म्याग्देली युवाहरुले काठमाण्डौमा चलाए ‘म्याग्दी घुम्न जाउँ’ अभियान (तस्बिर सहित)

  • १९ जेष्ठ २०७५, शनिबार
  • 2630 पटक पढिएको

#Myagdivisityear2075
म्याग्दी, १९ जेठ । काठमाण्डौमा रहेका म्याग्देली युवाहरुले म्याग्दी भ्रमण बर्ष–२०७५ लाई सफल बनाउन ‘म्याग्दी घुम्न जाउँ’ अभियान चलाएका छन् । १ नगरपालिका सहित ६ स्थानीय तहमा रहेका पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार र पर्यटन विकासको लागि म्याग्दी उद्योग बाणिज्य संघले सञ्चालन गरेको म्याग्दी भ्रमण बर्षलाई सफल बनाउन काठमाण्डौमा म्याग्देली विद्यार्थी र युवाहरुले उक्त अभियान सुरुवात गरेका हुन् ।


यसैबिच शनिवार निरोज कार्कीको संयोजकत्वमा काठमाण्डौमा म्याग्दी भ्रमण बर्ष बिषयक छलफल तथा टिसर्ट वितरण गरिएको छ । संघले उपलब्ध गराएका टिसर्टहरु विभिन्न क्षेत्रका महानुभावहरुलाई वितरण गरिनुको साथै मार्च पास समेत गरिएको संयोजक कार्कीले जानकारी दिनुभयो ।


सो अवसरमा भ्रमण बर्षलाई कसरी सफल बनाउने भन्ने बिषयमा छलफल समेत गरिएको छ । दिपेन्द्र रिजालले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरुले आ–आफ्नो स्थानीय तहभित्र रहेका पर्यटकीय क्षेत्रहरुको अबस्था र सम्भावनाहरुबारे जानकारी गराएका थिए । उक्त अवसरमा करिब ४० जनाको समुहमा रहेका म्याग्देली युवा एवम विद्यार्थीहरुको समुहले काठमाण्डौका विभिन्न ठाउँमा म्याग्दी भ्रमण बर्षको स्टिगर टाँस गर्ने, पर्चा वितरण लगायतका कामहरु समेत गरेको जनाएको छ ।