जलजलामा कानुन विपरित निकालिएको नदीजन्य बस्तुको लिलाम विक्रि गर्ने

  • २७ भाद्र २०७९, सोमबार
  • धिरन खत्री
  • 546 पटक पढिएको

 

म्याग्दी, २७ भदौ । पर्वतको जलजला गाउँपालिकाले कानुन विपरित कालीगण्डकी नदीमा उत्खनन् गरिएको नदीजन्य बस्तुको लिलाविक्रि गर्न अनुगमन गरिएको छ । सर्वोच्च अदालतको आदेश विपरित ठेक्का नलागेको ठाउँमा रातको समयमा उपकरण प्रयोग गरि निकालिएको नदीजन्य बस्तुको जफत गरेको थियो । जलजला गाउँपालिकाले सरोकारवालाहरुको सहयोगमा अवैध रुपमा उत्खनन् गरिएको नदीजन्य बस्तुको लिलाम विक्रि गर्न सोमबार नापजाच गरेको छ ।


पर्वतको वारी बेनी देखि डम्मु खोलासम्म कालीगण्डकी नदीमा अवैध रुपमा उपकरण प्रयोग गरेर नदीको किनारमा थुपारिएको बालुको लिलाविक्रिको लागि नापजाच गरेका छन् । जलजलाको लामाखेत, मोहन चोक, मिलनचोक, केराबारी, लस्ती फोर्से, खन्याघाट लगायतको क्षेत्रमा अवैध रुपमा उत्खनन् गरेर थुपारिएको बालुवाको लिलाविक्रि गर्न अनुगमन गरिएको जलजला गाउँपलिका उपाध्यक्ष एवम् अनुमगन टोलीका संयोजक दिपक आचार्य, (आकाश ) ले बताउनुभयो ।


साउन, भदौ महिनामा वातावरणीय प्रभाव मूल्यांकन विपरित उत्खनन् गरिएको बालुवालाई लिलाम विक्रि गराउन गाउँपालिका उपाध्यक्ष दिपक आचार्य, जिसस र पालिका ईन्जिनियर, सुरक्षाकर्मी लगायतको उपस्थितमा किनारमा थुपारिएको नदीजन्यबस्तु नापजाच गरिएको थियो । गाउँपालिकाको उपाध्यक्ष नेतृत्वमा तयारी पारिएको प्रतिवेदनलाई कार्यपालिकाको छलफलबाट लिलाम विक्रिका लागि प्रक्रिया अघि बढाउने उपाध्यक्ष आचार्यले जानकारी दिनुभयो ।


गत साउन १८ गते पर्वतस्थित कालीगण्डकी नदीमा बालुवा चोर्न प्रयोग भएका डोजरहरु शिल गरिएको थियो । बर्षातको समयमा उत्खनन् गर्न नपाउने नियम हुदाँहुदै ब्यवसायीले एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन् गर्ने बेच्ने गरेका छन् ।
राजनीतिक दल, जनप्रतिनिधि, प्रशासन र सुरक्षा निकायको संरक्षणमा पर्वत खण्डमा कानुन विपरित ठेक्का नलागेको ठाउँमा उपकरण प्रयोग गरेर अवैध रुपमा बालुवा उत्खनन् बढिरहेको जनगुनासो छ । म्याग्दी, पर्वत, बागलुङ क्षेत्रमा कानुन विपरित नदीजन्यबस्तुको उत्खनन् बढीरहेको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l