बेलायतमा कुईनेमंगलेबासीले नदी कटानले बगाएको विद्यालय र बाढी पिडितलाई करिब १४ लाख जुटाए

  • ४ मंसिर २०७५, मंगलवार
  • कमल खत्री
  • 2281 पटक पढिएको

म्याग्दी, ४ मंसिर ।  म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेमा बाढीले बगाएको रितुङ माविको पुननिर्माण र घरबार विहिन बाढी पिडितको लागि करिब रु १४ लाख सहयोग जुटेको छ । गत भदौ २७ गते रघुगंगा नदीमा आएको भिषण बाढीको कटानले बगाएको रितुङ माविको पूर्वाधार निर्माण र बाढीबाट घरबार विहिनको लागि बेलायतमा बस्ने कुईनेमंगलेबासीले १३ लाख ९० हजार ५ सय ३० रुपैया संकलन गरेका हुन् ।


बेलायतमा संकलन भएको सो सहयोग रकम मध्ये बाढीले घरबार विहिन भएका खरिबोटका २ घरपरिवारलाई ६ लाख र बाँकी ७ लाख ९० हजार ५ सय ३०रुपैयाँ रितुङ मावि पुननिर्माणको लागि पठाईएको अर्थसंकलनका अभियन्ता मिमप्रसाद छन्त्यालले जानकारी दिनुभयो । विद्यालयको लागि उपलब्ध गराईएको सहयोग रकम बिपद व्यवस्थापन समितिका संयोजक एवम रघुगंगा गाउँपालिका–८ का वडा अध्यक्ष गमान छन्त्याल र घरबारबिहिन परिवारको लागि उठेको सहयोग रकम स्थानीय खरिबोट आमा समुह मार्फत सम्बन्धित ठाउँमा उपलब्ध गराईने तयारी गरिएको छन्त्यालले बताउनुभयो ।

‘‘ जन्मथलोमा आईपरेको विपत्तलाई व्यवस्थापनमा सहयोग पुगोस भनेर आर्थिक संकलन गरेका हौँ, बेलायतमा बस्ने कुईनेमंगलेबासी संगै अन्य नेपालीहरुले समेत खुलेर सहयोग गर्नुभयो, सहयोगले विद्यालय र घरबार विहिनभएकाहरुको घर पुननिर्माणमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ’’– बेलायतमा आर्थिक संकलन अभियानको नेतृत्व गर्नुभएका छन्त्यालले भन्नुभयो ।

आर्थिक संकलन अभियानमा सहयोग गर्ने सहयोगदाता, अभियानमा सहयोग गर्ने बेलायतमा रहनुभएका रघुगंगा गाउँपालिका–८ का सबै बासिन्दाहरु संगै सन्देवी खड्का छन्त्याल, दलप्रसाद् खड्का छन्त्याल, लीलामनी पुर्जा, ताराप्रसाद् भलन्जा छन्त्याल, तमबहादुर घरब्जा छन्त्याल, सचिन खड्का छन्त्याल,राम घरब्जा छन्त्याल, चन्द्र घरब्जा छन्त्याल, सतिमाया भलन्जा छन्त्याल, यमुना खड्का छन्त्याल, पनदेवी घरब्जा छन्त्याल् र तारा गर्बुजा संगै मल्कबाङ समाज बेलायतका अध्यक्ष शेर छन्त्याललाई अभियन्ता मिमप्रसाद छन्त्यालले धन्यबाद ज्ञापन गर्नुभएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l