विशेष
बेनीमा २५ जनाले गरे रक्तदान
- 6 बर्ष, 8 महिना अगाडि
- १९ भाद्र २०७५, मंगलवार
म्याग्दी, १९ भदौ । ५६ औँ नेपाल रेडक्रस दिवसको अवसरमा म्याग्दीमा २५ जनाले रक्तदान गरेका छन् । विभिन्न सामाजिक कार्यमा सक्रिय हाइपर क्रु नेपाल म्याग्दीले मंगलवार आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रका २५ जनाले रक्तदान गरेको संस्थाका म्याग्दी अध्यक्ष अनुप बानियाँले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै रेडक्रस म्याग्दीका सभापती लेख बहादुर... पुरा पढ्नुहोस
सुरेसको उपचारका लागि एक लाख तिरहत्तर हजार आर्थिक सहयोग
- 6 बर्ष, 8 महिना अगाडि
- १९ भाद्र २०७५, मंगलवार
बेनी १९ भदौ । मंगला गाउँपालिका ५ नेटाका मृगौलापिडित सुरेश छन्त्यालको उपचारका लागि मंगलबार एक लाख तिरहत्तर हजार २६ रुपैया आर्थिक सहयोग प्राप्त भएको छ । स्वदेश तथा विदेशमा संकलित रकम मंगला गाउँपालिका–१ खानीगाउँकी सिता अर्मजाले आर्थिक संकलन संयोजक सिता पाईजा र लालकुमार रोकालाई हस्तान्तरण गरेकी हुन् । बचाउ अभियानमा... पुरा पढ्नुहोस
चिमखोला चिनाउने थाली नृत्यको लोकप्रियता (फोटो फिचर)
- 6 बर्ष, 8 महिना अगाडि
- १८ भाद्र २०७५, सोमबार
म्याग्दी १८ भदौ । “यो देशको सबै कला संस्कृती सपारौ यो हाम्रो थाली नाचलाई ओझेलमा नपारौ ए हो ओ...... ओझेलमा नपारौ” कति राम्रो नेपालको थाली झिलीमिली नचाउँछु यसपाली....” म्याग्देली कलाकार लाली बुढाथोकी र मिना गर्बुजाको स्वर रहेको दिलकुमारी राम्जालीको “खुसी लाग्छ नेपाली हुनुमा” भन्ने एल्बमको सालैजो भाकाको यो गितमा जस्तै... पुरा पढ्नुहोस
लिटील गार्डेनको रथयात्रा
- 6 बर्ष, 8 महिना अगाडि
- १८ भाद्र २०७५, सोमबार
बेनी १८ भदौ । बेनी नगरपालीका ८ मा रहेको लिटिल गार्डेन एकेडेमीको आयोजनामा सोमबार बेनीमा श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा रथयात्रा गरिएको छ । विद्यालयको पूर्व प्राथमिक तहको आयोजनामा बालबालिकाहरुलाई राधा र कृष्णको भेषमा सजाएर रथयात्रा मार्फत बजार परिक्रमा गराइएको थियो । बालबालीकाहरुलाई चाडपर्व, धर्म र संस्कृतीको महत्वको बारेमा जानकारी गराउने... पुरा पढ्नुहोस
धारापानीमा केन्द्रिय प्रशारण लाईनको विद्युतको पहुँच
- 6 बर्ष, 8 महिना अगाडि
- १८ भाद्र २०७५, सोमबार
बेनी १८ भदौ । म्याग्दीको धवलागिरी गाउँपालिका ७ धारापानीमा केन्द्रिय प्रशारण लाईनको विद्युत सुबिधा पुगेको छ । गाउँपालिकामै पहिलो पटक धारापानीका दुई सय घरमा शुक्रबार साँझ केन्द्रिय प्रशारण लाईनको बिजुली बलेको हो । गाउँपालिका, नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्र, सामुदायीक वन उपभोक्ता समिति र उपभोक्ताहरुको पहलमा विद्युतीकरण गरिएको उपभोक्ता... पुरा पढ्नुहोस
