मिस मगर नेपालको ताज दग्नामकी क्रिस्टिनालाई

  • २४ भाद्र २०८१, सोमबार
  • 423 पटक पढिएको

म्याग्दी । मिस मगर नेपाल–२०२४ को उपाधि म्याग्दीकी क्रिस्टिना पुन मगरले जित्नुभएको छ । निट डेन्टल केयर प्रिजेन्ट्स सातौं संस्करणमा म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नामकी क्रिस्टिनाले अन्य १० प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुम्नुभएको हो । पोखराको होटल ग्राण्डमा शनिबार सम्पन्न भएको प्रतियोगितामा रघुगंगा–१ बेगखोलाकी आशिका गर्बुजा मगर फस्ट रनरअफ र सेकेन्ड रनरअफमा धवलागिरी गाउँपालिका–४ मुदीकी नरिशा पुनमगर घोषित हुनुभयो ।

एसटी क्रियसन म्यानेजमेन्टको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा आयोजना भएको प्रतियोगितामा यसपटकको उपाधी म्याग्दीमय भएको नेपाल मगर जिल्ला समन्वय समिति म्याग्दीका सचिव हिरा पुनले बताउनुभयो । ‘यो उपाधी जित्ने सबै प्रतियोगिलाई धन्यवाद,जिल्लामा स्वागत तथा सम्मान समेत गरिनेछ’ सचिव पुनले भने । म्याग्दी जिल्ला मगर समुदायको बाहुल्यता भएको जिल्ला हो ।

मगर समुदायले भाषा, संस्कार, संस्कृति र रहन–सहनलाई संरक्षण तथा प्रर्बधन गर्न विभिन्न कार्यक्रमहरुमार्फत नयाँ पुस्तालाई सक्रिय बनाउने गरेका छन् । मिस मगर २०२२ को बिजेता समेत बेनी नगरपालिका वडा नं १० पात्लेखेतकी मिलन थापा मगर हुन् । फिनालेमा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरी लगायतको सहभागिता रहेको थियो ।