विशेष

अयोध्या लैजान कालीगण्डकीको शिलाको नापजाँच

म्याग्दी २७ पुस । कालीगण्डकी नदीको शिला हिन्दूहरुको धार्मिकस्थल भारतको अयोध्या लगिने भएको छ । मुस्ताङको दामोदरकुण्डबाट बगेर आउने कालीगण्डकी हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको रुपमा पुज्ने शालिग्राम शिला पाइने नदी हो । कालीगण्डकीलाई हिन्दू धर्मावलम्बीले कृष्णागण्डकीको रुपमा पनि चिन्ने गर्दछन् । भारतको अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरमा मुर्ति बनाएर... पुरा पढ्नुहोस

गलेश्वर शिवालय क्षेत्र विकास कोषको १७ औ कार्यकारी सभा

गलेश्वर २७ पुस । गलेश्वर शिवालय क्षेत्र विकास कोषको १७ औ कार्यकारी र गलेश्वरधान जेष्ठ नागरिक आश्रमको ११ औ वार्षिक साधारणसभा बुधबार गलेश्वरमा सम्पन्न भएको छ । दुवै संस्थाको साधारणसभाको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले उद्घाटन गर्नुभयो । साधारणसभामा प्रस्तुत प्रगति र आर्थिक प्रतिवेदन पारित भएको छ । सहभागिहरुले गलेश्वर... पुरा पढ्नुहोस

रघुगंगामा नमुना युवा संसद अभ्यास सञ्चालन

म्याग्दी २७ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकामा युवाहरुलाई संसदीय अभ्यासको बारेमा प्रशिक्षित गर्न नमुना युवा संसद अभ्यास सञ्चालन गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयले नमुना युवा संसद अभ्यास अन्तरगत नमुना युवा गाउँसभा अभ्यास तथा प्रशिक्षण कार्यक्रमको लागि रघुगंगालाई छनौट गरे बमोजिम गाउँपालिकाले मंगलवारदेखि तीनदिने कार्यक्रम सञ्चालन गरेको हो ।... पुरा पढ्नुहोस

युवा संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी म्याग्दीका विश्वकर्मालाई

म्याग्दी २७ पुस । नेकपा(एकिकृत समाजवादी)को युवा संगठन युवा संघ नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी म्याग्दीका युवा नेता कृष्णकुमार विश्वकर्मालाई दिइएको छ । संघका केन्द्रिय उपाध्यक्ष रहनुभएका विश्वकर्मालाई संघका अध्यक्ष नरेश कुमार शाहीले कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुभएको हो । विश्वकर्मा पार्टीको म्याग्दी जिल्ला अध्यक्ष समेत हुनुहुन्छ । सुदुर–पश्चिम प्रदेश सभा सदस्य... पुरा पढ्नुहोस

म्याग्दी महोत्सवको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गर्ने

बेनी, २६ पुस । सदरमुकाम बेनीबजारमा आउँदो विहिबारदेखि सुरु हुने सातौं म्याग्दी महोत्सवको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गर्ने निश्चित भएको छ । पुस २८ गतेदेखि माघ ७ गतेसम्म संचालन हुने महोत्सवले कृषी, पर्यटन र उद्योगा प्रर्वद्दन गर्ने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक म्याग्दी उद्योग वाणिज्य संघले जनाएको... पुरा पढ्नुहोस

धौलागिरिको काखमा ….(तस्बिर)

बेनी, २६ पुस : चक्रिय धौलागिरि पदमार्ग अन्तरगत म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित इटाली आधार शिविरमा पुगेका पर्यटकहरु र त्यहाँबाट देखिएको धौलागिरि हिमशृङ्खलाको दृष्य । इटाली आधार शिविरबाट धौलागिरि आधार शिविर पुग्न एक दिनको पैदलयात्रा गर्नुपर्छ । पुरा पढ्नुहोस

अक्करे भीर काटेर विद्युतगृह निर्माण गरिँदै (तस्बिर)

बेनी, २६ पुस :म्याग्दीको रघुगंगा गाउँपालिका ४– दग्नामको पुछारमा पहाड काटेर ४८.५ मेगावाटको अपर राहुघाट जलविद्युत आयोजनाको विद्युतगृह निर्माण गरिँदै । तुण्डी पावर कम्पनीले निर्माण गर्न लागेको यस आयोजनाको लगरको बगरमा विद्युतगृह बनाउन लागिएको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

धवलागिरीको अठारौँ गाउँसभा : थप बजेट पारित

मुना (म्याग्दी), २६ पुष । धवलागिरी गाउँपालिकाको सोमबार मुनामा सम्पन्न अठारौं गाउँसभाबाट चालु आर्थिक वर्ष २०७९÷०८० का लागि थप बजेट पारित भएको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले प्रस्तुत गर्नुभएको रु. तीन करोड ३४ लाख ११ हजार ६२० बजेट विभिन्न योजना तथा कार्यक्रमलाई बिनियोजन गर्ने प्रस्ताव सर्वसहमतिमा पारित भएको... पुरा पढ्नुहोस

धवलागिरी गाउँपालिकामा थप बजेट पारित

  म्याग्दी, २६ पुष । धवलागिरी गाउँपालिकाले अठारौं गाउँसभाबाट चालु आर्थिक वर्ष २०७९÷०८० का लागि थप बजेट पारित भएको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले प्रस्तुत गर्नुभएको रु. तीन करोड ३४ लाख ११ हजार ६२० बजेट विभिन्न योजना तथा कार्यक्रमलाई बिनियोजन गर्ने प्रस्ताव सर्वसहमतिमा पारित भएको हो ।“गत आर्थिक... पुरा पढ्नुहोस

मुदीका प्रेमबहादुर घर्तिमगरको संघर्ष ‘ ६ दशकदेखि घुम्तीगोठमा गाईभैँसी पालन’

म्याग्दी २७ पुस । धवलागिरि गाउँपालिका–४ मुदीका प्रेमबहादुर घर्तिमगर उमेरले ७४ बर्ष पार गर्नुभयो । उमेरले बुढ्यौली लागेपनी उहाँको दैनिकी भने घुम्ती गोठमै वित्ने गरेको छ । पुख्र्यौली रुपमा गरिँदै आएको घुम्ती गोठ राखेर गाईभैँसी पालन गर्ने पेसालाई घर्तिमगरको परिवारले निरन्तरता दिएका छन् । ६ बहिनी छोरी र २ भाई... पुरा पढ्नुहोस