नेपाल केन्पो काई संघ म्याग्दीको तदर्थ समिति गठन

  • २२ श्रावण २०८०, सोमबार
  • 469 पटक पढिएको

 

म्याग्दी, २२ साउन । जिल्ला खेलकुद विकास समितिको कार्यालयमा सोमबार सम्पन्न भएको एक भेलाले नेपाल केन्पो काई संघ म्याग्दीको तदर्थ समिति गठन गरेको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश के.सी.को अध्यक्षतामा भएको भेलाबाट नविन पौडेलको अध्यक्षतामा ९ सदस्यीय नेपाल केन्पो काई संघ म्याग्दी तदर्थ समिति गठन गरेको हो ।

समितिको उपाध्यक्ष गोकुल वि.क., सचिवमा गोकुल विश्वकर्मा, कोषाध्यक्षमा सुप्रेणा किसान रहेका छन् भने सदस्यहरुमा कृष्णप्रसाद पौडेल, अस्मिता भण्डारी, सुस्मिता बानियाँ, सन्तोष वि.क. र रिजन खत्री रहेका छन् । भेलाले खेलकुद विकास समितिका अध्यक्ष दिनेश के.सी. र सन्दिप खत्रीलाई सल्लाहकारको रुपमा चयन गरेको अध्यक्ष नविन पौडेलले जानकारी दिए ।

नेपाल केन्पो काइ संघ नेपालका का.वा. अध्यक्ष हरि खड्काको विशेष उपस्थितीमा उक्त समितिको गठन गरिएको थियो । म्यागदी जिल्लामा पनि नेपाल केन्पो काई संघ अन्तर्गतका मार्सल आर्ट खेल खेल्ने खेलाडी भएपनि खेलको व्यवस्थापन तथा प्रबद्र्धनका लागि समितिको आवश्यकता महसुस गरी समितिको गठन गरिएको हो । म्याग्दी जिल्लाको पालिका स्तरमा समेत तत्कालै समिति गठन गरिने अध्यक्ष पौडेलले बताए ।