गापाको खादा ग्रहणले आफ्नै अडानबाट चुकिन मुस्ताङकी सिडिओ पौडेल

  • ११ भाद्र २०७७, बिहीबार
  • 1645 पटक पढिएको

म्याग्दी भदौ—११ — एक साता अघि मुस्ताङ आउनु भएकी नवअागन्तुक प्रमुख जिल्ला अधिकारी (सिडिओ) हिरादेवी पौडेल लगायत प्रशासनको टोलीलाई मुस्ताङको घरपझोङ गाउपालिकाले आफ्नै कार्यालयको कार्यकक्षमा बुधबार एक समारोहकाबीच स्वागत र सम्मान ग¥यो । यसअघि  सिडिओ पौडेलले विश्वमै माहामारीको रुपमा विकशित मानव चिन्ताको बिषय बनेको नोवेल कोरोना भाईरस (कोभिड—१९) का कारण सामधानी ,होशियारी र उच्चसजगता अपनाउन आवश्यक भएको भन्दै कोरोना रोकथाममा नेपाल सरकारको नियम अवलम्वन गर्नुपर्ने जनाएकी थिईन्।

त्यसकारण नया सिडिओ मुस्ताङ आए लगत्तै हाल देखिएको बिषम कोरोना माहामारीको सन्र्दभमा एकसाता होमक्वारेन्टाईनमा बसेकी थिईन् । उनको यसप्रकारको होमक्वारेन्टाईन बिश्रामले मुस्ताङी जनतालाई जनउत्तरदायी सिडिओ पाएको गर्व गर्दै सकारात्मक सन्देश प्रवाह गरेको थियो। सिडिओ पौडेलले ७ दिने होमक्वारेन्टाईन मापदण्ड पूरागरी आईतबार आफ्नो कार्यालयमा सार्वजनिक भईन् । नियमित प्रशासनको कार्यसम्पादनमा जुटेकी सिडिओ पौडेललाई मंगलबार देखि जिल्ला स्थित विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाले स्वागत गर्न जिल्ला प्रशासन कार्यालयमामा ओईरो लाग्यो ।

मुस्ताङको जनहित माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष जयन्द्रलाल थकाली र विद्यालयका प्रधानाध्यापक रामचन्द्र अधिकारीको शैक्षिक संस्थाको टोलीले खादासहित स्वागत गर्न मंगलबार दिउसो जिल्ला प्रशासन कार्यालयमा पुग्यो । सो अवसरमा गण्डकी प्रदेशका माननीय सांसद महेन्द्रबहादुर थकालीको समेत उपस्थिती रहेको थियो ।त्यसक्रममा शैक्षिक संस्थाले खादा लगाएर सम्मान गर्ने क्रममा सिडिओ पौडेलले कोरोना भाईरसको माहामारीका बेलामा खादा लगाउन उपयुक्त समय नभएको भन्दै शैक्षिक संस्थाको खादा अस्विकार गरिन् । सो अवसरमा सिडिओ पौडेलले आफुलाई ह्दयदेखि सम्मान गर्न आउने सबैलाई धन्यवाद दिईन तर खादा लगाउन ईन्कार गरकी थिईन ।

तर ,सिडओ पौडेलले कारोना माहामारीका बेला खादा लगाउन उपयुक्त नहुने ,सामाजिक दुरी कायम गर्नुपर्ने र अनिवार्य मास्क प्रयोग गर्नुपर्ने उनको अडानमा घरपझोङ गाउपालिकाको स्वागतपछि चुकेकी छिन् । बुधबार आयोजित गापा कार्यालयको सम्मानमा सिडिओ पौडेललाई गापाका अध्यक्ष ,उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीले खादा र फुलले स्वागत गरे । उक्त तस्विर समाचार उक्त गाउपालिकाकै आधिकारीक अनलाईन भनिएको डिमो मुस्ताङ खबर अनलाईनमा सार्वजनिक भयो ।

अघिल्लो दिन शैक्षिक संस्थाको खादा अस्विकार गरेकी सिडिओ पौडेलले दोश्रो दिन खादा लगाएको समाचार र फोटो सार्वजनिक भएपछि कमेन्टमा सिडिओले पूर्वाग्रही व्यवहार गरेको प्रतिक्रिया दिएका छन् । जनहित विद्यालयका अध्यक्ष जयन्द्रलाल थकालले सिडिओले पालिकाको कार्यक्रममा खादा ग्रहण गरेर आफु र विद्यालय परिवारको अपमान गरेको प्रतिक्रिया दिएका छन् । उनले सिडिओ जिल्लाको सबैको साझा अभिभावक भएपनि सो अनुसारको व्यवहार नभएकोप्रति दुख व्यक्त गरे ।

अध्यक्ष थकालीले हामीले सम्मानपूर्वक चढाउन खोजिएको खादा किन स्विकार्नु भएन र गापाले चढाएको खादा किन ग्रहण भयो बुझ्न नसकेको बताए । यस्तै मुस्ताङका पत्रकार एवं प्रेस संगठन गण्डकी प्रदेशका सदस्य तिलक विकले गाउपालिकाको स्वागत कार्यक्रम सिडिओले सामाजिक दुरी कायम नगरी खादा ग्रहण गर्दा अडानमा चुकेको बताए । उनले शैक्षिक संस्थाले सम्मान स्वरुप लगाउन खोजिएको खादामा कोरोना सर्ने हो र गापाले लगाएको खादा कोरोना नभएको भनी कटाक्ष गरे । खादा प्रकरणमा सिडिओ चुकेको र उनले सबै पक्षलाई समान व्यवहार नगरेको पाईएको पत्रकार विकले कमेन्टमा उल्लेख गरे ।

फोटो क्याप्सन : घरपझोङ गाउपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा सिडिओ पौडेललाई खादा र फुलले स्वागत गर्दै पालिका।