विशेष

पर्यटकले छुटाउन नहुने पर्वतका गन्तव्य

कुश्मा, २३ भदौ । प्राकृतिक सुन्दरताले भरिपूर्ण हुँदाहुँदै पनि केही वर्ष अघिसम्म पर्वत पर्यटकीय गन्तव्य बन्न सकेको थिएन । पर्वत गुमनामको अवस्थामा थियो । “परिचयको क्रममा घर पर्वतभन्दा धेरैले ‘कहाँपर्छ’ भनेर प्रश्न गरिहाल्थे ।”, कुश्मामा होटल व्यवसाय गर्दै आउनुभएका सूर्य केसीले भन्नुभयो, “पोखरादेखि यता की उता, बागलुङभन्दा टाढा पर्छ हो... पुरा पढ्नुहोस

घतानको धानखेतको फाँट (तस्बिर)

बेनी २३ भदौ : म्याग्दीको बेनी नगरपालिका–९ घतानको काउलेगौडाको धानखेतको हरियाली फाँट । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

क्यान्सर रोगबाट पीडित भगवतीका रिम विकलाई उपचारमा आर्थिक अभाव

म्याग्दी, २२ भदौ । पेटको क्यान्सर रोगबाट पीडित रघुगंगा गाउँपालिका– २ राखु भगवतीका (मुलपानी) ४७ बर्षिय रिमबहादुर विकलाई उपचारमा आर्थिक अभाव भएको छ । पोखरास्थित गण्डकी मेडिकल कलेज (जिएमसी ) अस्पतालमा उपचारत विकलाई उपचारमा आर्थिक समस्या भएको हो । विगत एकबर्षदेखि पेट दुख्ने समस्याले ग्रसित विकको उपचारको क्रममा गत जेठ... पुरा पढ्नुहोस

बेनी अस्पताल गण्डकी प्रदेशमा उत्कृष्ट घोषित

म्याग्दी २२ भदौ । म्याग्दी सदरमुकाम बेनीमा सञ्चालित बेनी अस्पताल गण्डकी प्रदेशमा उत्कृष्ट घोषित भएको छ । आर्थिक बर्ष २०७८/०७९ को प्रदेश स्तरीय बार्षिक समिक्षामा तय गरेका विभिन्न स्वास्थ्य सेवाका सुचकहरुको आधारमा गण्डकी प्रदेश अन्तरगतका ११ वटा जिल्ला अस्पतालहरु मध्ये बेनी अस्पताल म्याग्दीले ७८% सहित प्रथम स्थान हासिल गर्न सफल... पुरा पढ्नुहोस

सामुदायिक पुस्तकालय सङ्घमा नयाँ नेतृत्व,अध्यक्षमा म्याग्दीका रावल चयन

म्याग्दी २२ भदौ । देशभरका सामुदायिक पुस्तकालयको छाता सङ्गठन नेपाल सामुदायिक पुस्तकालय सङ्घको १३औँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले सन्तोष रावलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । रावल बेनीमा रहेको म्याग्दी सामुदायिक पुस्तकालयको अध्यक्ष समेत हुनुहुन्छ । सर्वसम्वत रुपमा चयन भएको समितिको वरिष्ठ उपाध्यक्षमा भरत खड्का र महासचिवमा राजेन्द्रप्रसाद... पुरा पढ्नुहोस

मुस्ताङको स्याउ असोजको पहिलो सातामै बजार झर्ने

शुशिलबाबु थकाली मुस्ताङ, २१ भदौ। स्याउको राजधानीका रूपमा परिचित मुस्ताङको स्याउ यस पटक भने असोजको पहिलो सातामै बजार झर्ने भएको छ । सरोकारवाला निकाय र स्थानीय कृषकबीच समझदारी गरी यसै महिनाको २५ गतेदेखि स्याउ टिप्न र बिक्री वितरण गर्न खुला गरिएको हो । स्याउ यतिबेला बोटमा राताम्मे भएका छन् ।... पुरा पढ्नुहोस

धौलागिरि अस्पतालमा दुरविनमार्फत सफल शल्यक्रिया

बागलुङ, २१ भदौ । बागलुङको धौलागिरि अस्पतालमा पहिलो पटक दुरविन यन्त्रमार्फत ‘एपेन्डिक्स’को सफल शल्यक्रिया भएको छ । म्याग्दीको बेनी नगरपालिका–७ की २१ वर्षीया प्रतिसा बोलनको पहिलो पटक दुरविन यन्त्रमार्फत शल्यक्रिया भएको हो । बोलनको डाक्टर साजन कुँवर, डाक्टर सुवास खरेल, एनेस्थेसियोलोजिष्ट डाक्टर गणेश वन, नर्सिङ कर्मचारी गीता पुन र करिस्मा... पुरा पढ्नुहोस

मासिँदै ढिकी, जाँतो र पानीघट्ट

एक दशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा विद्युत्को पहुँच थिएन । विद्युत्को पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे । तर अहिले हरेक बस्ती–बस्तीमा विद्युत्को पहुँच पुगेको छ । यसले गर्दा अहिले ढिकी, जाँतो र पानीघट्ट विस्थापित भएका छन् । पानीघट्ट अन्न पिस्ने परम्परागत... पुरा पढ्नुहोस

प्रतिनिधी र प्रदेशसभा उमेद्वारका लागि माओवादीका १६ जनाको नाम सिफारिस

बेनी, २० भदौ । नेकपा माओवादी केन्द्र म्याग्दीले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनको उमेद्वारका लागि १६ जनाको नाम सिफारिस गरेको छ । यसअघिको जिल्ला समन्वय समितिको बैठकमा उमेद्वारको दावी गरेका नेताहरुको सोमबार बेनीमा भएको छलफलबाट प्रदेश कमिटिमा नाम सिफारिस गरेका हुन् । प्रतिनिधिसभा सदस्यमा... पुरा पढ्नुहोस

मानवताकाे सन्देश : सडकमा भेटाएको सुनको सिक्री फिर्ता

म्याग्दी २० भदौ । म्याग्दी सदरमुकाम बेनीमा एक युवतिले सडकमा भेडाएको सुनको सिक्रीलाई सामाजिक सञ्जाल मार्फत सम्बन्धीत व्यक्तिको खोजी गरि सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउनुभएको छ । सोमबार विहान बेनी स्थित गणेशटोलको गणेशमन्दिरको सडकमा सुनको सिक्री फेला पार्नुभएकी रघुगंगा गाउँपालिका–२ भगवतीकी सजना केसीले आफुले सिक्री भेटाएको सम्बन्धमा प्रहरीलाई समेत जानकारी गराएर... पुरा पढ्नुहोस