विशेष

एमालेबाट निर्वाचित पुुर्व गाविस अध्यक्ष माओवादी केन्द्र प्रवेश

  पोखरा, ३ भदौ । एमालेबाट निर्वाचित पूर्व गाविस अध्यक्ष सहित चार जना व्यक्तित्वहरु शनिबार नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ । माओवादी केन्द्रको गण्डकी प्रदेश समितिको शनिबार पोखरामा भएको सातौ पूर्ण बैठकमा उहाँहरुलाई बरिष्ठ उपाध्यक्ष तथा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, प्रदेश ईञ्चार्ज देवेन्द्र पौडेल,... पुरा पढ्नुहोस

जिल्ला फुटबल संघ म्याग्दीको अध्यक्षमा बानियाँ

  म्याग्दी, २ भदौ । जिल्ला फुटबल संघ म्याग्दीको अध्यक्षमा कुमार बानियाँ सर्वसम्मत चयन हुनु भएको छ । सदरमुकाम बेनीस्थित जिल्ला खेलकुद विकास समितिको सभाहलमा शनिबार सम्पन्न संघको अधिबेशनले बानियाँको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा सोनिया पुन, सचिवमा निशान गुरुङ्ग, कोषाध्यक्षमा शिद्धार्थ शाक्य रहेका... पुरा पढ्नुहोस

खेलकुद र पर्यटन विकासमा बगरफाँटका युवा

  ध्रुवसागर शर्मा म्याग्दी २ भदौ । म्याग्दीको पर्यटकीय स्थल कोप्रे झरना र घुमाउने चौतारीमा हातमा गैची,बेल्चा,कोदालो र गल लिएका युवाहरु देखेर स्थानीयहरु दङ्गै परे । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँट स्थित बगरफाँट रिभर साइड युवा क्लवका युवाहरु पर्यटकीय क्षेत्रहरुको सरसफाइ गर्न र परिचय वोर्ड राख्न भेला भएका... पुरा पढ्नुहोस

मिटरमा गुड्न थाले पोखराका ट्याक्सी

  पोखरा, २ भदौ । पोखरा उपत्यकाभित्र सञ्चालन हुने भाडाका ट्याक्सी शुक्रबारदेखि मिटरमा चल्न थालेका छन् । गण्डकी प्रदेश सरकारले भदौ १ गतेदेखि अनिवार्य मिटरमा सञ्चालन हुनुपर्ने नियम बनाएपछि पोखरा बजारभित्र सञ्चालन हुने अधिकांश ट्याक्सी मिटरमा चलेका हुन् । प्रदेश सरकार मातहतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतको... पुरा पढ्नुहोस

म्याग्दी मुद्रण उद्योग संघद्वारा स्वर्गिय फगामीको परिवारलाई आर्थिक सहयोग

  बेनी, २ भदौ । म्याग्दी मुद्रण उद्योग संघमा आवद्ध ब्यवसायीले संघका सदस्य स्वर्गिय देवेन्द्र फगामी परिवारलाई आर्थिक सहयोग गरेको छ । संघका सदस्य समेत रहनुभएका मालिका गाउँपालिका–५ देविस्थानका फगामीको गत साउन २६ गते पोखरामा ३४ बर्षको उमेरमा अकस्मात निधन भएको थियो । संघका अध्यक्ष सन्दिप खत्री लगायत पदाधिकारीको टोलीले... पुरा पढ्नुहोस

बजेट विनियोजन रोकिएपछि सामुदायिक भवन अलपत्र

बेनी, २ भदौ : म्याग्दीको मंगला गाउँपालिका– १ नम्बर वडामा दुई सामुदायिक भवन अलपत्र परेका छन् । भर्जुलाको गोदावारी आमा समूह र थाईबाङको न्यू लालीगुराँस युवा क्लबको एकिकृत सामुदायिक भवन अलपत्र परेका हुन् । सरकारी तवरवाट बजेट विनियोजन हुन रोकिएपछि दुबै भवन अलपत्र अवस्थामा छन् । वि.स. २०७२ सालदेखि भवन... पुरा पढ्नुहोस

अमर मा.वि. चिमखोलामा स्थापित अक्षयकोषहरुबाट ३१ जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान

म्याग्दी १ भदौ । म्याग्दीको रघुगंगा गाँउपालिका – ७ चिमखोलामा रहेको  अमर माध्यामिक विद्यालयमा सहयोगदाताहरुले स्थापना गर्नुभएको विभिन्न अक्षयकोषबाट छात्रबृत्ति वितरण गरिएको छ । शुक्रवार विद्यालयमा आयोजित कार्यक्रममा विभिन्न सहयोग दाताहरुले स्थापना गर्नुभएको चार वटा अक्षयकोषबाट ३१ जना विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गरिएको हो । कार्यक्रममा “नर बहादुर गजमति स्मृति” कोषबाट... पुरा पढ्नुहोस

पर्यटकिय गाउँ चिमखोला (फोटोफिचर)

  म्याग्दी, १ भदौँ । विश्वभर लोकप्रियता कमाइरहेको थालि नाचको उद्गम थलोको रुपमा चिनिएको रघुगंगा गाउँपालिका –७ को पर्यटकिय गाउँ चिमखोला । चिटिक्क र गुचुप्प घरहरु मिलेर बसेको चिमखोला बस्ती टाढाबाट हेर्दा आकर्षक देखिन्छ । यहाँ एक सय ८० घरपरिवारको बसोबास छ । मगर जाति बढी बसोबास रहेको चिमखोला गाउँ... पुरा पढ्नुहोस

पुलह पुलत्स्य अन्न क्षेत्रको अध्यक्षमा ज्ञानेन्द्र सुवेदी चयन

  बेनी, १ भदौ । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको पुहल पुलत्स्य अन्न क्षेत्रको कार्यसमितिले एक वर्षपछि नेतृत्व पाएको छ । एक वर्षदेखि नेतृत्व विहिन क्षेत्रको गत जेठमा बोलाइएको अधिवेशनबाट पनि नेतृत्व चयन हुन सकेको थिएन् । गलेश्वरमा शुक्रबार भएको अधिवेशनबाट ज्ञानेन्द्रप्रसाद सुवेदीको नेतृत्वमा कार्यसमिति चयन गरिएको हो । जिल्ला... पुरा पढ्नुहोस

घोडेपानीमा मगर जीवनशैली र संस्कृति झल्कने सङ्ग्रहालय

  म्याग्दी,३२ साउन । म्याग्दीको प्रसिद्ध पर्यटकीय क्षेत्र घोडेपानीमा मगर संस्कृति र जीवनशैली झल्कने मगर सङ्ग्रहालय रहेको छ। प्रसिद्ध पर्यटकिस्थल पुनहिलमा आउने पर्यटकलाई लक्षित गरेर घोडेपानीका होटल ब्यवसायी मिलेर सङ्ग्रहालय स्थापना गरिएको हो । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६घोडेपानीका होटल ब्यवसायी आमाहरुद्वारा संचालित गरिएको सङ्ग्रहालयमा मगर जातीय पहिचान झल्कने कपडा, भाँडाकुडा,... पुरा पढ्नुहोस