तीनजना बिरामीलाई मोना यूएईद्धारा १ लाख सहयोग

  • ३ मंसिर २०७५, सोमबार
  • 1610 पटक पढिएको


बेनी, ३ मंसिर । म्याग्दी प्रवासी नेपाली संघ, मोना यूएईले उपचार गराइरहेका तीनजना बिरामीलाई एक लाख आर्थिक सहयोग गरेको छ । आर्थिक अभाव र विपन्नताका कारण लामो समय उपचारबाट बन्चित भएका विरामीलाई मोना यूएईल संकलन गरेको रकम विरामीका आफन्तलाई हस्तान्तरण गरेका छन् ।


मोना यूएईका महासचिव सुवास राम्जाली, उपसमिति सदस्य रुपा मिजारले आँखामा समस्या भएका धवलागिरी गाउँपालिका–२ लुलाङका नजिर विकलाई ४० हजार, सोही गाउँपालिकाका वडा नं ७ ताकमका थम बहाद’र स’नार मृगौलापीडित ३० हजार र बेनी नगरपालिका–( कोशेपानीकी मुटुरोगी सपना मिजारको उपचारमा ३० हजार सहयोग उपलब्ध गराइएको हो ।सदरमुकाम बेनीस्थित परोपकारी संस्था ओमकुमारी शान्ति कोषको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै मोना यूएईका महासचिव सुवास राम्जालीले आर्थिक अभावकै कारण उपचारमा समस्या भएको जानकारी लगत्तै सहयोग सङ्कलन गरिएको बताए ।


विपन्न म्याग्देलीको उपचारमा सानो सहयोगले पनि बिरामीले नयाँ जीवन भएकाले पनि संस्थाले संस्थागत संगै मानवीय सेवालाई पनि निरन्तरता दिने गरेको बताउन’भयो । कार्यक्रममा ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले मानवीय सेवामा प्रवासी म्याग्देलीको सहयोग अतुलनीय रहेको बताए । उनले म्याग्दी जिल्लाको परोपकारी अभियानलाई थप प्रभावकारी बनाउन कोषले १ करोड ५० लाखको अक्षय कोष स्थापना गर्ने अभियानमा समेत जुटेको बताएका थिए ।
मुटुरोगी सपनाकी आमा नैन मिजारले छोरीको उपचारमा आर्थिक अभाव भएपनि स्वदेश तथा विदेशबाट प्राप्त सहयोगले सहज भएको बताउँदै एकबर्षसम्म निरन्तर आर्थिक सहयोग आवश्यकता रहेको बताए । कार्यक्रममा राष्ट्रिय मावि घतानका शिक्षक हरिप्रसाद ढुंगाना, पीडितका आफन्तको उपस्थिती रहेको थियो । सोही अवसरमा लायन्स क्लव बेनी पिससिटीले नजिरको १० हजार सहयोग हस्तान्तरण गरेको थियो ।