विशेष

म्याग्दीमा निःशुल्क मुटुरोग शिविर हुने

म्याग्दी ५ वैशाख । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा म्याग्दी जिल्लामा विदेशी चिकित्सक सहित दुई दिने निःशुल्क मुटु परीक्षण एवम् स्वास्थ्य शिविर गरिने भएको छ । काठमाण्डौमा रहेको सेभ द हार्टको आयोजना, मनमोहन कार्डियोग्राफि तथा भास्कुलर सेन्टरको प्राविधिक सहयोग र म्याग्दीको ओमकुमारी शान्ति कोष र म्याग्दी प्रवासी नेपाली... पुरा पढ्नुहोस

रघुगंगामा माओवादीबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बन्न चार जना आकांक्षी

म्याग्दी ५ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) बाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवारमा चार जनाले आकांक्षा राखेका छन् । पार्टीको गाउँपालिका कमिटीमा गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बन्न बिश्व सेन मल्ल, रिम कटुवाल, हरि भण्डारी र सुविन शेरपुञ्जाले आकांक्षा राख्नुभएको हो... पुरा पढ्नुहोस

पर्यटकको रोजाईमा रहेको दुरुलेक

म्याग्दी, ५ बैशाख । नयाँ बर्ष सुरुसंगै म्याग्दीको मालिका गाउँपालिका– २ रुमस्थित पर्यटकियस्थल दुरुलेकमा आन्तरिक पर्यटकको भिड हुने गर्छ । समुन्द्री सतहदेखि ३ हजार ४८४ मिटर उचाइमा अवस्थित दुरुलेखमा हिमशृङखला र ग्रामिण भुगोलको अवलोकनका लागि नयाँ बर्षमा म्याग्दी र बागलुङका पर्यटक पुग्ने गर्छन् । प्राकृतिक, जैविक, ऐतिहासिक र धार्मिकस्थलको रुपमा... पुरा पढ्नुहोस

रघुगंगाका पाँच वडामा माओवादीबाट वडा अध्यक्षका उम्मेदवार चयन

म्याग्दी ४ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) बाट पाँच वटा वडामा वडा अध्यक्षका उम्मेदवारहरुको टुंगो लगाइएको छ । वडा कमिटीको बैठकबाट वडा नम्बर १ बेगखोला, २ भगवति, ४ दग्नाम, ६ पाखापानी र ८ कुइनेमंगलेमा सर्वसम्मत रुपमा वडा अध्यक्षका उम्मेदवारहरुको... पुरा पढ्नुहोस

बेनीको मेयर र उपमेयरमा माओवादीका उमेद्वार सिफारिस

बेनी, ४ बैशाख । नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीको बेनी नगरपालिकाको मेयर र उपमेयरका उमेद्वार सिफारिस गरेको छ । बेनीमा आइतबार बसेको बेनी नगर कमिटिको बैठकले मेयरमा सेरबहादुर केसी र धनलाल जैसी, उपमेयरमा ज्योती लामिछाने पौडेलको नाम प्रदेश कमिटिमा सिफारिस गर्ने निर्णय गरेको हो । माओवादीका... पुरा पढ्नुहोस

घोडेपानी–प्यारीबाराही ताल जोड्ने साइकलमार्ग सञ्चालन

म्याग्दी ३ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीदेखि वडा नं ७ स्थित प्यारीबाराही ताल जोड्ने साइकल मार्ग सञ्चालनमा आएको छ । सडक विस्तारसँगै छोटिएको पर्यटकको बसाइ लम्ब्याउन प्यारीबाराही ताललाई सहायक गन्तव्य बनाएर गुराँसको जङ्गलभित्र साइकल मार्ग सञ्चालन गरिएको हो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले पर्यटक र पाहुनाको बसाइ लम्बाउन... पुरा पढ्नुहोस

बेनी–मालढुङ्गा सडक दैनिक पाँच घण्टा बन्द

म्याग्दी ३ वैशाख । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ । मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहजरुपमा गति दिन २०७९ वैशाख २५ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवतजावत बन्द गरिएको हो । बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मालढुङ्गा–बेनी... पुरा पढ्नुहोस

आहा ! पर्यटकीय दुरलेकको गुराँसे जंगल ( फोटो फिचर)

बेनी, ३ वैशाख । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा अवस्थित पर्यटकीय स्थल दुरलेकको जंगलमा ढकमक्क फुलेको लालीगुराँस। समुन्द्री सतहदेखि ३ हजार ४८३ मिटर उचाइमा अवस्थित दुरलेख हिमशृङखला र ग्रामिण भुगोलको अवलोकनका लागि प्रख्यात मानिन्छ । यहाँ नयाँ बर्ष वैशाख १ गतेका दिन आन्तरिक पर्यटकहरुको भिडभाड नै लाग्ने गर्छ । यो क्षेत्रमा... पुरा पढ्नुहोस

कांग्रेसबाट मालिकाको अध्यक्षमा श्रीप्रसाद रोकाको उम्मेदवारी

म्याग्दी, २ बैशाख । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट मालिका गाउँपालिकाको अध्यक्ष श्रीप्रसाद रोकालाई पुनः अध्यक्ष पदको उम्मेदवारमा दो¥याउने निर्णय गरेको छ । कांग्रेस गाउँपालिका कमिटीको शुक्रबार बसेको बैठकले विस २०७४ को चुनावमा बिजयी रोकामगरलाई यसपटक अध्यक्षको उम्मेदवारमा दो¥याउने निर्णय गरेको हो । युवा नेताको... पुरा पढ्नुहोस

नेपाली काँग्रेसबाट बेनी नगरपालिकाको मेयरको उम्मेदवारमा चिरञ्जीवी शर्मा सर्वसम्मत

म्याग्दी २ वैशाख। आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट बेनी नगरपालिकाको मेयरको उम्मेदवारमा चिरञ्जीवी शर्मा सर्वसम्मत चयन हुनुभएको छ । शुक्रवार बेनीमा बसेको काँग्रेस म्याग्दीको पदाधिकारी बैठकले शर्मालाई सर्वसम्मत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । विहिवार नेपाली काँग्रेस बेनी नगरसमितिको बैठकले मेयरको आँकाक्षी १०... पुरा पढ्नुहोस