीको नेतृत्वमा क्याम्प... पुरा पढ्नुहोस

लुलाङको एकिकृत घुम्ती शिविरमा साढे दुई सय जना लाभान्वित

बेनी १८ कार्तिक । म्याग्दीको धवलागिरी गाउँपालिका २ लमसुङमा आईतबार सम्पन्न एकिकृत घुम्ती शिवीरबाट करिब साढे दुइ सय जना सर्वसाधारण लाभान्वित भएका छन् । भौगोलिक विकटता र आर्थिक अभावका कारण सदरमुकाममा रहेका कार्यालयमा आइ सेवा लिन नसकेका बासिन्दाहरुलाई लक्षित गरेर गाउँपालिका र वडा कार्यालयको समन्वयमा जिल्ला प्रशासन कार्यालयको संयोजनमा शिविर... पुरा पढ्नुहोस

१७ औँ अन्तरमावि जेसीजकप फुटवल मंसिर ११ देखि बेनीमा हुने (भिडियो सहित)

म्याग्दी, १८ कात्तिक । म्याग्दी जेसीजद्धारा निरन्तर सञ्चालन हुँदै आएको अन्तरमावि जेसीज कप फुटवलको १७ औँ संस्करण आगामी मंसिर ११ गतेदेखि सदरमुकाम बेनीमा सुरु हुने भएको छ । मंसिर १५ गतेसम्म सञ्चालन हुने कक्षा १० सम्मका विद्यार्थीहरुले सहभागीता जनाउने सो प्रतियोगितालाई सफल बनाउन विभिन्न उपसमिति मार्फत तयारीलाई तिब्र पारिएको म्याग्दी... पुरा पढ्नुहोस

कुमारी सहकारीको अध्यक्षमा गर्बुजा

बेनी १८ कात्तिक । कुमारी बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड बेनीको दसौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट सुवेदार थमबहादुर गर्बुजाको अध्यक्षतामा  नयाँ सञ्चालक समिति चयन गरिएकाे छ । समितिका उपाध्यक्षमा राजकुमार थापा, सचिवमा यामबहादुर रोका, कोषाध्यक्षमा बालकुमार रोका, सहसचिवमा देवीकुमारी थापा चयन हुनुभएको छ । सदस्यहरुमा सूर्यलाल पूर्जा, भुलमाया तिलिजा, दिलबहादुर... पुरा पढ्नुहोस

मिर्गौलापीडित छन्त्याललाई कतारबाट आर्थिक सहयोग

म्याग्दी, १८ कात्तिक पश्चिम म्याग्दीको मंगला गाउँपालिका–५, अर्मनका मिर्गौलापीडित १९ वर्षीय सुरेश छन्त्याललाई शनिबार आर्थिक सहयोग प्राप्त भएको छ । रोजगारको सिलसिलामा कतारमा पुगेका प्रवासीहरुबाट हिमालयन युवा समाज दोहा कतारले सहयोग अभियानमार्फत सङ्कलित नगद ७५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । उक्त सहयोग संस्थाका प्रतिनिधिहरुमार्फत सुरेशकी आमा सीता पाईजा छन्त्याललाई... पुरा पढ्नुहोस

गुर्जामा ८६ जनालाई नागरिकता वितरण, घरदैलोमै लालपुर्जा सहितको सरकारी सेवाले स्थानीय हर्षित

म्याग्दी, १७ कात्तिक । म्याग्दीको धवलागिरि गाउँपालिका– १ गुर्जामा घुम्ती शिविर मार्फत घरदैलोमै जग्गाधनी पुर्जा (लालपुर्जा), नागरिकता, अपांगता परिचयपत्र, स्वास्थ्य परिक्षण लगायतको सेवा पाएपछि सर्वसाधारण हर्षित भएका छन् । जिल्ला प्रशासन कार्यालय र धवलागिरि गाउँपालिका कार्यालयको समन्वयमा शुक्रवार र शनिवार सञ्चालन भएको एकिकृत घुम्ती शिविरबाट जिल्लाको सबैभन्दा दुर्गम र बिकट... पुरा पढ्नुहोस

युनियन लाईफद्धारा मृत्यु दावी रकम भुक्तानी

बेनी १७ कात्तिक । युनियन लाईफ इन्सोरेन्स कम्पनी लिमिटेडले शनिबार म्याग्दीका एक विमितका परिवारलाई मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । बैदेशिक रोजगारीको क्रममा प्रवासमा ज्यान गुमाएका बेनपा १ रत्नेचौर सालधारीका राजु किसानका परिवारलाई बिमा वापतको १३ लाख ३८ हजार ६२ रुपैया हस्तान्तरण गरिएको हो । चार महिनाअघि दिवंगत भएका... पुरा पढ्नुहोस

घतानमा टिमुर खेतीमा आकर्षण : ‘काँडेबार आम्दानीको आधार’ (फोटो फिचर)

बेनी, १७ कात्तिक । बेनी नगरपालिका–९ घतानका कृषक सागर बानियाँले टिमुर खेतीबाट बार्षिक लाखौँ आम्दानी गर्छन् । गाउँघरमा खेतवारीमा छेकबारको रुपमा परम्परागत रुपमा लगाउँदै आईएको काँडेबार ‘टिमुर’को फल विक्रि हुन थालेपछि युवा कृषक बानियाँले टिमुरलाई व्यवसायिक खेतीको रुपमा विस्तार गरेका छन् । ८ बर्षदेखि टिमुर खेतीमा लागेका कृषक बानियाँले यो... पुरा पढ्नुहोस