नेपाल मगर संघ म्याग्दीद्धारा अधिवक्ता भगवती पाण्डेलाई कारबाहीको माग

  • २२ श्रावण २०८०, सोमबार
  • 752 पटक पढिएको

म्याग्दी २२ साउन । नेपाल मगर संघ म्याग्दीले अधिवक्ता भगवती पाण्डेले आदिवासी समुदायको प्रथाजनित अभ्यासप्रति गलत ढंगले सार्वजनिक व्याख्या गरेको भन्दै कारबाहीको माग गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रालयमा ज्ञापन पत्र पठाउँदै संघले आनुवांशिक रुपमा नै तामाङ, मगर लगथायतका आदिवासी समुदायलाई अपराधिकरण गर्ने र मान्छेलाई जनावरसंग तुलना गरि दिएको भ्रामक र तथ्यहीन अभिव्यक्तिले समुदायको आत्मसम्मा र प्रतिष्टामा चोट पु¥याएको भन्दै कारबाहीको माग गरेको हो ।


नेपाल मगर संघ जिल्ला समन्वय समिति, म्याग्दीका उपाध्यक्ष खम थापा मगर र निवर्तमान अध्यक्ष डकमायाँ पाईजा नेतृत्वमा पुगेका मगर संघ जिल्ला समन्वय समितिको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्त मार्फत गृहमन्त्रालयमा ज्ञापन पत्र बुझाएका हुन् ।
आदिवासी जनजाति समुदायको प्रथाजनित अभ्यासलाई गलत अर्थ र व्याख्या लगाउँदै भ्रम फैलाउने अधिवक्ता पाण्डेलाई कारबाहीको लागि पटक पटक ध्यानकर्षण गराउँदा समेत कारबाही प्रकृया अघि बढेको सन्दर्भमा साउन ९ गते प्रहरी परिसर टेकुमा उजुरी दर्ता भई पक्राउ पुर्जी जारी भएको थियो ।

पक्राउ पुर्जी जारी भएपनि आबश्यक कारबाही प्रकृया अघि नबढेपछि साउन १७ गते प्रहरी परिसर टेकेमा घेराउ गरेर शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरीले अनाबश्यक बल प्रयोग गरेर दर्जन बढीलाई पक्राउ गरेको र अश्रुग्यास, लाठी, रड, बुट प्रयोग गरेर एक दर्जन बढी महिला तथा पुरुष अभियान्ताहरुलाई नियन्त्रणमा लिएपछि समेत चरम यातना दिएको विरोधमा सोमबार देशभर एकसाथ शान्तिपूर्ण आन्दोलनको घोषणा गरिएको हो ।


ज्ञापन पत्रमा विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता पाण्डेलाई कानुन बमोजिम कारबाहीको माग गरिएको छ भने शान्तिपूर्ण आन्दोलनमा अभियान्ताहरुलाई नियन्त्रणमा लिइसकेपछि अनावश्यक बल प्रयोग गरी चरम यातना दिने प्रहरीलाई कार्बाही गर्न माग गरिएको छ भने यातनाबाट घाईते भएका अभियान्ताहरुको उपचार खर्च सहित उचित क्षतिपूर्ति दिन माग समेत गरिएको छ । उक्त ज्ञापन पत्रलाई गृहमन्त्रालयमा तत्कालै पठाइदिने सहायक प्रजिअ पन्तले बताउनुभयो ।