विशेष
बेनीमा नमुना मतदान
- 3 बर्ष, 3 महिना अगाडि
- २२ बैशाख २०७९, बिहीबार
म्याग्दी, २२ बैशाख । वैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा मत बदर कम गराउन विहिबार बेनीमा नमुना मतदान गरिएको छ । मंगलबार बेनीमा निर्वाचन कार्यालय म्याग्दी र नेपाल पत्रकार महासंघ म्याग्दीको सयुक्त आयोजनामा नमुना मतपत्रमा मतदान गरिएको थियो । मत बदर कम गराउने उद्देश्यले बेनीमा बेनी सामुदायिक... पुरा पढ्नुहोस
स्थानीय तह निर्वाचन : ‘घरदैलोमा उम्मेदवार, जनतालाई आश्वासन नै उपहार’
- 3 बर्ष, 3 महिना अगाडि
- २२ बैशाख २०७९, बिहीबार
बेनी, २२ वैशाख । ३० गतेको स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाहरु जनताको घरदैलोमा पुग्न थालेका छन् । पार्टीका चुनाबी गीतमा तामझाम सहित उम्मेदवाहरु गाउँ–गाउँमा पुग्न थालेका छन् । पार्टी र चुनाब चिन्हका झण्डा र व्यानरहरुले रंगाएका गाडी र सवारी साधनबाट चर्का स्वरमा भोट माग्दै राजनीतिक दल र उम्मेदवारहरु शहरदेखि गाउँघरसम्म... पुरा पढ्नुहोस
च्युरीबोटमा कांग्रेसको चुनावी सभा
- 3 बर्ष, 3 महिना अगाडि
- २२ बैशाख २०७९, बिहीबार
म्याग्दी, २२ बैशाख । नेपाली कांग्रेसले जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ च्युरीबोटमा चुनावी कार्यक्रम गरेको छ । बुधबार च्युरीबोट आयोजित कार्यक्रममा उम्मेद्धारीहरुले सुशासन सहित समृद्ध गाउँपालिका निर्माण गर्न आफुहरुलाई भोट दिन आह्वान गरेका छन् । कार्यक्रमलाई कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारीले सम्बोधन गर्दै सुशासन सहितको समृद्धको लागि कांग्रेसका उम्मेद्धारहरुलाई... पुरा पढ्नुहोस
एमालेको सबै पालिकामा चुनावी सभा र मतदाता भेटघाट
- 3 बर्ष, 3 महिना अगाडि
- २२ बैशाख २०७९, बिहीबार
म्याग्दी, २२ बैशाख । वैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा अहिले राजनीतिक दलहरुको चुनावलक्षित विभिन्न कार्यक्रमहरु भैरहेका छन् । यसैक्रममा आज (बुधवार) हिमाली जिल्ला म्याग्दीको सबै छ वटै पालिकामा नेकपा एमालेको चुनावी सभा र मतदाता भेटघाट कार्यक्रम भएको छ । बेनी नगरपालिका–५, पुलाचौरको भीरमुनी,... पुरा पढ्नुहोस
मौवाफाँट र दग्नाममा माओवादी केन्द्रको मतदातासंग भेटघाट तीव्र
- 3 बर्ष, 3 महिना अगाडि
- २१ बैशाख २०७९, बुधबार
म्याग्दी, २१ बैशाख । आसन्न बैशाख ३० गते हुने निर्वाचन लक्षित गरेर रघुगंगा गाउँपालिकामा नेकपा माओवादीले घरदैलो तथा मतदातासंग भेटघाट कार्यक्रमलाई तिव्रता दिएको छ । नेकपा (माओबादी केन्द्र) बाट रघुगंगा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष पदका उम्मेदवारहरुले गलेश्वर, मौवाफाँट र दग्नाममा बुधबार घरदैलो कार्यक्रम गरेका हुन् । रघुगंगा गाउँपालिका अध्यक्ष पदकी उम्मेदवार... पुरा पढ्नुहोस
रघुगंगामा मुलधारका राजनीतिक दलका उम्मेदवारलाई ‘स्वतन्त्र उम्मेदवार नै चुनौती’
