सेवा सहित व्यवसाय, अन्तराष्ट्रिय स्तरको हवाइ टिकट बुकिङ बेनीबाटै

  • ११ चैत्र २०७५, सोमबार
  • धिरन खत्री
  • 2935 पटक पढिएको

म्याग्दी, ११ चैत । के तपाईलाई आन्तरिक तथा अन्तराष्ट्रिय हवाई यात्रा गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने टिकट बुकिङको लागि काठमाण्डौ र पोखरा जानुपर्ने बाध्यता हटेको छ । यहाँका एक युवाले आन्तरिक तथा अन्र्तराष्ट्रिय हवाइ टिकट बुकिङ लगायत सेवा सहितको व्यवसाय सञ्चालन गरेका हुन् । रघुगंगा गाउँपालिका– ३ पिप्ले घर भएका सञ्जिब बहादुर मल्लले सदरमुकाम बेनीको कालिपुलमा सञ्चालन गरेको कालीगण्डकी एडभान्चर ट्राभल एण्ड टुर्स प्रालि मार्फत यस्तो सुविधा प्रवाह गरेका हुन् ।


धौलागिरिबासीहरुको आवश्यकतालाई मध्यनजर गर्दै विगत ३ बर्षदेखि सदरमुकाम बेनीबाट सो सेवा संचालन गरिएको मल्लले बताए । ट्राभल्सबाट हवाई टिकट, टुर प्याकेज सहित आईएमिसंगै अन्य रेमिटान्स सुविधा, कुरियर सेवा र विदेशी मुद्रा सटही सेवा समेत उपलब्ध गराइएको उनले जानकारी दिए ।

विभिन्न सुविधाहरु लिन काठमाण्डौ, पोखरा जानुपर्ने विगतदेखिको समस्यालाई मध्यनजर गर्दै भरपर्दो र छिटोछरितो सेवा ग्राहकहरुलाई उपलब्ध गराउन बेनीमा ट्राभल खोलिएको उनको भनाई छ ।
स्वदेशको विभिन्न ठाउँमा र विदेशको जुनसुकै ठाउँमा जाने आउने हवाई टिकट, महत्वपुर्ण कागजपत्र पठाउन, स्वदेश तथा विदेशमा रहेका आफन्तलाई भरपर्दो रुपमा कोसेली पु¥याउने सेवा ट्रार्भल्सबाट हुदै आएको छ ।

विगत म्याग्दीबाट सो सेवा लिन काठमाण्डौ पोखरा जादाँ १० हजार भन्दा बढी खर्च हुने ग्राहकहरुको समस्या सहित समयको समेत बचत गराउन टा«भल्सबाट सहयोग पुग्ने उनको भनाई छ ।
म्याग्दीको लगायत देशभरका प्रमुख पर्यटकियस्थलमा घुम्नका लागि प्याकेजमा टुर्स सुविधा समेत दिदै आएको प्रवन्धक मल्लले जानकारी दिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l