म्याग्दीबाट अख्तियारमा १८ उजुरी
- 6 बर्ष, 8 महिना अगाडि
- १८ भाद्र २०७५, सोमबार
म्याग्दी, १८ भदौँ । म्याग्दीबाट अख्तियार दुरपयोग अनुसन्धान केन्द पोखरामा १८ उजुरी परेका छन् । आर्थिक बर्ष २०७४/२०७५ मा गृह, उर्जा संघिय, स्वास्थ्य, शिक्षा, उद्योग र सडक लगायतको विषयमा सो उजरी परेको हो । अख्तियार दुरपयोग अनुसन्धान केन्द्र पाेखराले आईतबार बेनीमा आयोजना गरेको एक कार्यक्रममा सो जानकारी गराएको हो ।... पुरा पढ्नुहोस
सुरेसको उपचारका लागि डेढ लाख बढी सहयोग
- 6 बर्ष, 8 महिना अगाडि
- १७ भाद्र २०७५, आईतवार
बेनी १७ भदौ । मंगला गाउँपालिका ५ नेटाका मृगौलापिडित सुरेश छन्त्यालको उपचारका लागि आईतबार डेढ लाख रुपैया भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । दुवै मृगौलाले काम गर्न छाडेपछि काठमाडौको टिचीङ अस्पतालमा उपचार गराइरहेका १९ वर्षिय छन्त्यालका परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि परोपकारी संस्था ओमकुमारी शान्ति... पुरा पढ्नुहोस
हुलाकचोक देखि ईन्द्रेणीटोल जाने गल्लीको बाटोलाई सहज बनाउन माग
- 6 बर्ष, 8 महिना अगाडि
- १७ भाद्र २०७५, आईतवार
बेनी १७ भदौ । बेनी नगरपालिका ७ ईन्द्रेणीटोलका बासिन्दाले हुलाकचोक देखि ईन्द्रेणीटोल जाने बाटोमा पर्ने गल्लीको बाटोलाई सहज बनाउन माग गरेका छन् । ईन्द्रेणी टोल सुधार समितिका अध्यक्ष नैनकुमार श्रेष्ठको नेतृत्वमा आईतबार नगरपालिकामा पुगेको स्थानीयबासीको टोलीले नगर प्रमुख हरिकुमार श्रेष्ठ र वडा अध्यक्ष राजेन्द्र श्रेष्ठलाई भेटेर यस्तो माग राखेका हुन्... पुरा पढ्नुहोस
पर्यटन प्रर्वद्धनका लागि रुईसेमा तिज विशेष कार्यक्रम (फोटोफिचर)
- 6 बर्ष, 8 महिना अगाडि
- १७ भाद्र २०७५, आईतवार
म्याग्दी, १७ भदौँ । रघुगंगा गाँउँपालिकाको प्रमुख पर्यटकियस्थल रुईसे–भेडिओढारमा पर्यटन प्रवद्र्धनका लागि तिज विशेष एवम् दर खाने कार्यक्रम शनिबार सम्पन्न भएको छ । रघुगंगा गाउँपालिकाको आयोजना, वडा २ को ब्यवस्थापन र आमासमुहको सहयोगमा रुईसेमा तिज विशेष प्रतियोगिता आयोजना गरिएको हो । गाउँपालिकाभित्र रहेको मौलिक भेषभुषामा सजिएर १४ टिम आमासमुह सहभागिता... पुरा पढ्नुहोस
पहिरोले बाटो बगाएपछि युवाहरुले बनाए पदमार्ग (फोटो फिचर)
- 6 बर्ष, 8 महिना अगाडि
- १७ भाद्र २०७५, आईतवार
बेनी, १७ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा पहिरोले बाटो बगाएर जोखिमपूर्ण तवरले आवत जावत गर्नुपर्ने बाध्यता हटाउन युवाहरुले पदमार्ग बनाएका छन् । गलेश्वर हुँदै पिप्ले जाने बाटो अन्र्तगत सेतीपखरामा पहिरोले बाटो नै बगाएपछि आवत जावतमा समस्या भएको थियो । तिजको अवसरमा आवतजावत बढी हुने र पहिरोले बाटो बगाएपछि स्थानीय... पुरा पढ्नुहोस