विशेष

राममन्दिरलाई नदि कटानबाट रोक्न तटबन्ध गरिँदै (तस्बिर)

बेनी १९ चैत : पर्वतको जलजला गाउँपालिका–२ स्थित कालीगण्डकी र राहुघाट नदीको संगमस्थलमा अवस्थित राममन्दिरलाई नदीकटानबाट जोगाउन पक्की पर्खाल निर्माण गरेर तटबन्ध गरिँदै । तस्बिरः कमल खत्री – – – पुरा पढ्नुहोस

पोखरेबगरमा सार्वजनिक सुनुवाई : ‘विकास , पर्यटन प्रवद्र्धन र ढिलासुस्तीप्रति ध्यानकर्षण’

म्याग्दी १८ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा शनिवार प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक बर्षको दोस्रो चौमासिकसम्म सम्पादन भएका विकास गतिविधि, सेवा प्रवाह र समग्र गाउँपालिकाको अवस्थाका बारेमा सेवाग्राही, स्थानीयबासी र सरोकारवालाहरुबाट गुनासा सुन्ने, सार्वजनिक सेवा प्रवाहलाई जवाफदेही बनाउने उदेश्यले आयोजित कार्यक्रममा... पुरा पढ्नुहोस

खोला सुकाएरै बिजुली

  पर्वत, १८ चैत । अन्नपूर्ण हिमशृङ्खलाको काखदेखि बगेर कास्की हुँदै पर्वत आइपुग्ने मोदी खोलाको पानीबाट आधा दर्जनको सङ्ख्यामा विद्युत् गृह सञ्चालनमा आएका छन् । मोदी खोलालाई ऊर्जा नदीको नामले पनि चिन्ने गरिन्छ । केही वर्ष अघिसम्म मोदी खोला आफ्नै लयमा निरन्तर बग्ने गथ्र्यो । यस खोलामा पाइने असला माछाको... पुरा पढ्नुहोस

मिर्गौला पीडित रिता गर्वुजाको उपचारार्थ सहयोगको अपिल

म्याग्दी १८ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलकी मिर्गौला पीडित रिता गर्वुजा पुर्जाको उपचारार्थ आर्थिक सहयोगको लागि आफन्तले अपिल गरेका छन् । आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटल प्रा.लि.मा उपचाररत २९ बर्षिय पुर्जाको मिर्गौला पत्यारोपण गर्नुपर्ने भएकाले पुर्जाका घरपरिवार र आफन्तले सहयोगको अपिल गरेका हुन् । घरपरिवारको आर्थिक अवस्था कमजोर... पुरा पढ्नुहोस

पूर्वाधार विकास कार्यालय म्याग्दीको विकास खर्च १८ प्रतिशत

  म्याग्दी, १७ चैत । पूर्वाधार विकास कार्यालय म्याग्दीले चालू आर्थिक वर्षको आठ महिनामा १८ प्रतिशत बजेट कार्यान्वयन गरेको छ । कार्यालयले चालू आर्थिक वर्षको अन्तिम चार महिनामा ८२ प्रतिशत बजेट खर्च गर्नुपर्ने अवस्था देखिएको छ । संघ, प्रदेशबाट सञ्चालित बहुवर्षीय लगायतका योजनामा जिल्लामा निर्माण व्यवसायीले समयमै काम गर्न नसक्दा... पुरा पढ्नुहोस

सवारी कारबाहीबाट ४२ लाख राजश्व संकलन

  बेनी, १७ चैत । म्याग्दीमा सवारी साधन कारबाहीबाट ४२ लाख रुपैयाँ भन्दाबढी राजस्व संकलन भएको छ । चालु आर्थिक बर्षको फागुनसम्ममा ५ हजार ७५० सवारी कारबाहीबाट ४२ लाख १६ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय म्याग्दीले जानकारी दिएकोछ । पछिल्लो ८ महिनामा ट्राफिक नियम उल्लंघन गरी सवारी साधन... पुरा पढ्नुहोस

बाबियाचौरमा कर्वड हल निर्माण

  म्याग्दी, १७ चैत । मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा बहुउद्देश्यीय कर्वड हल निर्माण भएको छ । ब्याडमिन्टन सहित मार्सल आर्ट लगायतका खेलहरु समेत संचालन गर्न मिल्ने गरी निर्माण गरिएको कर्वड हलको उद्घाटन गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले गर्नुभएको थियो । कर्वड हल निर्माणमा गाउँपालिकाबाट ११ लाख, पूर्वाधार विकास कार्यालयबाट ५ लाख... पुरा पढ्नुहोस

एसईई आजदेखि सुरु

  म्याग्दी, १७ चैत । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबार (आज)बाट सुरु हुँदै छ । देशभर दुई हजार ३७ परीक्षा केन्द्रमा आज बिहान ८ बजेबाट सुरु हुनेछ । परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार परीक्षामा ४ लाख... पुरा पढ्नुहोस

बालगृहका बालबालिकाको स्वास्थ्य परिक्षण एवम् खाद्यान्न सहयोग

  बेनी, १६ चैत । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा जिल्ला शाखा म्याग्दीले बालगृहका बालबालिकाको स्वास्थ्य परिक्षण एवम् खाद्यान्न सहयोग गरेको छ । विहिबार बालगृहमा बसोबास गर्ने ११ जना बालबालिकाको स्वास्थ्य परिक्षण गरिएको हो । कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी र महासंघका उपाध्यक्ष हरीकृष्ण गौतमद्वारा नेपाल... पुरा पढ्नुहोस

९ जना आमाहरुले एसइई दिदै

  बेनी, १५ चैत । शुक्रबारदेखि सुरु हुने  माध्यमिक शिक्षा परिक्षा (एसइई) मा उज्यालो बैकल्पीक विद्यालयबाट ९ जना आमाहरु सहभागि हुदैछन् । विद्यालय संचालक समितिले एसइईमा सहभागि हुने ९ जना आमाहरुलाई परिक्षाको सफलता शुभकामना दिदै विदाई गरेको हो । यस बर्षको एसइई परिक्षामा विद्यालयबाट ५० बर्ष डिलकुमारी पुर्जा, ३७ बर्षकी... पुरा पढ्नुहोस