- 3 बर्ष, 3 महिना अगाडि
- २१ बैशाख २०७९, बुधबार
म्याग्दी २१ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–२ का २५ बर्षका युवा सागर भण्डारीले तीन बर्ष अघि नै घोषणा गरेर वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा स्वतन्त्र रुपमा गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका छन् । रघुगंगामा यस अघि काँग्रेसबाट गाउँपालिकामा निर्वाचित अध्यक्ष भव बहादुर भण्डारी सहित नेकपा एमालेबाट प्रेमबहादुर कार्की बिखर्ची,... पुरा पढ्नुहोस
गाउँपालिका अध्यक्षका उम्मेदवार ‘बच्चा बोकेर भोट माग्दै’
- 3 बर्ष, 3 महिना अगाडि
- २० बैशाख २०७९, मंगलवार
बेनी, २० वैशाख । हेर्दा सामान्य पहिरन लगाउनुभएकी महिला । पिठ्यूँमा बच्चा बोकेर दुई हात जोड्दै मत मागिरहनुभएको छ । गाउँ–गाउँमा पुगेर आफूलाई जिताउन आह्वान गर्दै उहाँकै दैनिकी बित्ने गरेको छ । एउटा हातमा पार्टीको झण्डा अर्को हातमा झोला । पिठ्यूँमा ३ बर्षको छोरा बोकेर चुनावी मैदानमा उत्रनुभएको छ रघुगंगा... पुरा पढ्नुहोस
मुनामा गठबन्धनका उमेद्वारले भने ‘हामी विकास गरेर देखाउछौ’
- 3 बर्ष, 3 महिना अगाडि
- २० बैशाख २०७९, मंगलवार
मुना, २० वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका साझा उमेद्वारले सन्तुलित र दिगो विकासमा प्राथमिकता दिने प्रतिवद्धता जनाउनुभएको छ । दुवै दलले संयुक्त रुपमा गाउँपालिकाको केन्द्र मुनामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्षका प्रत्यासी काँग्रेसका प्रेमप्रसाद पुन र उपाध्यक्षका उमेद्वार रेशम पुनले धवलागिरीको समग्र... पुरा पढ्नुहोस
जब मतदाताले उम्मेदवारलाई ढोगेरै आँसु खसाल्दै दिए बधाई ( तस्वीर )
- 3 बर्ष, 3 महिना अगाडि
- १९ बैशाख २०७९, सोमबार
म्याग्दी १९ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको फुलडाँडामा गाउँपालिका अध्यक्षका उम्मेदवार मिना विश्वकर्मालाई स्थानीयबासीले खुट्टा ढोगेर बिजयीको शुभकामना दिनुभएको छ । अहिले मतदाताले उम्मेदवारलाई हर्षित भएर खुट्टानै ढोगेर बधाई दिएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । नेकपा माओवादी केन्द्रको तर्फबाट बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गाउँपालिका... पुरा पढ्नुहोस
लुलाङमा काँग्रेस–माओवादीका उमेद्वार
- 3 बर्ष, 3 महिना अगाडि
- १९ बैशाख २०७९, सोमबार
लुलाङ, १९ वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा सोमबार नेपाली काँग्रेस र नेकपा (माओवादी)का उमेद्वारहरुले चुनाव प्रचार गरेका छन् । नेपाली काँग्रेसबाट गाउँपालिकाका अध्यक्षका उमेद्वार प्रेमप्रसाद पुन, उपाध्यक्षमा माओवादी केन्द्रका रेशम पुन, वडा अध्यक्षमा काँग्रेसका ज्ञानबहादुर पाइजा लगायतको टोलीले घरदैलो, मतदाता भेटघाट र चुनावी सभा गरेका हुन् । खोरीया र... पुरा पढ्नुहोस