विशेष
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको अध्यक्षमा अमर बानियाँ चयन
- 2 बर्ष, 27 दिन अगाडि
- ११ पुष २०७९, सोमबार
म्याग्दी ११ पुस । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको ३० औं बार्षिक साधारण सभा तथा अधिबेशनबाट अमर बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । सोमबार जिससको सभाहलमा आयोजित साधारणसभा तथा अधिवेशनबाट बानियाँकाे नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्य समिति चयन भएकाे हाे । समितिकाे उपसभापतिमा विष्णुकुमारी रोका, कासीराम रेग्मी,... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकाको १४ औँ गाउँसभाः रु १ करोड ८५ लाख थप बजेट विनियोजन
- 2 बर्ष, 27 दिन अगाडि
- ११ पुष २०७९, सोमबार
म्याग्दी ११ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकाले विभिन्न ५१ वटा योजनाहरुमा रु १ करोड ८५ लाख बजेट विनियोजन गरेको छ । सोमबार सम्पन्न १४ औँ गाउँसभा मार्फत पालिकाको नगद मौज्दात रहेको बजेटबाट विभिन्न योजनाहरुको लागि बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता मनकुमार शेरपुञ्जाले जानकारी दिनुभयो । गाउँसभाले वृहत घोप्टेखोला र बृहत... पुरा पढ्नुहोस
को बन्ला गण्डकीको मुख्यमन्त्री ?
- 2 बर्ष, 27 दिन अगाडि
- ११ पुष २०७९, सोमबार
रामबहादुर थापा पाेखरा ११ पुस । केन्द्रीय समीकरण फेरिएसँगै गण्डकी प्रदेशको सत्ता राजनीतिमा पनि बदलाव आएको छ । २७ सिट जितेर प्रदेश सरकारको नेतृत्व लिन तम्तयार रहेको नेपाली कांग्रेसलाई एकाएक प्रतिपक्षमा बस्नुपर्ने स्थिति आइलागेको छ । तत्कालीन नेकपा विभाजनपछि सरकारको नेतृत्वबाट बाहिरिएको नेकपा (एमाले) डेढ वर्षपछि पुनः सत्तामा फर्किँदै छ... पुरा पढ्नुहोस
आठ सदस्यीय मन्त्रिपरिषद् गठन, तीन जना उपप्रधानमन्त्री
- 2 बर्ष, 27 दिन अगाडि
- ११ पुष २०७९, सोमबार
काठमान्डाै ११ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । आइतबार मात्रै नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष दाहाल नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेलले सहाल्नुभएको छ । यस्तै, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको रूपमा नारायणकाजी... पुरा पढ्नुहोस
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त
- 2 बर्ष, 28 दिन अगाडि
- १० पुष २०७९, आईतवार
काठमान्डौ १० पुस । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिमको प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। सात राजनीतिक दल र तीन स्वतन्त्र सांसदले आज दिउँसो पौने पाँच बजे प्रचण्डलाई संविधानको धारा ६ को उपधारा २ अनुसारको प्रधानमन्त्री... पुरा पढ्नुहोस
प्रकाश माविद्वारा आयोजित विज्ञान प्रदर्शनीमा बेनी बोर्डिङ प्रथम
- 2 बर्ष, 30 दिन अगाडि
- ८ पुष २०७९, शुक्रबार
म्याग्दी ८ पुस । बेनीको प्रकाश माविले आयोजना गरेको विज्ञान प्रदशर्नी प्रतियोगितामा बेनी वोर्डिङ सेकेन्डरी स्कुल प्रथम भएको छ । विद्यालयको ७० औँ वार्षिक उत्सवको अवसरमा शुक्रबार आयोजित अन्तरमावि स्तरीय विज्ञान प्रदर्शनी प्रतियोगितामा प्रकाश मावि द्वितिय, बेनी सामुदायिक मावि र न्यु वेष्ट पोईन्ट आवासीय मावि तृतिय र फर्से धाईरिङ... पुरा पढ्नुहोस
भीरको डिलमा घर (फोटो फिचर)
- 2 बर्ष, 30 दिन अगाडि
- ८ पुष २०७९, शुक्रबार
बेनी ८ पुस (रासस) : म्याग्दीको रघुगंगा गाउँपालिका–६ कोटगाउँको पुछारमा भीरको डिलमा रहेको एक घर । पहाडी क्षेत्रमा भीरको नजीक देखि पाखामा नै परम्परागत रुपमा बस्ती बसेको देखिन्छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस
तातोपानी कुण्ड जान कालीगण्डकीमा अस्थायी काठेपुलको भर
- 2 बर्ष, 30 दिन अगाडि
- ८ पुष २०७९, शुक्रबार
बेनी, ८ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको कालीगण्डकी नदी किनारमा रहेको तातोपानी कुण्डमा जाने पर्यटक र उपचारका लागि जाने विरामीहरुले कालीगण्डकी नदीमा अस्थायी काठेपुलको प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानीबाट पाउद्धार तातोपानी कुण्ड जानका लागि झोलुङ्गे पुलको अभाब भएपछि कालीगण्डकी नदी वारपार गर्न स्थानीय प्रवधिको प्रयोग... पुरा पढ्नुहोस
मुस्ताङमा फस्टाउँदै आलुखेती
- 2 बर्ष, 30 दिन अगाडि
- ८ पुष २०७९, शुक्रबार
मुस्ताङ ८ पुस । मुस्ताङमा व्यावसायिक आलुखेती फस्टाउँदै गएको छ । स्याउपछि आलु मुस्ताङबाट निकासी हुने प्रमुख कृषिउपज बनेको छ । मुस्ताङमा यसपाली नौ हजार छ सय तीन मेट्रिकटन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीका अनुसार ७० प्रतिशत आलु देशका विभिन्न बजारमा निकासी... पुरा पढ्नुहोस
मुनामा ग्यावीयन बुन्ने तालिम सम्पन्न
- 2 बर्ष, 30 दिन अगाडि
- ८ पुष २०७९, शुक्रबार
बेनी, ८ पुष । म्याग्दीको धवलागिरी गाउँपालिकाले ३० जना युवाहरुलाई ग्यावीयन जाली बुन्ने तालिम दिएको छ । पहिरो, नदी कटान, भू–क्षय रोकथाम र सडक आयोजनामा प्रयोग हुने ग्यावीयन जाली बुन्ने काममा स्थानीय युवाहरुलाई परिचालन गर्न तालिम दिइएको हो । १५ दिनसम्म सञ्चालन भएको तालिम बुधबार सकिएको छ । गाउँपालिकाका उपाध्यक्ष... पुरा पढ्नुहोस