विशेष

बेनी – जोमसोम सडक यात्रामा बाढी पहिरोले निम्त्याएको शास्ती (भिडियो सहित)

म्याग्दी, ४ भदौ । बेनी–जोमसोम सडक खण्ड अन्र्तगत विभिन्न स्थानमा खसेको पहिरो र कालिगण्डकी नदी कटानको कारण सडक अबरुद्ध बनेपछि यात्रुहरुलाई सास्ती भएको छ । अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीको नागढुङ्गा मुस्ताङको थासाङ्ग गाउँपालिका–४ घाँसाको काभ्रेभिरमा कालीगण्डकी नदीले सडक बगाएपछि यात्रुहरु भिरको बाटो जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।... पुरा पढ्नुहोस

म्याग्दी सहकारीको बार्षिक कार्ययोजना पारित

म्याग्दी, ४ भदौ । म्याग्दी बचत तथा ऋण सहकारी संस्था काठमाडौँले बार्षिक कार्ययोजना पारित गरेको छ । रोजगार र पेशा व्यवसायको सिलसिलामा काठमाडौँमा रहेका म्याग्देलीहरुको साझा संस्थाको रुपमा स्थापित सहकारीकी अध्यक्ष थदेवी पुनको अध्यक्षतामा सम्पन्न सञ्चालक समितिले वैठकले म्याग्दी भ्रमण बर्षलाई सफल बनाउन म्याग्दीका पर्यटकीय क्षेत्रहरुको भ्रमण गर्ने लगायत ७... पुरा पढ्नुहोस

शेरचन परिवारद्धारा दिपक माविलार्इ तिनलाख भन्दा बढी सहयोग

बेनी ३ भदौ । बेनी नगरपालिका १० पात्लेखेतको दिपक माविलाई एक परिवारले तिनलाख रुपैया भन्दा सहयोग गर्नुभएको छ । पात्लेखेत घर भई हाल अमेरीकामा बसोबास गर्दै आउनुभएका मनप्रसाद शेरचनका परिवारले तिन लाख पाँचहजार रुपैया सहयोग गरेका हुन् । यसअघि विभिन्न समयमा दुई लाख रुपैया सहयोग गरिसक्नु भएका शेरचन परिवारबाट आईतबार... पुरा पढ्नुहोस

म्याग्दीको यार्सागुम्बा संकलन र व्यवस्थापनः एक समाजशास्त्रीय अध्ययन

यार्सागुम्बाको परिचय म्याग्दी / यार्सागुम्बा अर्थात यार्सा कीरा समूहको लेपिडेप्टेरा वर्गमा पर्ने विभिन्न जातका राती उड्ने पुतलीको लार्भामा उम्रिने एक किसिमको परजीवी च्याउ हो । यसको बैज्ञानिक नाम Cardyceps sinensis हो । यो नेपालको उच्च हिमाली भेगमा पाईने अत्यन्त दुर्लब र बहुमुल्य जडिबुटी हो । तिब्बती भाषा यार्चाकुम्भू अपभ्रंस भएर... पुरा पढ्नुहोस

रघुगङ्गा गाउँपालिका अध्यक्ष भण्डारीको तलब बालबालिकाको शिक्षामा

म्याग्दी, ३ भदौ । म्याग्दीका एक स्थानीय तहका अध्यक्षले जनप्रतिनिधिका हैसियतमा आफूले पाएको सुविधा सामाजिक काममा लगानी गर्नुभएको छ । रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले राज्यले जनप्रतिनिधिको तलबका रुपमा उपलब्ध गराएको रकम गरिब, विपन्न र अनाथ बालबालिकाको शिक्षामा परिचालन गर्ने उद्देश्यले कोष स्थापना गर्नुभएको हो । गाउँ कार्यपालिकाको बैठकबाट परिवारका... पुरा पढ्नुहोस

रघुगंगा माविका प्रअ ठकुरीद्धारा जन्मदिनको अवसरमा सामाजिक क्षेत्रमा सहयोग

म्याग्दी, ३ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा रहेको रघुगंगा माध्यमिक विद्यालयका प्रधानध्यापक रमेशसिंह ठकुरीले आफ्नो जन्मदीन सहयोग हस्तान्तरण गरि मनाउनुभएको छ । प्रअ ठकुरीले जन्मदीनको अवसरमा विद्यालयमा अध्ययनरत ७ जना अभिभावक गुमाएका बालबालिकाहरु लाई एक/एक थान विद्यालय पोशाक उपहार स्वरुप प्रदान गर्नुभएको छ । त्यसैगरि उहाँले विद्यालयमा रहेको पुस्तकालयको... पुरा पढ्नुहोस

बाढीले बाँधमा क्षती पु¥याउँदा म्याग्दी र मुस्ताङका २ जलविद्युत् आयोजना बन्द

म्याग्दी, २ भदौ । बाढीले बाँधमा क्षति पु¥याएपछि म्याग्दी र मुस्ताङका दुई जलविद्युत् आयोजना बन्द भएका छन् । बाढीले असर पु¥याउँदा मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेस्थित १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापस्थित दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत आयोजना बन्द भएको हो ।टुकुचे हिमालको फेदीमा रहेको... पुरा पढ्नुहोस

कालीगण्डकीको धार परिवर्तनः तातोपानीकुण्ड जोखिममा, मासु पसल र ब्लक उद्योग डुबानमा (फोटो फिचर)

बेनी, २ भदौ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानीमा कालीगण्डकी नदीले धार परिवर्तन गरेपछि एक मासु पसल र ब्लक उद्योग डुबानमा परेका छन् । कालिगण्डकी नदीको सतह बढेर धार परिवर्तन गर्दा नदीको किनारमा रहेको भुरुङ–तातोपानि मिट सप्लायर्स एण्ड फ्रेश हाउस र भुरुङ तातोपानि ब्लक उधोग डुवानमा परेका छन् । त्यसैगरि खेलकुद मैदान... पुरा पढ्नुहोस

कलाकार थापाद्धारा दिवंगत छोरीको स्मृतीमा अक्षयकोष स्थापना (फोटो फिचर)

म्याग्दी २ भदौ । म्याग्दीकी अग्रज कलाकार धनकुमारी थापाले दिवंगत छोरीको स्मृतीमा रघुगंगा गाउँपालिका ७ चिमखोला स्थित अमर माविमा अक्षयकोष स्थापना गर्नुभएको छ । अस्टे«लीयाको सिड्नीमा दिवंगत भएकी संगिता राम्जालीको वार्षिक पुण्य तिथी पारेर शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा गरिब, विपन्न, जेहेन्दार र उत्कृष्ट विद्यार्थीको सहयोगका लागि तिन लाख रुपैयाको अक्षयकोष... पुरा पढ्नुहोस

म्याग्दीको बाढी पहिरोको समस्याबारे साँसद थापाद्धारा सरकारको ध्यानकर्षण

म्याग्दी, १ भदौ । म्याग्दीका प्रतिनिधि सभाका साँसद भुपेन्द्र बहादुर थापाले गत मंगलवार राती आएको बाढी पहिरोबाट प्रभावित भएकाहरुलाई राहत र जोखिमपूर्ण क्षेत्रहरुमा संरक्षणको लागि सरकारको ध्यानकर्षण गराउनुभएको छ । संघिय संसदमा बिशेष समय लिएर बोल्दै साँसद थापाले पहिरोबाट  मालिका गाउँपालिका-२ बिलबाङमा ६ घर पूर्ण रुपमा क्षती भएको र उत्तरी... पुरा पढ्नुहोस