विशेष
नेविसंघको आयोजनामा बेनीमा शुभकामना आदान प्रदान
- 7 बर्ष, 3 महिना अगाडि
- ७ आश्विन २०७४, शनिबार
म्याग्दी, ७ असोज । नेविसंघ म्याग्दीले बिजया दशमी तथा शुभदिपावलीको अबसरमा शनिवार बेनीमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेविसंघ म्याग्दीका कार्यबहाक अध्यक्ष एकेन्द्र महतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस म्याग्दीका सभापती खमविर गर्वुजाले आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा काँग्रेसको पक्षमा नतिजा ल्याउने गरि पार्टीको प्रचार... पुरा पढ्नुहोस
राखु भगवतीकी अप्सरा केसी ६ दिन देखि घरपरिवारसंग सम्पर्कविहिन
- 7 बर्ष, 3 महिना अगाडि
- ६ आश्विन २०७४, शुक्रबार
म्याग्दी,६ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका २ राखु भगवतीकी एक युवती ६ दिन देखि घरपरिवारबाट सम्पर्क विहिन भएकी छिन । भगवती स्थित थापाटोलकी २३ बर्षिय युवति अप्सरा केसी विगत ६ दिन देखि सम्पर्क विहिन भएको घरपरिवारले जनाएको छ । असोज १ गते घरबाट घरायसी कामले बेनी आएकी केसी सोही दिन... पुरा पढ्नुहोस
म्याग्दीमा “प्रहरी हाम्रो टोलमा” अभियान सुरु
- 7 बर्ष, 3 महिना अगाडि
- ६ आश्विन २०७४, शुक्रबार
बेनी ६ असोज । म्याग्दीमा शुक्रबारदेखि “प्रहरी हाम्रो टोलमा” अभियान सुरु भएको छ । जिल्ला प्रशासन र प्रहरी कार्यालयले बेनीमा आयोजना गरेको कार्यक्रममा “शान्ति सुरक्षा र सूशासन, जनमैत्री प्रहरी र प्रशासन” भन्ने नारा सहित अभियान सुरु गरिएको हो ।गृहमन्त्रालयले तयार पारेका गृह प्रशासन सूधार मार्गचित्र २०७४ अन्तरगत समुदाय स्तरमा प्रहरी... पुरा पढ्नुहोस
धौलागिरि क्षेत्रकै सर्वाधिक पुरस्कार राशीको वौद्ध कपको उपाधी आयोजकलाई (फोटो फिचर)
- 7 बर्ष, 3 महिना अगाडि
- ५ आश्विन २०७४, बिहीबार
म्याग्दी, ५ असोज । म्याग्दी सदरमुकाम बेनीमा बिहीबार सम्पन्न धौलागिरि क्षेत्रमै सर्वाधीक पुरस्कार राशी रहेको तेस्रो वौद्ध कप फुटवल –२०७४ को उपाधी आयोजक वौद्ध युवा कल्व मंगलाघाटले जितेको छ । बेनी स्थित खुलामञ्चमा भएको फाईनल खेलमा कालीपुल युनाईटेड कल्वलाई शून्यका विरुद्ध तीन गोल गर्दै आयोजक बौद्ध युवा क्लबले उपाधी चुमेको... पुरा पढ्नुहोस
मुक्तिनाथ सहकारीको दशौ साधारणसभा
- 7 बर्ष, 3 महिना अगाडि
- ५ आश्विन २०७४, बिहीबार
बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यिय सहकारी संस्था लि.को दसौ वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । साधारणसभामा मन्तब्य व्यक्त गर्दै डिभिजन सहकारी कार्यालय बागलुङका प्रमुख बिष्णुप्रसाद शर्माले सहकारीले बचत र लगानीको काममा मात्र सिमित नरही व्यवसायीक, उत्पादनशिल र रोजगारमुलक बन्नुपर्ने बताउनुभयो । सहकारी अधिकृत शर्माले सहकारी ऐन संसोधनका क्रममा सेयर सदस्यले... पुरा पढ्नुहोस
