विशेष

अन्नपूर्ण गाउँपालिकाद्धारा खेलाडीहरुलाई सम्मान

म्याग्दी, १८ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले हालै सम्पन्न छैटौँ म्याग्दी महोत्सवमा सहभागी भएका खेलाडीहरुलाई सम्मान गरेको छ । विहिवार गाउँपालिका कार्यालयद्धारा आयोजित एक कार्यक्रममा म्याग्दी महोत्सवमा विभिन्न विधाको खेलकुद प्रतियोगितामा सहभागी खेलाडीहरुलाई सम्मान गरिएको थियो । महोत्सवमा आयोजित पुरुष बास्केटवल प्रतियोगितामा अन्नपूर्ण गाउँपालिका उपबिजेता हुन सफल समेत भएको थियो... पुरा पढ्नुहोस

दग्नामका मृगौला पिडित तिलिजालाई रु १ लाख ७७ हजार बढी सहयोग

म्याग्दी, १८ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका– ४ दग्नाम घर भई वडा नम्बर ३ रघुघाटमा बस्दै आएका मृगौला पिडित राजकुमार तिलिजाको उपचारको लागि स्वदेश तथा विदेशमा रहेका दग्नामबासीले आर्थिक सहयोग संकलन गर्ने अभियानलाई तिब्र पारेका छन् । २२ बर्षका तिलिजाको दुबै मृगौला फेल भएको कारण उनको उपचारको लागि सञ्चालन गरिएको... पुरा पढ्नुहोस

आर्थिक सहायता सम्बन्धि धौलागिरी गाउँपालीकाले यस्तो बनायो कार्यबिधी !

म्याग्दी १८ माघ । म्याग्दीको धौलागिरी गाउँपालीकाले आर्थिक सहायता सम्बन्धि कार्यबिधी बनाएको छ । विपद् पिडीत र जटिल रोगबाट बिरामी परेकाहरुको उपचारका लागि आर्थिक सहायता प्रदान गर्न कार्यबिधी तयार पारिएको हो । गाउँपालीकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा मुना स्थित कार्यालयमा बुधबार बसेको कार्यपालीका बैठकले कार्यबिधी पारित गरेको कार्यपालीकाका प्रवत्ता झकबहादुर... पुरा पढ्नुहोस

नदीजन्य पदार्थको जथाभावी दोहन गर्नेलाई प्रशासनको संरक्षण !

म्याग्दी १६ माघ । म्याग्दीका नदीहरुबाट अब्यवस्थित रुपमा नदीजन्य बस्तुको उत्खनन् भएको छ । डोजर, स्काभेटर प्रयोग गरेर नदीको स्वरुप परिवर्तन हुने गरी म्याग्दी र कालीगण्डकी नदीको किनारबाट ढुङ्गा, गिट्टी, बालुवाको उत्खनन् भएको हो । नदीजन्य बस्तुको उत्खनन् गर्ने जिम्मा लिएका ब्यवसायीहरुले सम्झौता बिपरीत मेसीनको प्रयोग गरेर उत्खनन् गरेका हुन्... पुरा पढ्नुहोस

थकाली समाजद्धारा रातोढुङ्गामा सामुदायीक भवन निर्माण

मालीका १५ माघ । म्याग्दीको मालीका गाउँपालीका ६ रातोढुङ्गामा थकाली सेवा समाज दरवाङ क्षेत्रले सामुदायीक भवन निर्माण गरेका छन् । भेला, बैठक, छलफल, तालीम, बिवाह, छेवार, किरीया जस्ता कार्यक्रम गर्न स्थानीयलाई सुबिधा पुगोस भन्ने उद्देश्यले सरकारी निकायको सहयोग बिनै थकाली समुदायले २७ लाख रुपैया भन्दा बढी खर्च गरेर भवन निर्माण... पुरा पढ्नुहोस

मंगलाघाटमा प्रहरी बिट स्थापना

बेनी १५ माघ । बेनी नगरपालीका ७ मंगलाघाटमा प्रहरी बिट स्थापना भएको छ । सदरमुकाम बेनी बजारको पश्चिमी नाकामा रहेको मंगलाघाटमा स्थापना भएको प्रहरी बिटको सोमबार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले उद्घाटन गर्नुभयो । सो प्रहरी बिटमा हवल्दारको नेतृत्वमा पाँच जना प्रहरी खटिएका छन् । बजार प्रवेश गर्ने नाका... पुरा पढ्नुहोस

बेगखोलामा नेपालकै लामो झोलुङ्गे पुलदेखि देउराली जोड्ने पदमार्ग निर्माण सुरु (फोटो फिचर)

म्याग्दी, १५ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा पदमार्ग निर्माण सुरु गरिएको छ । बेग–बाँदुक जोड्ने नेपालकै लामो निर्माणधिन झोलुङ्गे पुलदेखि बेगको देउराली सम्म पक्कि पदमार्ग निर्माण गर्न थालिएको हो । झोलुङ्गे पुल रहेको काउले देखि ठुलो गाउँ हुँदै वडा कार्यालय रहेको देउराली सम्मको करिब १ किलोमिटर दुरीमा रेलिङ सहितको... पुरा पढ्नुहोस

म्याग्दी क्याम्पसमा जिल्लामै पहिलो पटक स्नातकोत्तर तहको पठनपाठन सुरु हुँदै

म्याग्दी, १४ माघ । म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा जिल्लामै पहिलो पटक स्नातकोत्तर तहको पठनपाठन सुरु हुन लागेको छ । विभुवन विश्वविद्यालय बाट स्नातकोत्तर तहको पठनपाठनको अनुमती पाएपछि क्याम्पसमा व्यवस्थापन संकाय अन्र्तगत सेमेस्टर प्रणालीमा स्नातकोत्तर तहको पढाई हुन लागेको हो । माघ १९ गतेसम्म प्रवेश परिक्षा (सिम्याट) आवेदन... पुरा पढ्नुहोस

बेनीमा भैसी र राँगा डोहोराउँदै बालकहरु (रोचक फोटो कथा)

म्याग्दी, १३ माघ । बेनीमा एक बालक दुई वटा चौपायालाई एक्लै डोहोराउँदै आउँछन् । उनका पछाडी सहयोगी पनि एक बालक लौरो समाएर पछि लाग्छन् । ति बालकका पछाडी अरु दुई जना पनि उस्तै गरि चौपाया डोहोराईरहेका हुन्छन् । नाक छेडेर डोरी लगाएका कारण ति चौपायाँ शान्त संग बालकहरुले डोहोरायतिरै लाग्छन्... पुरा पढ्नुहोस

म्याग्दी सञ्जीवनी हस्पिटल सञ्चालक समिति अध्यक्षमा सुवासकुमार श्रेष्ठ चयन

म्याग्दी, १३ माघ । म्याग्दी सञ्जीवनी हस्पिटल प्रालिले पछिल्लो छ महिनामा गुणस्तरीय सेवामा प्रबाहमा सुधार गरेको जनाएको छ । आर्थिक बर्ष २०७३÷०७४ को एकबर्षको अवधीमा भन्दा चालु आर्थिकबर्षको ६ महिनामा हस्पिटलको हरेक विभागबाट प्रवाह हुने सेवाबाट सेवाग्राही सन्तुष्ट बनेको र सँख्या बढ्दै गएको देखिएको हो ।हस्पिटलले दिएको जानकारी अनुसार, गत... पुरा पढ्नुहोस