म्याग्दी जेसिजद्वारा कपडा बैङ्कमा सहयोग

  • २६ भाद्र २०७९, आईतवार
  • 465 पटक पढिएको

 

बेनी, २६ भदौ । म्याग्दी जेसिजले बेनी नगरपालिका वडा नम्वर ७ ले स्थापना गरेको ‘कपडा बैंक’ लाई सहयोग गरेको छ । जेसिजका शाखा अध्यक्ष सन्दिप खत्रीको टोलीले वडा अध्यक्ष रमेशकुमार श्रेष्ठलाई एक सय थान भन्दा बढी कपडा उपलब्ध गराएको हो । जेसिजकी सदस्य सुनिता बेल्वासेको संयोजकत्वमा रहेको समितिले बजारका ब्यापारीहरुबाट प्रयोग गर्न योग्य तर उपयोग नभएका कपडा संकलन गरिएको थियो ।

प्रयोग गर्न मिल्ने कपडाहरु संकलन गरी गरिव परिवारलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले वडा कार्यालयमा कपडा बैंक स्थापना गरिएको वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो । ‘कपडा बैंकमा प्रयोग गर्न योग्य लत्ताकपडा संकलन भइरहेको छ । आवश्यक पर्नेले यहाँ आएर कपडा रोजेर लान सक्छन्’, श्रेष्ठले भन्नुभयो ।

जिल्ला भित्र वा बाहिर असहाय, असक्त तथा आर्थिक अवस्था कमजोर भएका ब्यक्तिलाई मौसमअनुसारका कपडा उपलब्ध गराउने वडा कार्यालयले जनाएको छ । कपडा बैंकबाट प्राकृतिक विपत्तिमा परेका, बवारिसे अवस्थामा भेटिएका, गरीव तथा विपन्न परिवालाई ठुलो रात पुग्ने देखिन्छ ।