सुरु भयो बडादसैं: आज घटस्थापना, उत्तम साइत ९:४१ बजे
- 7 बर्ष, 3 महिना अगाडि
- ५ आश्विन २०७४, बिहीबार
म्याग्दी,५ असोज । यसपालिको बडादसैं आजबाट सुरु भएको । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन (आज) बिहीबार बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेपछि यसपालिको दसैं सुरु हुनेछ । साइत धेरैले बिहानको समयमा घटस्थापना गरे पनि साइत खोज्नेका लागि नेपाल पन्चांग निर्णायक समितिले बिहान ९ बजेर ४१ मिनेटको... पुरा पढ्नुहोस
कस्तुरी सहकारीद्धारा महिला मैत्री भवन निर्माणका लागि २० हजार सहयोग
- 7 बर्ष, 3 महिना अगाडि
- ४ आश्विन २०७४, बुधबार
म्याग्दी, ४ असोज । सदरमुकाम बेनीमा रहेको कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाले जिल्ला प्रहरी कार्यालय परिसरमा निर्माण हुन लागको महिलामैत्री भवन निर्माणका लागि २० हजार ५सय ५५ रुपैयाँ सहयोग गरेको छ । सहकारीको नवौँ स्थापना दिवसका अवसरमा भवन निर्माणमा सो सहयोग गरेको हो । स्थापना दिवसको अवसरमा बुधबार एक कार्यक्रमका विच... पुरा पढ्नुहोस
नेकपा माओवादी केन्द्रद्धारा रघुगंगा गाउँपालिकामा संगठन विस्तार तिब्र
- 7 बर्ष, 3 महिना अगाडि
- ४ आश्विन २०७४, बुधबार
म्याग्दी, ४ भदौ । नेकपा माओवादी केन्द्र म्याग्दीले स्थानीय तहहरुमा पार्टीको संगठन विस्तार तथा सम्मेलनलाई तिब्रता दिएको छ । अभियान अन्र्तगत रघुगंगा गाउँपालिका–२ र ३ मा गाउँ सम्मेलन सम्पन्न गरेको छ । वडा नम्बर २ मा माओवादी केन्द्रको दोस्रो गाउँ सम्मेलनबाट नरबहादुर भण्डारीको अध्यक्षतामा २१ सदस्यीय नेकपा माओवादी केन्द्रको वडा... पुरा पढ्नुहोस
तेस्रो वौद्ध कपको बुधबारदेखि क्वाटर फाईनल
- 7 बर्ष, 3 महिना अगाडि
- ३ आश्विन २०७४, मंगलवार
बेनी ३ असोज । बेनीमा जारी तेस्रो वौद्ध कप फुटबल प्रतियोगिता अन्तरगत बुधबारदेखि क्वाटर फाईनलको खेल हुने भएको छ । बुधबार बिहान बागलुङ जिल्ला फुटबल संघ र वौद्ध सेतोबीचको खेलपछि प्रि क्वाटर फाईनल सकिने र क्वाटर फाईनल सुरु हुने आयोजक वौद्ध युवा कल्वले जनाएको छ । दसै पर्वको अवसरमा... पुरा पढ्नुहोस
निर्मल स्पोटिङ ४७औ थाक भलिबलको पूरुष र महिला दुबैमा च्याम्पियन
- 7 बर्ष, 3 महिना अगाडि
- १ आश्विन २०७४, आईतवार
निर्मल स्पोटिङ यूवाक्लव लेते मुस्ताङको स्याङमा सम्पन्न ४७औं थाकखेलकुद प्रतियोगिताको महिला र पूरुषतर्फको भलिबल खेलमा च्याम्पियन बनेको छ ।मुस्ताङको जेठो खेलसंस्था थाकखेलकुद तथा सांस्कृतिक बिकास संघले गत बिहिवारबाट थाकखेलकुद प्रतियोगिता संञ्चालन गरेको हो । प्रतियोगिताको आईतवार चौथो तथा अन्तिमदिन भएको फाईनलमा निर्मल स्पोटिङ यूवाक्लव लेतेले सिक्ससोल्टिज यूवाक्लव घाँसालाई ३—२ को... पुरा पढ्नुहोस